केही अघि पोखराबाट काठामाडौं फर्कदै गर्दा दमौली बजारमा अलिबेर रोकिनु प¥यो । गर्मी र औलका कारण कुनै बेला कत्ति पनि आकर्षण नभएको यो ठाउँमा औलो पचाइसकेका कुमाल, बोटे र दरै जातका केही मान्छेहरू मात्रै बस्दथे । औलो त निर्मूल भइसक्यो तर गर्मी ज्युँको त्युँ छ । पृथ्वीराजमार्ग बनेपछि तनहुँको सदरमुकाल बन्दिपुरबाट दमौलीमा २०२५ सालमा सारिएपछि…
Category: तनहुँ
बन्दिपुर : पहाडकी रानी
पहाडकी रानी भनेर उपनाम पाएको बन्दिपुर ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न एक पर्यटकीय गन्तव्य हो । यहाँको प्रमुख आकर्षण नेवार वास्तुकलाले युक्त वस्ती, नेवार सांस्कृतिक जीवन, मन्दिरलगायतका सम्पदा र प्राकृतिक सौन्दर्य हो । स्वदेशी तथा विदेशी पर्यटकहरुको गतिविधि यहाँ देख्न पाइन्छन् ।


