पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ ।
Author: बसन्त महर्जन
इचंगुँ हुँदै बतासे डाँडासम्म
इचंगु क्षेत्रमा पहिलो पल्ट पुगेको सम्झना त छ, तर ठ्याक्कै कति वर्षअघि भन्न सकिनँ । त्यस यता पनि पटक पटक पुगेको छु । हरिबोधनी एकादशीकै दिन पुगेको भने पहिलो पल्ट यही हो ।
बौद्ध तीर्थयात्रा नालन्दादेखि लुम्बिनीसम्म
‘यो मेरो धार्मिक यात्रामा म केवल दर्शकमात्र नभई बुद्धको चरणाभिलाषी पनि बन्दैगएँ र यसैमा मलाई आनन्दको अनुभूति भइरह्यो ।’ नेपाली बाड्मयमा घनश्याम राजकर्णिकार यात्रा साहित्यकारका रूपमा सुपरिचित नाम हो । समालोचक डा. दयाराम श्रेष्ठको हिसाबकिताबअनुसार आधुनिक नेपाली यात्रा साहित्यको ऐतिहासिक विकासक्रमको तेस्रो चरण (सं. २०२५ उप्रान्त) मा आएर मात्र उनी देखापरेका हुन् । तर, अरू…
काँक्रेविहार
सुर्खेत उपत्यकाकाे प्रमुखतम् अाकर्षण काँक्रेविहार हाे । उपत्यकाकाे दक्षिणतर्फ सम्म मैदानकाे बीचमा पूर्वपश्चिम लाम्चिएकाे एउटा डाँडा छ र त्यही डाँडामा अवस्थित लाटीकाेइली नामकाे ठाउँमा बाैद्ध वास्तुकलाले युक्त काँक्रेविहार अवस्थित छ । इ.सं. १९५७ मा याेगी नरहरिनाथ याे ठाउँमा पुग्दा उनले जंगलमा यत्रतत्र छरिएर रहेका कलाकृतिलेयुक्त ढुंगाहरू देखे । ती कलाकृति बाैद्ध विषयवस्तुका हुन् भनेर ठम्याउन…
फर्पिङको शेषनारायणथान
काठमाडौं उपत्यकाको दक्षिण(पश्चिम भागमा रहेको फर्पिङस्थित शेषनारायणथान धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो। नेपालका प्राचीन वैष्णव तीर्थस्थलहरूमध्ये यसलाई एक मानिन्छ। काठमाडौं महानगरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको यो स्थान हिन्दू तथा बौद्ध दुवै समुदायका श्रद्धालुका लागि बेग्लाबेग्लै अर्थमा आस्थाको केन्द्र बनेको छ। शेषनारायणथानको मुख्य आकर्षण हिन्दू धर्मअन्तर्गत भगवान विष्णुको शेषनागमाथि शयन गरिरहेको…
नगरमण्डप श्रीकीर्ति विहार
नगरमण्डप श्रीकीर्ति विहार कीर्तिपुरस्थित एक प्रसिद्ध बौद्ध विहार हो । थेरवादी बौद्ध परम्पराअन्तर्गतको यो विहार हो । थेरवाद परम्पराअन्तर्गत नेपालमा निर्मित बौद्ध विहारहरुमध्ये यो पनि एउटा उल्लेखनीय छ । काठमाडौं जिल्लाअन्तर्गत कीर्तिपुर क्षेत्रमा नयाँबजार (अमलसि) मा अवस्थित छ । थाई वास्तुकला शैलीमा निर्मित भएको हुनाले कतिपय यसलाई थाई विहार पनि भन्ने गर्दछन् । सजिलाका लागि धेरै जसो…
वनारस घुमेर
सारनाथ म्यूजियमको घुमाइले धीत मरेकै थिएन, समय तालिकाअनुसार हिड्नु पर्दा मन नलागी नलागी निस्कनु प¥यो । थकथक लागि रहेको थियो । म्यूजियमको त्यो घुमाई न पहिलो पल्ट हो न त अन्तिम नै बन्ने वाला छ । सारनाथ म्यूजियमबाट बाहिरिनुको कारण थियो, त्यसपछि वनारस सयर गर्ने योजना । वनारस पनि मेरो पहिलो होइन, पहिला पनि मज्जाले…
पर्यटक भरिया : कठिन जिन्दगी
संवेदनाहीन पर्यटन व्यवसायी, भरियाहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र सरकारी नीति विहीनताका कारण ५० हजार भन्दाबढी पर्यटक भरियाहरूको जीवन कष्टप्रद छ । पर्यटन प्रवर्धनको नारा दिनेहरू के भन्छन् भने भरियामाथि हुने गरेका अन्यायहरू बाहिर ल्याउनु हुँदैन । यो प्रचारमा आयो भने यसै त शिथिल पर्यटन व्यवसाय मन्दीले छोपिनेछ । बीच बाटोबाटै फर्किनु पर्दा सार्की तामाङ जीविकोपार्जनको निम्ति…
घलेगाउँ
ग्रामीण परिवेश, गुरुङ जनजीवन र सांस्कृतिक चहलपहलका लागि मध्यमहाडी क्षेत्र उपयुक्त थलो हो । यसमा पनि लम्जुङ जिल्लाको घलेगाउँ अलि चर्चित नै मान्नु पर्दछ । यसको पहिचान हिजोआज सामुदायिक पर्यटनको आदर्श नमूनाका रूपमा विश्वभर भएको छ । समुद्री सतहबाट करिब २,१०० मिटर उचाइमा अवस्थित यो गाउँबाट हिमालका विशाल श्रृंखलाहरू, मनास्लु हिमाल, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल…
क्याक्मी जाने बाटो
स्याङ्जाको गृहकोटमा आयोजित एउटा सांस्कृतिक गोष्ठि सकिन्छ । सबै आआफ्नो बाटो लाग्छन्, विदावारी भएर । कार्यक्रमस्थल बाटोबाट अलि माथि नै पर्छ । डाँडा माथि नै भन्दा हुन्छ । झरेर तल बाटोमा पुग्छौं । दिनभरको गृहकोट बसाई । साँझ परिसक्यो । आजको वास क्याक्मीमा तय भएको छ । हामीलाई क्याक्मीसम्म लाने गाडी आइपुगेको छैन । कार्यक्रममा…










