Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

क्याक्मी जाने बाटो

Posted on April 8, 2025November 9, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

स्याङ्जाको गृहकोटमा आयोजित एउटा सांस्कृतिक गोष्ठि सकिन्छ । सबै आआफ्नो बाटो लाग्छन्, विदावारी भएर । कार्यक्रमस्थल बाटोबाट अलि माथि नै पर्छ । डाँडा माथि नै भन्दा हुन्छ । झरेर तल बाटोमा पुग्छौं । दिनभरको गृहकोट बसाई । साँझ परिसक्यो । आजको वास क्याक्मीमा तय भएको छ । हामीलाई क्याक्मीसम्म लाने गाडी आइपुगेको छैन । कार्यक्रममा अन्य सहभागीहरुलाई पुर्याउन अन्यत्र नै गइराखेको गाडीले फर्केर आई हामीलाई क्याक्मी पुर्याउने हो । कति बेरमा आउने हो, कति बेला पुर्याइ दिने हो, थाहा भएन ।

बाटोमा केही बेर पर्खेर यताउता गरिराख्छौं । एक जना बोल्छन्, ‘‘उता जाने हो भने, हिड्दै गरौंं न, गाडी आएपछि चढेर जाउँला, यस्सो खुट्टालाई कसरत गर्न दिएजस्तो पनि हुन्छ ।’’

कुरा त मनासिव नै हो । नौ जनाको हाम्रो समूह विस्तारै हिड्न थाल्छौं । नौ जनामा पनि कसैको दुई जना, कसैको तीन जनाको उपसमूहमा बाँडिएर कुरा गर्दै अगाडि बढ्छ । स्वहितवीर सिंह कंसाकार सर र म अलि अघिअघि नै परेछौं । हाम्रो कुराकानीको विषय भर्खरै सकिएको त्यही गोष्ठी हुन्छ । गोष्ठी नेवार संस्कृतिसम्बन्धी हो । त्यसमा मैले ‘नेवार संस्कृतिको मौलिक स्वरुप’ शीर्षकमा कार्यपत्र पेश गरेको हुँ । मेरो प्रस्तुति, विषयवस्तु र कमीकमजोरी माथि टिप्पणी गर्दै उहाँ पाइला चालिरहनु हुन्छ । म सुन्दै अगाडि बढ्दै गर्छु । स्पष्टिकरण पनि दिन्छु । मेरो पनि अन्य कुराहरु हुन्छ । कुराको धारा बहँदै गर्छ भने पाइला पनि चाल्दै गर्यौ । पीचैपीच बाटोको अलि ओरालो लागेपछि त्यहाँ एउटा चउरमा भोज खाइरहेकाहरुको हुल देख्छौं । त्यसलाई नाघेर हामी अलि परसम्म पुगेपछि दुई वटा बाटो फाट्छ । त्यहीं कसैलाई सोध्छौं– ‘‘क्याक्मी जाने बाटो माथ्लो हो कि तल्लो ?

‘माथ्लो जानुस माथ्लो’ जवाफ आउँछ । माथ्लो बाटो भएर अगाडि बढ्छौं ।

स्याङ्जाका नेवारहरु नेवार भाषा बोल्दैनन्, जान्दैनन् । मौलिक सांस्कृतिक अवशेष पनि निकै थोरै मात्र बचाएर बसेका छन् । उनीहरुलाई महसूस हुन थालेको छ, अब भाषा पनि चाहियो, संस्कृति र संस्कार पनि चाहियो । नेवार पहिरणको रुपमा रहेको हाकु पतासि र लुगा त अवसर विशेषमा लगाउँछन् । पहिलो पल्ट यहाँ आउँदा नेवार घरको अगाडि पिखालखु नदेख्दा जसरी अचम्म लागेको थियो त्यसरी नै अचम्म लागेको थियो, हाकु पतासि लगाएको सानो बच्चालाई देख्दा । त्यो तिहारको समय थियो र भर्खर भर्खर मात्र म्हपूजा गर्न थालिएको थियो, गोरखा माइती भएको एक बुहारीले सामुहिक म्हपूजागर्न थालिएको थियो । त्यो वर्ष म म्हपूजाको सांस्कृतिक महत्वको बारेमा बोल्न आएको थिएँ । अब विभिन्न विषयमध्ये म मौलिक संस्कृतिको स्वरुपबारे बाेल्न आएकाे हुँ । त्यो बेला सालडाँडामा आएर उतैबाट फर्केको । सालडाँडामा देखेको र यताउता सुनेको भरमा फर्केर ‘स्याङ्जाका नेवारहरु’ शीर्षकमा एउटा लेख छपाएको पनि थिए । त्यही बेला सुनेको थिएँ, गृहकोट, क्याक्मी आदि नेवार गाउँहरु । अब यिनै गाउँहरुमा आइरहेको हुँ ।

हामी धेरै अगाडि बढिसकेका रहेछौं । फर्केर हेर्छु कसैलाई देखेनौं । एउटा बिसौनी पनि आउँछ । तर रोकेनौं । गाडी आउँछ त्यसैमा चढेर जाने त हो नि । तर गाडी आउँदै आएन । बरु त्यहीँ एउटा गाडि रोकिराख्छ । सोध्छौं, ‘‘क्याक्मी जाने बाटो त यही होइन र ?’’

जवाफ आउँछ, ‘‘हो हो । यही हो । बस्नुस्, लगिदिन्छौं ।’’

‘‘होइन, हाम्रो गाडी पछाडि आउँदैछ । आएपछि त्यसैमा चढेर जाने हो ।’’

अँध्यारो अँध्यारो हुन लागेको मात्रै होइन, अब त अँध्यारो नै हुनथाल्यो । हामी हिड्दै र गफ गर्दे अगाडि बढ्दै गर्छौं । निकै अगाडि बढेपछि फर्केर हेर्छौं, न आफ्नो गाडी आइपुगेको हो न त अघि क्याक्मी जाने भनेको गाडिले नै भेटाउन आइपुगेको हो । हुँदाहुँदा चारैतिर निष्पट्ट अँध्यारो छाउन थाल्यो । केही बेरमा नै त्यो अँध्यालो बाक्लो नै भयो ।

तर हामी अलिकति पनि द्विविधामा थिएनौं । अगाडि बढदै गर्छौं । फोन आउँछ । अर्कै बाटो पर्यो कि भन्ने शंकाले साथीहरु आत्तिएर फोन गरेका रहेछन् । सही बाटो रहेको र सोधेरै यो बाटो आएको भनेर धुक्क पार्यौं । गाडी पछाडी पछाडि आइरहेको भनेर खबर गर्छन् । टाढा डाँडाको माथि गाडीको बत्ती देखेपछि हामीले पनि गाडीलाई देखेको र हिड्दै गर्ने जनाउ दियौं । अँध्यारोमै मोबाइल फोनको टर्च बालेर र कुरा गर्दै हामी पाइला चाल्दै गर्छौं । अलि बेरपछि गाडी त आइपुग्छ तर हाम्रो होइन । अघि रोकिराकेको पो परेछ । उक्त गाडी आफ्नै बाटो लाग्यो । तर एउटा धुक्क भयो, बाटो यही हो । हामी अगाडि बढ्दै जान्छौं । एक ठाउँमा आएपछि भने टक्क अड्नु पर्यो । बाटो फाट्यो । कुन बाटो जाने रु सोध्नलाई कोही छैन । निष्पट्ट अँध्यारो । अघिको गाडी कुन बाटो गएको त्यो पनि थाहा भएन । यस्तो बेलामा कि अन्दाज गरेर अघि बढ्नु पर्यो अथवा कुनै अर्को विकल्प । तर हामीलाई त्यहीँ रोकिएर बस्नुमा फाइदा थियो । रोकिएरै बस्यौं ।

केही बेरपछि गाडी आइपुग्यो र चढेर क्याक्मीतिर लागियो ।

लेखकबारे थप जानकारीका लागि www.basantamaharjan.com.np

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb