गुराँसकाे राजधानी ? हाे, गुराँसकाे राजधानी भनेर तेह्रथुम जिल्लालाई चिनाइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण याे जिल्लाकाे अन्य पनि पहिचान नभएकाे हाेइन, तर गुराँसकाे माध्यमबाट पनि चिनाउने गरिन्छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये तेह्रथुमको सिरानी तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका पाइन्छन् । यो क्षेत्रमा माघको अन्तिम सातादेखि असारको पहिलो सातासम्म उचाई अनुसार विभिन्न…

