Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

रोमाञ्चक भूलभुलइयाः हराउन तयार हुनुहुन्छ ?

Posted on August 3, 2025August 11, 2026 by अमिका राजथला
अमिका राजथला

भूलभुलइया !!

शव्द सुन्दा नै लाग्ने गर्छ कि त्यहाँ पुगेपछि अलमलमा परिन्छ, हराइन्छ । त्यहाँ जानु अगाडि मैले पनि सोचेको थिएँ कि भूलभुलइया एउटा पुरानो पार्क हो जहाँ गएर एक आपसमा हराएर रमाइलो गर्न सकिन्छ, त्यस्तैत्यस्तै, तर होइन रहेछ । भारतको उत्तरप्रदेश लखनउमा रहेको बडा इमामबाडा (मुख्य भवन) भित्र लुकेर बसेको छ, हजारौं बाटो भएको भूलभुलइया ।

चार तल्ला रहेको बडा इमामबाडा तथा भूलभुलइयाको बनावटले त्यहाँ पुग्ने पर्यटक र आर्किटेक्टलाई दुई शताव्दीदेखि अचम्मित तुल्याएको छ । बडा इमामबाडाभित्र पस्दा ठूलो हल एउटा मात्र छ भने त्यसका वरिपरि विभिन्न ऐतिहासिक चित्र, मूर्ति तथा ढोकाहरू । बिना गाइड जानेहरू कुन ढोकाबाट जाँदा ठीक हुन्छ भन्ने कुराको भेउ पाउन नसक्दा यत्तिकै अल्मलिन पुग्छन् । शुरुमा त हाम्रो समूह पनि विना गाइड घुम्ने सोच बनाएर भित्र पसेका थियौं तर इमामबाडाको हलमा एक चक्कर लगाएर हेरेपछि लाग्यो अब कहाँ गएर के हेर्ने ? हामी अल्मलियौं, कुन ढोकाबाट पस्दा कहाँ पुगिन्छ थाहा पनि थिएन र जुन पायो ढोकाबाट छिर्दा हराइएला भन्ने पनि डर थियो । त्यहाँ भएको संरचना हेर्दा कुराहरू खासै बुझ्न पनि सकिएन र गाइड खोज्नतिर लाग्यौं ।
वास्तबमा ग्राउण्ड फ्लोरमा भएका धेरै ढोकाहरू त झुक्याउनकै लागि पो रहेछन् । माथिल्ला तल्लाहरूमा पनि एक्कै ठाउँमा पाँच छ वटा ढोकाहरू छन्, कुन सही हो, कुन गलत हो भन्ने कुरा छुट्याउन नै मुश्किल पर्दछ । बाहिरका पर्यटकका लागि सही बाटो र ढोका पत्ता लगाउनु भनेको साहै्र मुश्किल काम रहेछ ।

बडा इमामबाडा विना कुनै पिल्लर बनाइएको छ भने यसको हल १७०ह५५ फिटमा फैलिएको छ । चौथो तल्लासम्म भएको यो भवनलाई १५ फिटको गारोले अड्याएको छ भने यही गारो भित्रबाट बनेको छ भूलभुलइया भित्रको दुई फिट चौडाइको भ¥याङ र बाटो, अनि ठीक बेठिक जता पनि जान सकिने खुल्ला ढोकाहरू । बडा इमामबाडा भवनबाट पूरै बाहिर निक्लेर सोही भवनको दाहिनेतिरबाट दुई फिट चौडाइको भ¥याङ चढ्दै सिधै भवनको कौसिमा पुग्न सकिन्छ तर यस भवनको आकर्षण नै विभिन्न ढोकाबाट छिर्दै बाटो पहिल्याउँदै अगाडि बढ्ने हुँदा जोकोही भूलभुलइयामा भुल्दै अगाडि बढ्छन् ।

लखनउको गर्वको स्तम्भ बनेको इमामबाडा न मस्जिद हो न दर्घा । इमामबाडा एक हल हो जहाँ सिया मुसलमानहरू आएर विभिन्न कार्यक्रमको आयोजना गर्छन् । मुहार्ररमको समयमा विशेष गरी उनीहरू कार्यक्रम गर्न यहाँ आउँछन् । इमामबाडाहरू अहिले पनि एशियाका विभिन्न देश तथा शहरमा पाइन्छ । इमामबाडा हाल बहराइन र यूएइमा पनि छन्, तिनलाई “मातम” र केन्द्रीय यशियामा भएका इमामबाडालाई “तकिया खाना” भनिन्छ । दुनियाको सबैभन्दा ठूला इमामबाडाहरू भारत र पाकिस्तानमा पाइन्छ, जहाँ शिया मुस्लिमको संख्या पनि बढी छन् ।

भूलभुलइयाको इतिहास बडा इमामबाडासँग जोडिएको छ । सन् १७८४मा खडेरी परेको बेलामा गरीवलाई रोजगारी दिनको लागि चौथो नवाव असफ–उद–डाउहालाले भूलभुलइया बनाउन निर्देशन दिएपछि यो बनेको थियो । जनतालाई रोजगारी दिनको लागि नबाब असफ–उद–दाउहालाले बडा इमामबाडा बनाउने सोच बनाए । यस सोच अनुरुप डिजाइनका लागि विभिन्न देशबाट आर्किटेक्चरहरूको आव्हान गरियो । अन्तिममा तत्कालीन पुरानो दिल्लीका प्रख्यात आर्किटेक्चर हफिल किफायत उल्लाहले निर्माणको जिम्मा लिए । उनले यो काम सन् १७८४मा शुरु गरेर १४ वर्षपछि सिध्याएका थिए ।

आर्किटेक्टहरूले बडाइमामबाडाको डिजाइन गर्न, बनाउन महिनौ लगाए । आर्किटेक्टहरूलाई यो बनाउन ठूलो चुनौति थियो । किनभने बडा इमामबाडाको हल १७०ह ५५ फिट मा बिना कुनै पिलर बनाउँनुु पर्दथ्यो । हल प्राथनार्थीको लागि चाहिने हुँदा बीचमा कुनै अवरोध नहोस् भन्ने मुख्य उद्देश्य थियो । यो काम विशेष दक्षता भएको आर्किटेक्टले मात्र बनाउन सक्दथ्यो । चुनौतिपूर्ण काम भए पनि दक्ष आर्किटेक्टहरूले छानाको तौल घटाएर, भित्र खुल्ला ठाउँ बनाएर निर्माण कार्य अगाडि बढाउने निर्णय गरे ।

भूलभुलइयामा भित्र एकअर्कासँग जोडिएको बाटो र ढोकाहरू हजारौं छन्, ति मध्ये कतिपयले जानुपर्ने ठाउँमा नपुर्याई अर्कोतिर पनि लैजान सक्छ । ति मध्ये कतिपय बाटोले हामीलाई झ्यालहरूतिर लैजान्छ, जहाँबाट बाहिरको उत्कृष्ट दृश्य देखिन्छ । यी झ्याल बाहिरको उत्कृष्ट दृश्यावलोकनका लागि मात्र नभएर यी झ्यालले आजको सिसी टिभी क्यामेराको काम गर्ने खालका छन् अर्थात झण्डै दुईसय मिटरभित्र रहेको भूलभुलइयाको झ्यालबाट हेर्दा मुख्य ढोकाबाट भित्रको प्रवेश गर्यो, को बाहिर निस्कियो भन्ने कुरा स्पष्ट रूपमा देख्न सकिन्छ । तर बाहिरबाट आउने व्यक्तिले आफू निगरानीमा छु या आफूलाई कसैले हेरिरहेको छ भन्ने कुराको भेउसम्म पनि पाउन सक्दैन । जुन झ्यालबाट हेरिएको हुन्छ त्यो झ्याल बाहिरबाट देखिंदै देखिंदैन । त्यो झ्यालबाट नियाल्दा मलाई लाग्यो, तत्कालीन अवस्थामा नवावहरूले आफ्ना शत्रुको आगमनलाई नियाल्न तथा कुनै रुपमा पनि आफूलाई भेट्न नसकोस् भन्ने मनसायले भूलभुलइया बनाएको हो ।

