औद्योगिक नगर वीरगंजलाई त्यहाँस्थित प्राचीन भिस्वा स्तूपले पर्यटकीय गन्तव्य पनि बनाउन सक्छ। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंज पुगेर यो शहरलाई पोखरा र लुम्बिनीजस्तै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरिन्। राष्ट्रपतिबाट केका आधारमा वीरगंजलाई पर्यटकस्थल बनाउने भन्ने उल्लेख नभए पनि पर्यटन उद्योगका लागि एउटै धार्मिक स्थल काफी हुनसक्ने सन्दर्भमा यो आलेखमा बौद्धविश्वका लागि अति…

