काँक्रेविहार

काँक्रेविहार
बसन्त महर्जन

सुर्खेत उपत्यकाकाे प्रमुखतम् अाकर्षण काँक्रेविहार हाे । उपत्यकाकाे दक्षिणतर्फ सम्म मैदानकाे बीचमा पूर्वपश्चिम लाम्चिएकाे एउटा डाँडा छ र त्यही डाँडामा अवस्थित लाटीकाेइली नामकाे ठाउँमा बाैद्ध वास्तुकलाले युक्त काँक्रेविहार अवस्थित छ ।

इ.सं. १९५७ मा याेगी नरहरिनाथ याे ठाउँमा पुग्दा उनले जंगलमा यत्रतत्र छरिएर रहेका कलाकृतिलेयुक्त ढुंगाहरू देखे । ती कलाकृति बाैद्ध विषयवस्तुका हुन् भनेर ठम्याउन उनी सफल पनि भए । गैर बाैद्ध समाजमा बाैद्ध विषयवस्तुकाे स्तूपलगायत कुनै वास्तुसंरचना देख्याे कि विहार भनिहाल्ने बुझाइअनुसार याेगीकाे बुझाइमा पनि याे विहार नै रह्याे र नाम दिनुपर्दा काँक्रे नाम दिए । काँक्रेनाम के कति कारणले राखिएकाे भन्ने सवालमा न कुनै एेतिहासिक अाधार छ न तर्कसंगत । कतिपयकाे अनुमान छ, डाँडाकाे अाकार काँक्राेकाे बियाँ अाकारमा रहेकाले काँक्रेविहार भनिएकाे हाे । लामाे समयसम्म यी भग्नावशेषहरू यत्तिकै रहेकाेमा सन् २००३ सम्ममा केही लगत राख्ने कार्यबाहेक अरू पुरातात्विक काम हुन सकेकाे थिएन ।

सुर्खेतलगायत वरिपरिका विस्तृत भूभाग मध्यकालमा खश साम्राज्यकाे महत्वपूर्ण भूभाग रहेकाे र उक्त खश साम्राज्यकाे धार्मिक चरित्र बाैद्ध साम्राज्यकाे रूपमा भएकाे हुँदा सुर्खेतकाे याे काँक्रेविहार भनिएकाे पुरातात्विक अवशेषाकाे विस्तृत अध्ययन हुनुपर्ने माग बाैद्ध समुदायबाट हुँदै अाएअनुसार पहिलाे पल्ट सन्र २००३ मा पुरातत्व विभागले उत्खनन् कार्य थालनी गर्याे । सहतमा नै पाइएका भग्नावशेष गणेशलगायतका अाकृतिहरू पनि पाइएकाले केहीलाइ अलमल्लमा पारेकाे देखिन्छ । उत्खननका लागि खटाइउका पुरातत्वविद्ले अध्ययनस्थलमा पुग्नुअघि काठमाडाैंमा नै एक पत्रिकालाइ अन्तर्वार्ता दिँदै बाैद्ध भनिएपनि हिन्दू हुनसक्ने भन्ने अभिव्यक्ति दिएएका थिए भने, उत्खनन् का क्रमा अन्य मूर्तिहरू पनि पाइएपछि यसलाइ बाैद्ध स्थलमात्रै भन्न नमिल्ने अवधारणा स्थापित गर्न खाेजियाे । साेही अनुसार तत्कालीन संस्कृति मन्त्रीलाइ हिन्दू मन्दिर भनेर घाेषणा गर्न लगाउँदा काँक्रेविहार एक प्रकारले विवादास्पद नै हुन पुग्याे । साथै पुनर्निर्माण कार्यले पनि गति लिन सकेन ।

महायानी बाैद्ध धर्ममा गाैतम बुद्धका अतिरिक्त अनेकाैं चरित्रहरूकाे पनि मूर्ति तथा चित्रकलाकाे प्रयाेग हुन्छ । यसमा गणेश, भैरवलगायतका देवताहरूकाे बेग्लै भूमिका रहनुका साथै कतिपय चरित्रहरू हिन्दूदेवीदेवतासँग मिल्न पुग्छ । उदाहरणका लागि बाैद्ध देवी विद्याधरी र हिन्दूदेवी सरस्वतीकाे अाकृतिमा केही समानता पाइन्छ । पुरातत्वविद्सँग बाैद्ध विषयवस्तुकाे ज्ञान नभएका र थेरवाद मात्रै बाैद्ध धर्म हुन्छ भन्ने छिपछिपे बुझाइ रहेकाे बुझिन्छ । खश साम्राज्यमा महायान बाैद्ध धर्मअन्तर्गत पनि बज्रयानीकाे अभ्यास हुने गरेकाे कुरा सामान्यतः जानिन्छ ।

मन्दिरमा बुद्धकाे जीवनी झल्किने अनेकाैं मूर्तिहरूका साथै बज्रयानी बाैद्ध धर्मसँग सम्बन्धित देवीदेवताहरू पनि रहेका छन् । खश कालिन बाैद्ध वास्तु शिखर शैलीमा निर्मित हुने र बेग्लै अाकृति देखिने कुरा अन्यत्रका संरचनाहरूबाट जानिन्छ । अन्यत्रबाट उठाएर ल्याइएका ठूल्ठुला ढुंगाबाट विशाल मन्दिरकाे निर्माण हुनु नै उल्लेख्य कुरा हाे भने , त्यसमा बाैझ कलाकृति पनि हुनु अर्काे अद्भूत कुरा भएकाे छ । संरक्षणका लागि संग्रहालयमा राखिएका वास्तुअवशेषलाइ पनि मन्दिर पुनःनिर्माणका क्रममा पुनः साेही क्षेत्रमा लगेर प्रतिस्थापित गरिएकाे छ । अहिले मन्दिर पुनःनिर्माण कार्य सम्पन्न भइ पर्यटकीय अार्कषणकाे विषय बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *