काठमाडौं उपत्यकाको दक्षिण(पश्चिम भागमा रहेको फर्पिङस्थित शेषनारायणथान धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो। नेपालका प्राचीन वैष्णव तीर्थस्थलहरूमध्ये यसलाई एक मानिन्छ। काठमाडौं महानगरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको यो स्थान हिन्दू तथा बौद्ध दुवै समुदायका श्रद्धालुका लागि बेग्लाबेग्लै अर्थमा आस्थाको केन्द्र बनेको छ। शेषनारायणथानको मुख्य आकर्षण हिन्दू धर्मअन्तर्गत भगवान विष्णुको शेषनागमाथि शयन गरिरहेको…
Category: काठमाडौं
नगरमण्डप श्रीकीर्ति विहार
नगरमण्डप श्रीकीर्ति विहार कीर्तिपुरस्थित एक प्रसिद्ध बौद्ध विहार हो । थेरवादी बौद्ध परम्पराअन्तर्गतको यो विहार हो । थेरवाद परम्पराअन्तर्गत नेपालमा निर्मित बौद्ध विहारहरुमध्ये यो पनि एउटा उल्लेखनीय छ । काठमाडौं जिल्लाअन्तर्गत कीर्तिपुर क्षेत्रमा नयाँबजार ९अमलसि० मा अवस्थित छ । थाई वास्तुकला शैलीमा निर्मित भएको हुनाले कतिपय यसलाई थाई विहार पनि भन्ने गर्दछन् । सजिलाका लागि धेरै जसो…
येँयाः (इन्द्रजात्रा)
बुढानिलकण्ठ
माथिबाट काठमाडौंको विहंगम दृष्य
सबै तस्वीरः बसन्त महर्जन
मणिचुड दह
गाैतम बुद्धकाे पूर्वजन्ममा दानपारमितासँग सम्बन्धित मानिने याे मणिचुड दह साँखुस्थित बज्रयाेगिणी मन्दिरभन्दा माथि अवस्थित छ ।
फर्पिङ
काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित फर्पिङ एउटा छुट्टै भौगोलिक अवस्थिति मात्र नभएर ऐतिहासिक तथा सांस्कृतिक विकासको दृष्टिले भरिपूर्ण भएको पाइन्छ । प्राकृतिक सौन्दर्यका लागि पनि उल्लेख्य भएका कारण हिजोआज यो पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदो छ । नेपालको प्रामाणिक प्राचीन इतिहास भनेर लिच्छविकालदेखि मान्ने गरिन्छ । लिच्छविकालमा नै यो क्षेत्र एक समृद्ध वस्तीको रुपमा विकास…
स्वयम्भू महाचैत्य
कीर्तिपुरकाे कीर्ति
कीर्तिपुर भनेर कतिपयले गाेरखाका राजा पृथ्वीनारायण शाहका सेनाहरूले दुइ पल्ट हार्नु परेकाे र तेस्राे पल्टमा बल्लबल्ल सफलता मिलेकाे ठाउँकाे रूपमा चिन्छन् । कीर्तिपुर माथि कठिन आक्रमण राजा पृथ्वीनारायण शाहलाई मात्र हाेइन, यसअघि मकवानपुरका राजा मुकुन्द सेनलाइ पनि यस्तै हम्मेहम्मे परेकाे थियाे । याे त भयाे इतिहासकाे कुरा । कीर्तिपुरमा इतिहास मात्रै छैन, अनेक कुराकाे भण्डार…
उचाइबाट स्वयम्भू महाचैत्य
काठमाडौं उपत्यका एउटा खाल्डो न हो, कचौराजस्तो । चारैतिर हरिया डाँडाहरु अग्लिएका छन् । प्रत्येक डाँडाका टुप्पोहरुको आआफ्नै विशेषता छन् र ऐतिहासिक तथा धार्मिक महत्वका पनि छन् । यही भएर यहाँका रैथाने नेवार मात्रै होइनन, आगन्तुक तथा पर्यटकहरु पनि बेलाबेलामा यी डाँडा चढ्न जान्छन् । स्थानिय नेवार समाजमा त निश्चित दिन निश्चित डाँडा चढ्नुपर्ने सांस्कृतिक…










