Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

गुराँसकाे राजधानी

Posted on May 11, 2024August 13, 2024 by admin
बसन्त महर्जन

गुराँसकाे राजधानी ? हाे, गुराँसकाे राजधानी भनेर तेह्रथुम जिल्लालाई चिनाइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण याे जिल्लाकाे अन्य पनि पहिचान नभएकाे हाेइन, तर गुराँसकाे माध्यमबाट पनि चिनाउने गरिन्छ ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये तेह्रथुमको सिरानी तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका पाइन्छन् । यो क्षेत्रमा माघको अन्तिम सातादेखि असारको पहिलो सातासम्म उचाई अनुसार विभिन्न प्रजातिका गुराँसहरू फुलिरका हुन्छन् ।

वन तथा वातावरण मन्त्रालयकाे वन तथा भूसंरक्षाण विभागले प्रकाशित गरेकाे “गुराँस संरक्षइाणा कार्ययाेजना, २०७५-८०” मा मेची-महाकालीसम्म ४३ जिल्लामा विभिन्न जातका गुराँस पाइने उल्लेख छ । साेही स्राेत अनुसार गु्राँस पाइने वनकाे क्षेत्र छ लाख ८१ हजार ५९६ हेक्टर रहेकाे छ । यसलाई अर्काे शब्दमा भन्नुपर्दा कुल वनकाे १० प्रतिशत क्षेत्रमा गुराँस फुल्दछ । यसअनुसार देशकै गुराँसकाे राजधानीकाे रुपमा रहेकाे काेशी प्रदेशकाे तेह्रथुमकाे तीनजुरे मिल्के र जलजले त भइहाल्याे, त्यसअतिरिक्त ताप्लेजुङकाे पाथीभरा क्षेत्र, पाँचथर, छिन्तापु-सुकेपाेखरी र च्याङथापु, इलाम, साेलुखुम्बु, खाेटाङ, धनकुटाका गाउँहरू गुराँसका लागि चर्चित छन् । यसरी नै बाग्मती प्रदेशका दामन-सिमभञ्ज्याङ, शिवपुरी र रसुवाका केही क्षेत्रमा गुराँस पाइन्छन् । यसरी नै गण्डकी प्रदेशकाे कास्की, घाेडेपानी, लमजुङ, म्याग्दी, गुराँसका लागि निकै चर्चित छन् । कर्णाली प्रदेशकाे रूकुम, मुगु, हुम्ला, डाेल्पा, जुम्ला र दैलेखमा गु्राँस पाइन्छन् । सुदुर पिश्चम प्रदेशका बझाङ, बाजुरा, दार्जुला, डाेटी, डडेलधुरा, बैतडीलगायत क्षेत्रमा पाइन्छन् । एसिया, उत्तर अमेरिका, युराेप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छन । गुराँस पाइने कुल कुल क्षेत्रफलकाे ९० प्रतिशत भूभाग नेपाल, चीन, भारत, भुटान, म्यानमार , थाइल्यान्ड भियतनाम, इन्डाेनेसिया र फिलिपिन्सले ओगटेकाे छ ।

विश्वको सवैभन्दा होचो र अग्लो गुराँसको प्रजाति पनि यहीँ तेह्रथुममा पाइन्छ। साथै बहुमुल्य जडिवुटीकोहरूको भण्डारको रूपमा रहेको यो क्षेत्र दुर्लभ वन्यजन्तु तथा धेरै प्रजातिका चराचुरुङगीहरूको वासस्थानको रूपमा परिचित छ ।

काठमाडाैंबाट ३५ मिनेटकाे विराटनगरसम्मकाे हवाइं यात्रापछि धरान हुँदै ८४ कि.मि.काे बस यात्रा गरी तेह्रथुमकाे प्रवेशद्वारकाे रूपमा रहेकाे पर्यटकीय नगरी बसन्तपुर पुगिन्छ । बसन्तपुरबाट २६ कि.मि.काे यात्रापछि सदरमुकाम म्याङ्लुङ बजार पुगिन्छ र उतरतर्फ ८ किलाेमिटरकाे गाडीकाे यात्रा तय गरेपछि नेपालकै गुराँस काे राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र प्रवेश गरिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb