Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

जामाच्व हाईकिङ र स्वयम्भू दर्शन

Posted on June 2, 2025 by admin
बिमला शाक्य

जामाच्व स्वयम्भु उत्पत्तिको कथा संगै जोडिएको महत्वपूर्ण ठाउँ हो । काठमाडौं उपत्यका धेरै वर्ष पहिला दहको रुपमा रहेको कुरा स्वयम्भु पुराणमा उल्लेख छ ।

जामाच्व हाइकिङ । जेठ ५ (२०७५) को यो हाइकिङ तेस्रो पटकको यात्रा थियो । पहिलो पल्ट कलेज जीवनमा साथीहरुसंँग ल्हुति पुन्हि (चैत्र पूर्णिमा) को मेला भर्न गएको थिएँ । दोस्रोपल्ट विहारको आयोजनामा बसबाट गएको थिएँ । यस पल्ट हाईकिङ भएकोले फेरि एकपटक गएँ । 

बसमा थापाथली, त्रिपुरेश्वर, जमलहुँदै बालाजु बाईपास पुग्यौं । त्यहाँबाट त्रिशुली जाने बाटोतर्पm मोडियो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लेखिएको गेट अगाडि हाम्रो बस रोकियो । प्रत्येकको रू.५० तिरी पास लिई नाम लेखाएर गेटमा अगाडि बसेर एउटा ग्रुप फोटो पनि खिचियो । बर्द बहादुर गणद्वारा संरक्षित यस निकुञ्जभित्र घुम्नका लागि केही नियमहरु पालन गर्नुपर्ने रहेछ, ती नियमहरु बोर्डमा टाँगिएको देखें । वन्यजन्तु शिकार गर्न, हातहतियार लान, वन्यजन्तुलाई घाइते बनाउन, रुख काट्न आदि १० वटा नियमहरु लेखिएका थिए जुन कार्य गरेको खण्डमा ५ हजार देखि ५० हजारसम्म वा ५ वर्षको कैद सजाय हुने पनि लेखिएको थियो । त्यसैगरी नेपालीलाई प्रति व्यक्ति रू.५०, सार्क देश तथा तेस्रो मुलुकका लागि छुट्टाछुट्टै शुल्क तिर्नुपर्ने अनि गाडि, मोटरसाईकल तथा साईकिलिङका लागि पनि छुट्टाछुट्टै शुल्क लाग्ने बोर्डमा लेखिएको थियो । ती सबैमा फेरि भ्याट १३ प्रतिशत तिर्नुपर्ने ।

त्यहाँ पुग्दा बिहानको ८ बजेको थियो । गेटबाट भित्र छिर्ने बितिकै अगाडि सीधा गाडी जाने पीच बाटो जुन १७ कि.मी को र दायाँ तेर्सो ५ कि.मीको सिंढीहरु भएको हिंड्ने बाटो देखियो । हामी आज हाईकिङ गर्ने भएकाले ५ कि.मीको छोटो बाटो रोज्यौं । अगाडि ढुंगाका सिंढीहरु बनाइएका थिए, जसले गर्दा हाईकिङ गर्नेहरुका लागि सजिलो थियो । त्यहाँ पहिलो पटक आउँदा यस्ता सिंढीहरु थिएन भिरालोमा हातखुट्टा घिसारेर चढेको अभैm याद आउँछ । जे होस् अहिले धेरै सजिलो भएछ । उकालो चढ्न थाले पछि  एउटै ग्रुपबाट ४र५ वटा ग्रुपमा बाँडियो । अलि हिंड्न सक्ने छिटो छिटो हिंड्न थाले हामी भने बहिनीहरु अलि उकालो चढ्न नसकेकाले सबभन्दा पछाडि पर्यौं ।

सिंढीहरु चढ्दै कहिले समतल बाटो हिंड्दै जाँदा हेलिप्याड भएको ठाउँमा त्यहाँबाट अलि परसम्म समतल बाटो चारैतिर जंगल भएको ठाउँ 

रमणीय थियो । आईपुग्यौं ।  त्यहाँ काठको लामो वोर्डमा Nature doesn’t need people, people need Nature लेखेको देख्यौं । त्यहाँ एउटा फोटो नखिची मन मानेन । हेलिप्याड भएको ठाउँभन्दा अलि तल नागार्जुन दरबार रहेछ, अहिले त्यहाँ सेनाले प्रवेश निषेध गरिएको छ । 

हुनत गेटबाट छिरेदेखि नै हरियाली वनको अनुभव गरेका थियौं । रानीवनको प्रकृतिसित 

मित लाउँदै २ घण्टा उकालो चढेपछि नांगोडाँडा आइपुग्यो, त्यहाँबाट जामाचो डाँडा नजिकै देखिन थाल्यो । यस ठाउँबाट पनि काठमाडौं उपत्यकालाई देख्न सकिन्थ्यो । एकछिन आराम गरें, अनि बाँकि रहेको खाजा खाएँ । त्यहाँ बटुवाहरुलाई पानी परेको बेला ओत लाग्न मिल्ने एउटा जस्ता पाताले बनाएको पाटी रहेछ । मानिसहरु थकाई मार्न त्यहीं बसेका थिए । अब जामाचो पुग्न धेरै समय नलाग्ने संकेत त्यस ठाउँ पुगेपछि थाहा भयो । यस ठाउँबाट पनि सोभैm बाटो लागियो । बाटोमा उकालोतिर सबै सिंढीहरु बनाएर सजिलो बनाइएको छ । रुखका पातहरु झरेर सिंढीभरि छरिएको छ जसले गर्दा बाटो अलि चिप्लो पनि छ । तर हामी गएको दिन पानी पनि नपरेको 

र घाम पनि नलागेका,े मौसम एकदम राम्रो छ । आधा घण्टा नपुग्दै हामी २,१२८ मी. उचाईमा रहेको जामाचो पुग्यौं । फुलबारी गेटदेखि डाँडासम्म पुग्न साढे दुई घण्टा लाग्यो । माथि पुगेपछि चैत्यको दर्शन ग¥यौं र देवा (दियो) बाल्यौं । पाटनतिर ५ रुपैंया पर्ने देवाको यहाँ २० रुपैंया पर्दोरहेछ । देवा बेच्ने महिला नेवार नै रहेछ । उनले यो ठाउँको बारेमा बताउँदै थिइन्, हामीसंगै गएका एकजना हाईकरलाई । उनले खोई, को बुद्धको पालामा यहाँ आएको र नागराजा पनि रहेको भनी तल साईनबोर्डमा लेखिएको छ पढ्नुस् भनिन् ।

जामाच्व स्वयम्भु उत्पत्तिको कथा संगै जोडिएको महत्वपूर्ण ठाउँ हो । काठमाडौं उपत्यका धेरै वर्ष पहिला दहको रुपमा रहेको कुरा स्वयम्भु पुराणमा उल्लेख छ । सत्ययुगमा विपश्वी तथागत बन्धुमती नगरबाट यहाँ आएर यसै ठाउँबाट कमलको पूmलको बिऊ

छरेको र पछि हजार पत्ता भएको कमलको पूmल सहित स्वयम्भु ज्योतिरुप उत्पन्न भएको भनी उक्त पुराणमा उल्लेख भएको छ । यसरी स्वयम्भु ज्योतिरुप उत्पत्तिसंगै गाँसिएको यस ऐतिहासिक ठाउँको दर्शन गर्न पाउनु हामी सबैको अहोभाग्य हो । उनी पछि द्वापर युगमा शिखी बुद्ध अरुणावती नगरबाट आई धिलाच्व अर्थात् चम्पादेवी डाँडाबाट स्वयम्भुको दर्शन गरेको, त्यसैगरि त्रेतायुगमा विश्वभू बुद्ध अनुपम नगरबाट आई फुलच्व अर्थात् फुल्चोकी डाँडाबाट दर्शन गर्न आएको त्यसपछि क्रकुुच्छन्द बुद्ध क्षमावती नगरबाट सिद्धि पुच्व शंङ्खोदक पर्वतमा बसी स्वयम्भु दर्शन गर्नुभएको कुरा उल्लेख छ ।

महाचीनको पंचशीर्ष पर्वतबाट आउनु भएका महामञ्जुश्री आप्mना केशनी उपकेशनी दुई श्रीमतिहरुका साथ चीनका राजकुमार धर्माकर, महांकाल, गणेश आदि संगै आई स्वयम्भु दर्शन गरी चन्द्रहास खड्गले चोभारको गल्छि काटेर पानी बाहिर पठाएको कुरा पनि सोहि पुराणमा उल्लेख छ । कालान्तरमा गौड देशबाट शान्तिकराचार्य यहाँ आई गुणकर बज्राचार्यसंग प्रबज्या लिई शान्ति श्री भिक्षु भई सकेपछि स्वयम्भु ज्योतिरुपलाई छोपेर चैत्य बनाएको उल्लेख छ । साथै, दशकर्मादि प्रतिस्था गरी चारैतिर पञ्चपुर, नागपुर, वसपुर, अग्निपुर र वायुपुर पनि बनाएको पछि शान्तिपुर स्थापना गरी त्यही समाधि बसेको उल्लेख पाईन्छ ।

यसरी धार्मिक एवं ऐतिहासिक महत्वले भरिपूर्ण यस जामाच्वमा बीच भागमा चैत्य स्थापना गरिएको छ भने चैत्यमा चारै दिशामा पंचबुद्ध राखिएको छ । चैत्यको अघिल्लो भागमा मञ्जुश्री, बुद्ध, महाँकाल आदि विभिन्न देवदेवताका प्रस्तरका मूर्तिहरु राखिएका छन्, यी मूर्तिहरु पछि मात्र स्थापना गरिएका हुन् । चैत्यको दायाँबायाँ दुवैतिर दुईवटा शिलालेख राखिएको छ । दायाँ शिलालेखसंगै २०६८ मा स्वयम्भु हारती मां द्योमा दिलंमाजुले राख्नुु भएको प्रस्तरकै मायादेवीको मूर्ति राखिएको छ । मूर्ति राख्नु त ठिकै हो तर बिना उद्देश्य मूर्तिको संख्या बढ्नाले चैत्यको शोभा घट्न बेर लाग्दैन जस्तो लाग्छ । चैत्य आपैmमा सुन्दर रहेको छ भने यसमा सेतो र बुद्ध मूर्ति भएको खोपामा सुन्तला रंगले अझ निख्खार ल्याएको छ ।

चैत्यको अगाडितिर पहिला पुरानो सेतो रंग पोतिएको पाटी थियो भने अहिले नयाँ बनाएर सुन्तला रंग पोतिएको छ । भित्र बुद्धको प्रस्तरको मूर्ति पनि राखिएको छ । थाहा पाएँ, यो पाटी चार सय वर्ष अगाडि पाटनका नेवार समुदायले निर्माण गरेका रहेछन् । चैत्यको डिलमा सेतो नागको फोटो राखेर फलामको बारले घेरिएको ठाउँ छ जहाँ नागको टाउको आकारको ढुंगा रहेको छ । चैत्यको पछाडितिर सानो गुम्बा रहेको छ जहाँ गुरु पद्मसम्भवको मूर्ति स्थापना गरिएको छ ।

चैत्यको छेऊमा नेपाली सेनाका सहायक रथी चिनिया बहादुर बस्नेतले निर्माण गरेको फलामको अग्लो घुमाउरो भ्यू टावर पनि रहेको छ जहाँबाट उपत्यकाको दृश्य राम्ररी देख्न सकिन्छ । १० वर्षको काठमाडौं र अहिलेको काठमाडौंमा धेरै भिन्नता आईसकेको छ । जताततै कंक्रिटले भरिन थालेको छ । खाली हरियाली भागको नाममा केहि भाग मात्र बाँकी रहेको छ जुन भावी पुस्ताको लागि चिन्ताको विषय बनिसकेको छ । यहाँबाट गोपुच्छ पर्वत यानि स्वयम्भु डाँडा धेरै तल सानो थुम्कोको रुपमा मात्र देख्न सकिन्छ भने स्वयम्भु चैत्य सेतो टिलिक्क टल्किएको देखिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb