झाेरकाे झरना र झरी

मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्,

सराङकोटमा सूर्योदय

कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।

झाेरकाे झरना र झरी

मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्, युवायुवतीहरुकै लहलहैमा लाग्छिन् र निथु्रुक्क भिजेर निस्कन्छिन् । भिजेको गुन्यू चोलो र सारी यत्तिकै देखियो । फेर्ने लुगा नभएका कारण यतिकै हावामा बस्ने र सुकाउने पनि गर्दा रहेछन् मान्छेहरु । ती महिलाको पनि फेर्ने लुगा थिएन ।

घान्द्रूकको घुमाइ

यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।