नगरमण्डप श्रीकीर्ति विहार एक प्रसिद्ध थेरवादी बौद्ध विहार हो । यो कीर्तिपुर नयाँबजार (अमलसि) क्षेत्रमा अवस्थित छ । थाई वास्तुकला शैलीमा निर्मित यो विहार करीव चार रोपनी क्षेत्रफलमा ओगटेको छ । स्थानिय बौद्ध उपासक उपासिकाहरुको साथसहयोगमा भिक्षु सुदर्शन महास्थविरको अथक मेहनतले यो विहारको निर्माण २०३१ सालतिर भएको हो।
नगरमण्डप श्रीकीर्ति विहार




