गुराँसकाे राजधानी ? हाे, गुराँसकाे राजधानीकाे रूपमा तेह्रथुम जिल्लालाइ चिनिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण छ याे जिल्ला । नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तेह्रथुमको सिरानी तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका पाईन्छन् । यो क्षेत्रमा माघको अन्तिम सातादेखि असारको पहिलो सातासम्म उचाई अनुसार विभिन्न प्रजातिका गुराँसहरू फुलिरहन्छन् ।
विश्वको सवैभन्दा होचो र अग्लो गुराँसको प्रजाति पनि यहीँ पाईन्छ।
काठमाडाैंबाट ३५ मिनेटकाे विराटनगरसम्मकाे हवाइं यात्रापिछ विराटनगराट धरान हुँदै ८४ कि.मि.काे बस यात्रापछि तेह्रथुमकाे पव्वजेशद्रवारकाे रूपमा रहेकाे पर्यटठकीय नगरी बसन्तपुर पुगिन्छ । बसन्तपुरबाट २६ कि.मपिकाे यात्रापछि सदरमुकाल म्याङ्लुङ बजरा पुगिन्छ भने बसन्तपुरबाट उतरतर्फ ८ किलाेमिटरकाे गाडीकाे यात्रा तय गरेवपिछ नेपालकै गुराँस काे राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र प्रवेश गरिन्छ ।