Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

घलेगाउँ

Posted on May 6, 2025July 1, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

ग्रामीण परिवेश, गुरुङ जनजीवन र सांस्कृतिक चहलपहलका लागि मध्यमहाडी क्षेत्र उपयुक्त थलो हो । यसमा पनि लम्जुङ जिल्लाको घलेगाउँ अलि चर्चित नै मान्नु पर्दछ । यसको पहिचान हिजोआज सामुदायिक पर्यटनको आदर्श नमूनाका रूपमा विश्वभर भएको छ । समुद्री सतहबाट करिब २,१०० मिटर उचाइमा अवस्थित यो गाउँबाट हिमालका विशाल श्रृंखलाहरू, मनास्लु हिमाल, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रेको अनुपम दृश्य अवलोकन गर्न सकिन्छ ।

घलेगाउँमा म पहिलो पल्ट पुग्दा त्यहाँ विदेशी पर्यटकहरुको खासै चहलपहल थिएन । तर थियो बिछट्टै सुन्दर र मनमोहक । त्यस बेला म घलेगाउँ हुँदै भुजुङ गाउँ पुगेको थिएँ । अहिले भुजुङ पनि पर्यकीय गन्तव्य भइसकेको छ । त्यति बेला घले गाउँ हेर्दै मनमा लागेको थियो, प्रचारप्रसार र पर्यटकीय पूर्वाधार बनाउन सके घलेगाउँले स्वदेशी तथा विदेशी पर्यटकलाई मनग्ये आकर्षण गर्न सक्थ्यो । नभन्दै घलेगाउँको चर्चा विस्तारै चुलिन थाल्यो र यहाँ एक पल्ट नपुगुन्जेल पर्यटनको स्वाद नै चाखिनसकेको जस्तो हुने भयो । दोस्रो पल्ट घलेगाउँ पुग्दा स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल देखियो । सामुदायिक होमस्टे, गुरुङ संस्कृतिको जीवन्त प्रदर्शन, परम्परागत नाचगान, लोकभाषा र खानपानको लागि यो प्रसिद्ध छ। यहाँका स्थानीय बासिन्दाले पर्यटकहरूलाई स्वागत गर्दै उनीहरूलाई आफ्नै घरमा बस्न दिने परम्परा बसालेका छन्, जसले आगन्तुकलाई स्थानीय जीवनशैली र संस्कृति प्रत्यक्ष अनुभव गर्न मद्दत गर्छ।

घलेगाउँको घाँसे मैदान यतिकै मनमोहक छन्, त्यसैको बीचबाट नागबेली पर्दै अगाडि बढ्ने ढुंगाको सानो बाटोले झनै राम्रो बनाएको पाइन्छ । यहाँबाट अन्यत्र पदयात्रा गर्न सकिन्छ । पर्यटकहरूले थोरै दूरीको पदयात्रा गरेर पनि लमजुङका अन्य गाउँहरु जस्तै, भुजुङ, पसगाउँ आदिको यात्रा विस्तार गर्न सक्छन्। पंंक्षी अवलोकन पनि मज्जाले गर्न सकिन्छ । हिमाल अवलोकन त भन्नै परेन । यहाँबाट प्राकृतिक सुन्दरता, ग्रामीण आतिथ्यता र सांस्कृतिक समृद्धिले भरिएको घलेगाउँले हरेक आगन्तुकको मन जित्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb