Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

पोखरी र संस्कृति (फोटो फीचर)

Posted on March 16, 2026March 16, 2026 by बसन्त महर्जन

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ । त्यसैले पोखरी फगत पानीको भण्डार होइन । अन्त भएपनि कम्तीमा काठमाडौं उपत्यकामा हुँदैन ।

काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको सहर मात्रै होइन, पोखरी नै पोखरीको पनि हो । विशेषतः भक्तपुर जिल्लामा ठूल्ठुला पोखरीहरु देख्न पाइन्छ । लिच्छविकालमा खोपृङ नामबाट प्रख्यात यसको नामले अझै पनि निरन्तरता पाइ नै रहेको छ, “खोप” भनेर । भादगाउँ वा भक्तपुर त हिजोआज मात्रै राखिएको नाम हो । एक समय पूरा नेपालको राजधानी थियो, भक्तपुर । ऐतिहासिक सामग्रीहरुले भन्छ, राजधानी बनेको बेलामा मात्रै होइन, त्योभन्दा पहिल्यैदेखि यो कला र संस्कृतिले सम्पन्न थियो र शक्तिशाली पनि । राजा यक्ष मल्लको निधनपछि राय मल्ल राजा त भए तर भाई रत्न मल्लको महत्वाकांक्षालाई तह लगाउन नसक्दा कान्तिपुरलाई छुट्टै राजधानी बनाई बेग्लै राज्य बनाए अर्थात् नेपाललाई खण्डित बनाए । पछि ललितपुर छुुटियो । यस प्रकार मध्यकालमा नेपाल तीन बेग्लाबेग्लै राज्यमा बाँडियो । यो बेला एक राज्यले अर्को राज्यबीच विकास निर्माणमा प्रतिस्पर्धामात्रै नभएर एकअर्काको कलासम्पदा लुट्ने पनि गरिन्थ्यो । कान्तिपुरमा राजा प्रताप मल्लले रानीपोखरी बनाउनुअघि नै भक्तपुरमा रानीपोखरी बनिसकेको थियो र प्रख्याती पनि फैलिएको थियो । भक्तपुर आक्रमण गर्न आएका राजा प्रताप मल्लले यही रानीपोखरीबाट कलाकृतिहरु उठाएर लगी आफ्नो राज्यमा रानीपाखरीको निर्माण गरेका थिए । शाहकालमा लामो समयदेखि सैनिक इलाकाभित्र रहेको भक्तपुरको रानीपोखरी हाल भक्तपुर नगरपालिकाको मातहतमा आएको छ र सर्वसाधारणका लागि सार्वजनिक रुपमा खुल्ला छ ।

रानीपोखरीको सँगै छ, सिद्धिपोखरी । जमीनको सतहभन्दा माथि उठाएर बनाएको यो पोखरीमा पानी जम्नु नै उदेकलाग्दो छ, सोसिएर गएको छैन । सिद्धिपोखरीपछि अर्को पोखरी आउँछ, नःपुखू । नःपुखू भूसतहमा छ । विशाल भूक्षेत्रमा फैलिएको मनोहर पोखरी हो यो । लहरै रहेका यी तीन पोखरीको दक्षिणमा बाटो ठुलो बाटो छ भने बाटोपछि घरहरु लहरै उभिएका छन् । घरपछि पुनः अर्को विशाल पोखरी आउँछ, भाजु पुखू । थोरै थोरै दुरीभित्र रहेका यी चार पोखरी, पोखरी मात्रै होइन, संस्कृतिको केन्द्र पनि हो । यसदेखि बाहेक यही जिल्लामा अरु पोखरीहरु पनि छन् । प्रत्येक पोखरीको आफ्नै इतिहास र संस्कृति जोडिएको छ र जीवन्त छ ।

(शब्द र फोटो: बसन्त महर्जन)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb