Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

उकालो लामपातेको, कुरा बाहुनडाँडाको

Posted on April 21, 2024April 21, 2024 by बसन्त महर्जन
बसन्त महर्जन

अर्खलेबेसी पुग्दा दिउँसो चार बजिसकेको थियो । लमजुङको सदरमुकाम नजिकैको गाउँ खुदी हुँदै आएको, नाइचेमा वास बस्न जाने योजना थियो । त्यहाँबाट मस्र्याङ्दी नदी तर्नु पर्दछ । एउटा झोलुङ्गे पुल रहेछ । पुलको पारी एक प्रकारको तमासा नै भइरहेको थियो । भएको के रहेछ भन्दाखेरि उताबाट राङ्गा ल्याउन लागेका रहेछन् तर राङ्गा पुल तर्न ज्यान गए मानको होइन, डराएर । पहिलो राँगो त्यस्तै दश फीट जति अगाडि बढिसकेर उईँक्क पनि नचलेको, अर्को मान्दै नमानेको । टाउको छोपेर हिंडाउने प्रयास पनि गरेका रहेछन्, तर पुल हल्लिएर डराएछन् । यसै त ढिलो भइसकेको, त्यसमा पनि ढिलो गर्दा नाइचे पुग्न समस्या हुने भएकाले बाटो लाग्यौं । पुल तरेपछिको उकालो नै लामपातेको उकालो रहेछ ।

ओर्खलेबेसीमा लोकनाथ घिमिरेसँग परिचय भएको थियो । बाहुन डाडाँको एउटा विद्यालयका शिक्षक । घरतिर जान लागेका । लामपाते डाडाँसम्म सँगै हुने भएकाले सँगै हिडेका थियौं । बाहुन डाँडाको नाम थुप्रै सुनेको भएपनि पुग्न पाएको छैन । यसअघि यसै डाँडाको मुन्तिर रहेको तातोपानीमा नुहाएको थिएँ । यस पल्ट भने त्यहाँ जाने योजना छैन । नेपालका केही गाउँठाउँ यस्तो पनि पाइन्छ, जसको नाउँ एक जातिको हुन्छ तर त्यहाँ त्यस जातिको नामोनिशान नै हुन्न । कुनै बेला त्यस जातिको बसोवास हुने भएर गाउँकै नाउँ रहन जाने तर तिनीहरू विस्थापित वा बसाईसराई गरेर अन्त गएपछि यस्तो हुने गर्दछ । बाहुन डाडाँ भने त्यस्तो होइन रहेछ । बाहुन नै बाहुनको गाउँ भएरै बाहुन डाडाँ राखिएको । बाहुन, त्यसमा पनि घिमिरे थरका बाहुन । त्यसै गाउँको नामबाट गाउँविकास समितिकै नाम राखिएको रहेछ । त्यस गाविस अन्तर्गत वडा नम्बर ५ मात्रै बाहुनडाडाँ रहेछ । लोकनाथका अनुसार कतैबाट कसुमाकर घिमिरे भन्ने व्यक्ति यस डाडाँमा आएर बसेका थिए र उनैका सन्तानहरू नै हाल बाहुनडाडाँका घिमिरेहरू हुन् । वास्तवमा गुल्मी जिल्लामा घमिरे भन्ने एउटा सानो ठाउँ छ, त्यस गाउँका बाहुनहरूको थर सोही घिमिरे गाउँबाट नै घिमिरे बनेको हो । अर्थात् घमिरे गाउँका गाउँलेको नाम नै घिमिरे हो र हाल ब्राम्हणहरूको एक समूहको थर वा पहिचान नै घिमिरे बनेको छ ।

लोकनाथ भन्छन्– ‘‘सर, आधुनिक जमानामा हाम्रा रीतिथितिहरू फेरिंदै गएका छन् । अरुको त के कुरा, हामी ब्राम्हणहरूकै नै रीतिथिति फेरिंदो छ, पहाडिया ब्राम्हणहरूको संस्कृति संस्कारको अध्ययन गर्न उपयुक्त ठाउँको खोजी गर्न नै मुस्किल पर्ने भइसक्यो तर धन्दा नमान्नुस् कुनै बेला यस विषयमा अध्ययन गर्ने सोच आयो भने हाम्रो बाहुन डाडाँ आउनु, सबै कुरा पाउनु हुनेछ । हिन्दू धर्मअनुसार गर्नु पर्ने सम्पूर्ण रीतिथिति र संस्कार संस्कृृति कायम नै छ ।
‘‘ब्राम्हण समाजमा रामायण नाटकको मञ्चन गराइने परम्परा छ, हाम्रो गाउँमा पनि यसको मञ्चन गराइन्छ’’ उनी भन्छन्– ‘‘हाम्रो गाउँमा त्यसको गुरु म आफै हुँ ।’’

लेखक जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक प्रकाशित भएपछि बाहुन डाँडाको चर्चा चुलिन थाल्यो । भनें– ‘‘जोन उडले धेरै गरेको हो, हैन त ?’’

लोकनाथले ठाडै अस्वीकार त गरेनन् तर स्वीकारोक्ती पनि होइन । घुमाउरो पारामा आफ्नो कुरा राखे–‘‘हेर्दा बाहुनडाँडालाई जोन उडले धेरै दिएजस्तो देखिन्छ तर धेरै पाउने त जोन उड आफै पो हो त ।’’

‘‘बाहुन डाडाँमा पहिल्यैदेखि स्कूल थियो । स्कूल राम्रैसँग चलेको पनि थियो । तर बिचमा आएर अलि कमजोर बन्यो ।’’ बाहुन डाँडाको इतिहास बताउन थाल,े लोकनाथ । म उत्सुक थिएँ, बाहुन डाडाँको कुरा सुन्न । उनी आफ्नो कुरा अगाडि बढाउँछन्– ‘‘हामी कवि माधव प्रसाद घिमिरेको नाममा एउटा वाचनालय बनाउने भनेर लागेका थियौं, स्वयं माधव घिमिरे र अन्यबाट पुस्तकहरू संकलन गरेका पनि थियौं तर स्थानाभावले त्यसलाई त्यही स्कूलको एउटा कोठामा हाल्यौं र पछि स्कूलमा नै गाभ्यौं ।’’

लोकनाथ जोन उडका सम्बन्धमा सुनाउँछन् – ‘‘आजभन्दा पन्द्रह वर्षअघि जोन उड हाम्रो बाहुनडाडाँ पुगेका रहेछन, हामीलाई थाहा नै थिएन । तर बाहुन डाडाँमा पुगेपछि उसको जीवन नै परिवर्तन भएको रहेछ । किताव पढिसकेपछि मात्रै थाहा भयो ।’’

यस अघि सोचेको थिएँ, बाहुन डाडाँमाथि जोन उडको ठूलै कृपा परेको छ । शिक्षाको उज्यालो धपक्कै बलेको होला । एक चोटी त हेर्न जानु पर्ने हो । तर यो त भ्रम पो रहेछ । लोकनाथ भन्छन्– ‘‘यो भ्रम तपाइलाई मात्र होइन धेरैमा रहेको पायौं । पुस्तक प्रकाशनपछि ‘रुम टु रीड’का प्रतिनिधिहरूसँग भेट गर्न गएँ । मेरो गुनासो थुप्रो थियो । लामो कुरा पनि भयो । पछि दुवै तर्फको संयोजकको रूपमा मलाई तोकिएको छ । केही किताव दिइसकेको छ भने केही आउन बाँकी छ । जोन उड आफै पनि एक पल्ट पुनः बाहुन डाँडा आउने कुरा’नि छ ।’’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb