दैलेख जिल्लामा अवस्थित दुल्लू क्षेत्र खश साम्राज्यकालमा देस्राे राजधानी थियाे । शरदकालमा खश सम्राटहरू सिंजाबाट शासन गर्दथे भने हिउँदेमा दुल्लूबाट शासन गर्दथे । तत्कालिन शासकहरूद्वारा निर्माण गराइएका धार्मिक तथा सांस्कृतिक कला कलावस्तु अहिले देख्न पाइन्छ । ती कलाकृतिहरू ज्यादाजसाे बाैद्ध धर्मदर्शनसँग सम्बन्धित रहेका छन् ।


