Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

कीर्तिपुरकाे कीर्ति

Posted on April 21, 2024November 9, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

कीर्तिपुर भनेर कतिपयले गाेरखाका राजा पृथ्वीनारायण शाहका सेनाहरूले दुइ पल्ट हार्नु परेकाे र तेस्राे पल्टमा बल्लबल्ल सफलता मिलेकाे ठाउँकाे रूपमा चिन्छन् । कीर्तिपुर माथि कठिन आक्रमण राजा पृथ्वीनारायण शाहलाई मात्र हाेइन, यसअघि मकवानपुरका राजा मुकुन्द सेनलाइ पनि यस्तै हम्मेहम्मे परेकाे थियाे । याे त भयाे इतिहासकाे कुरा । कीर्तिपुरमा इतिहास मात्रै छैन, अनेक कुराकाे भण्डार हाे, खुल्ला विश्वविद्यालयजस्तै छ र पढ्नेले मज्जासँग पढ्न सक्छ ।

काठमाडाैं उपत्यकाकाे दक्षिणी-पश्चिमी भेकमा पूर्व-पश्चिम लाम्चिएकाे एउटा प्राचीन नेवार वस्ती नै कीर्तिपुर हाे । स्थानीय नेवार समुदायबीच किपू नामबाट चिनिएकाे याे वस्ती अलि उँचाे भागमा पर्दछ ।

भनिन्छ, काठमाडाैं उपत्यका सुरूमा जलमग्न थियाे र त्यसकाे नाम नागह्रद थियाे । तर त्यही समयमा पनि कहीँकहीँ मानव वस्ती भएकाे अनुमान गर्नसक्छाैं । कीर्तिपुर पनि उहिल्यैदेखिकाे मानववस्ती भएकाे प्रागऐतिहासिक थलाे हाे । त्याे प्रागऐतिहासिकताकाे निरन्तरता वर्तमान नेवार समाजमा केही मात्रामा अवशेषका रूपमा अझै देख्न पाइन्छ । यहाँकाे सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनलाइ शूक्ष्म रूपमा अध्ययन गर्दा याे कुराकाे पुष्टि हुन्छ ।

कीर्तिपुरकाे पूर्वी क्षेत्रमा बाैद्ध र पश्चिम क्षेत्रमा हिन्दू बाहुल्यता पाइन्छ । हिन्दू र बाैद्ध धार्मिक तथा सांस्कृतिक सम्पदाहरू पर्यटकीय आकर्षण हुन् । कला-वास्तुकला र सामाजिक तथा सांस्कृतिक जीवनले काठमाडाैं उपत्यकाकाे माैलिकता प्रदर्शन गर्नु पनि आकर्षणकै विषय हाे ।

काठमाडाैं उपत्यकामा प्राचीन मूर्तिकलाकाे प्रमाण इशाकाे प्रथम शताब्दी पूर्वदेखि पाउन सकिन्छ । त्यति बेलाका कलावस्तु कीर्तिपुरमा संरक्षित छन् । काठमाडाैं उपत्यकामा सापू (गाेपाल) समुदायकाे उपस्थितिले महत्वपूर्ण जानकारी दिनुका साथै प्राचीनताकाे पुष्टि पनि गर्दछ । याे समुदाय काठमाडाैंकाे मुख्य ठाउँमा थाेरै मात्र बाँकी छ भने कीर्तिपुरबाट दक्षिणपश्चिमस्थित चितलाङ, तिस्तुङ, पालुङलगायतका क्षेत्रमा बहुल नै छन् । सापूसँग कीर्तिपुरकाे गहिराे सम्बन्ध रहिआएकाे छ ।

मध्यकालीन राजनीतिक तथा सांस्कृतिक जीवनमा कीर्तिपुरकाे उपस्थिति एउटा केन्द्रका रूपमा स्थापित थियाे भने उपत्यकामाथि आक्रमणमा पृथ्वीनारायण शाहलाइ याे मानककाे रूपमा रही आएकाे थियाे । कीर्तिपुरमाथि विजयपछि काठमाडाैं उपत्यकाका तीन राज्यहरू कान्तिपुर, ललितपुर र भक्तपुरमाथि विजयप्राप्त गर्न सकेका हुन् ।

कीर्तिपुर यसै पनि खुल्ला विश्वविद्यालय हाे । त्यसैमाथि मुलुककै पहिलाे र ठूलाे त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नै स्थापित छ । यसरी नै हिजाेआज कीर्तिपुर शैक्षिक, सांस्कृतिक, व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भएकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb