
कीर्तिपुर भनेर कतिपयले गाेरखाका राजा पृथ्वीनारायण शाहका सेनाहरूले दुइ पल्ट हार्नु परेकाे र तेस्राे पल्टमा बल्लबल्ल सफलता मिलेकाे ठाउँकाे रूपमा चिन्छन् । कीर्तिपुर माथि कठिन आक्रमण राजा पृथ्वीनारायण शाहलाई मात्र हाेइन, यसअघि मकवानपुरका राजा मुकुन्द सेनलाइ पनि यस्तै हम्मेहम्मे परेकाे थियाे । युद्ध जित्न नसकेरै फर्कनु परेकाे थियाे । याे त भयाे इतिहासकाे कुरा । कीर्तिपुरमा इतिहास मात्रै छैन, अनेक कुराकाे भण्डार हाे, खुल्ला विश्वविद्यालयजस्तै छ र पढ्नेले मज्जाले मज्जासँग पढ्न सक्छ ।
काठमाडाैं उपत्यकाकाे दक्षिणी-पश्चिमी भेकमा पूर्व-पश्चिम लाम्चिएकाे एउटा प्राचीन नेवार वस्ती नै कीर्तिपुर हाे । स्थानीय नेवार समुदायबीच किपू नामबाट चिनिएकाे याे वस्ती अलि उँचाे भागमा पर्दछ ।
भनिन्छ, काठमाडाैं उपत्यका सुरूमा जलमग्न थियाे र त्यसकाे नाम नागह्रद थियाे । तर त्यही समयमा पनि कहीँकहीँ मानव वस्ती भएकाे अनुमान गर्नसक्छाैं । कीर्तिपुर पनि उहिल्यैदेखिकाे मानववस्ती भएकाे प्रागऐतिहासिक थलाे हाे । त्याे प्रागऐतिहासिकताकाे निरन्तरता वर्तमान नेवार समाजमा केही मात्रामा अवशेषका रूपमा अझै देख्न पाइन्छ । यहाँकाे सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनलाइ शूक्ष्म रूपमा अध्ययन गर्दा याे कुराकाे पुष्टि हुन्छ ।
कीर्तिपुरकाे पूर्वी क्षेत्रमा बाैद्ध र पश्चिम क्षेत्रमा हिन्दू बाहुल्यता पाइन्छ । हिन्दू र बाैद्ध धार्मिक तथा सांस्कृतिक सम्पदाहरू पर्यटकीय आकर्षण हुन् । कला-वास्तुकला र सामाजिक तथा सांस्कृतिक जीवनले काठमाडाैं उपत्यकाकाे माैलिकता प्रदर्शन गर्नु पनि आकर्षणकै विषय हाे ।
काठमाडाैं उपत्यकामा प्राचीन मूर्तिकलाकाे प्रमाणा इशाकाे प्रथम शताब्दी पूर्वदेिख पाउन सकिन्छ । त्यही बेलाका कलावस्तु कीर्तिपुरमा संरक्षित छन् । काठमाडाैं उपत्यकामा सापू (गाेपाल) समुदायकाे उपस्थितिले महत्वपूर्ण जानकारी दिनुका साथै प्राचीनताकाे पुष्टि पनि गर्दछ । याे समुदाय काठमाडाैंकाे मुख्य ठाउँमा थाेरै मात्र बाँकी छ भने कीर्तिपुरबाट दक्षिणपश्चिमस्थित चितलाङ, तिस्तुङ, पालुङलगायतका क्षेत्रमा बहुल नै छन् । सापूसँग कीर्तिपुरकाे गहिराे सम्बन्ध रहिआएकाे छ ।
मध्यकालीन राजनीतिक तथा सांस्कृतिक जीवनमा कीर्तिपुरकाे उपस्थिति एउटा केन्द्रका रूपमा स्थापित थियाे भने उपत्यकामाथि आक्रमणमा पृथ्वीनारायण शाहलाइ याे मानककाे रूपमा रही आएकाे थियाे । कीर्तिपुरमाथि विजयपछि काठमाडाैं उपत्यकाका तीन राज्यहरू कान्तिपुर, ललितपुर र भक्तपुरमाथि विजयप्राप्त गर्न सकेका हुन् ।
कीर्तिपुर यसै पनि खुल्ला विश्वविद्यालय हाे । त्यसैमाथि मुलुककै पहिलाे र ठूलाे त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नै स्थापित छ । यसरी नै हिजाेआज कीर्तिपुर शैक्षिक, सांस्कृतिक, व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भएकाे छ ।