यस्तै संरचना भूलभुलइयासँगै रहेको अर्को भवन बाउलीमा पनि देख्न पाइन्छ । बाउलीको गेटमा बसेर हेर्दा भवनको छाना मात्र देखिन्छ, भित्र कति तल्ला छ भन्ने कुराका थाहा पाउन सकिन्न । तीन तल्ले बाउलीको संरचना हेर्दा साच्चै कचौरा जस्तै जमिनमा धस्सिएको छ । तल बसेर हेर्दा बाहिरको संरचना स्पष्ट देख्न सकिन्न तर उक्त भवनको झ्यालमा गएर हेर्दा भूलभुलइयाको झ्यालबाट देखिएजस्तै बाहिर गेटको संरचना स्पष्ट रुपमा देख्न सकिन्छ । अर्थात्, बाहिरबाट को आउँदैछ, के हुँदै छ भन्ने कुरा स्पष्ट रुपमा देख्न सकिन्छ । यही अचम्म लाग्दो संरचनाले गर्दा पनि यी ठाउँ पर्यटकका लागि प्रसिद्ध छ ।

भूलभुलइयाको बाटो र ढोका हुँदै तेस्रो तल्लामा भित्रभित्रै रहेको कौसी विशेष आसन युक्त झ्यालमा बसेर मिटिङ गर्न सकिने व्यवस्था मिलाइएको पाइन्छ । १७०ह५५ फिट ठूलो इमामबाडाको हलमा झ्याल झ्यालमा बसेर मिटिङ्ग कसरी सम्भव होला र ? सुनिएला र ? भन्ने लाग्न सक्छ । यहाँको कालिगढी यस्तो छ, एउटा कुनामा बसेर सलाई कोरियो भने पनि अर्को कुनामा स्पष्ट रुपमा सुनिन्छ । यो भवनको हलका भित्ता विशेष रुपमा खोपेर कलात्मक त पारिएको छ नै यसले नै साउण्ड प्रुफको पनि काम गर्ने हुँदा सानो आवाज पनि सुन्न सकिन्छ ।

पुर्खाले भन्ने गर्थे, ठूलो आवाज गरेर नबोल्नू, भित्ताको पनि कान हुन्छ ! साँच्चै भित्तामा कान थापेर सुन्दा हाम्रो गाइडले झण्डै सय मिटर टाढा बसेर “आप मेरा बात सुन रहे हैं ?” भनेर साउती गरेको आवाज स्पष्टसँग सुनिएको थियो भने विस्तारै फुकिएको आवाज समेत स्पष्ट सुनिएको थियो ।

बाहिरको उज्यालो नछिर्ने ठाउँमा अँध्यारो भएकोले टर्चलाइटको सहाराले भित्र जाँदा सहज हुन सक्छ । झण्डै दुई घण्टामा घुम्न सकिने बडा इमामवारा तथा भूलभुलइयामा हराउन चाहनेलाई हराउन पनि दिन्छन, त्यहाँका गाइडहरू । भूलभुलइयामा हराएँ भने कसरी निस्कने होला भनेर डराउँन चाहिं नपर्ने रहेछ, त्यहाँका गाइडहरू दावी गर्छन्– “तपाईहरू जहाँ हराए पनि हामी दुई मिनेटमै निकाल्छौं” र सोध्छन्– “भूलभुलइयामा हराउने हो ? हराउन तयार हुनुहुन्छ ?”

नवाब भन्ने वित्तिकै शौखिन शासकका रूपमा लिइने गरिन्छ । म सानै छँदा विद्यालयमा पढ्दा ताका नै एक शौखिन नवाबको बारेमा सुनेको थिएँ, जो जुत्ता लगाइदिने नोकरको पर्खाइमा बस्दा आक्रमणकारीको पञ्जामा परेको कुरा थियो । यो कुराले आत्मनिर्भरताको राम्रो पाठ सिकाउँछ । भूलभुलइयामा भुल्दा थाहा भयो ती नवाब त यही भूलभुलइयाका रहेछन् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb