नियात्रा.कम
नियात्रा डटकम नेपालकाे पर्यटकीय स्थलहरूकाे प्रचारप्रसार गर्न तथा पर्यटकीय स्थलहरूका बारेमा जानकारी प्रदान गर्न संचालित साहित्यिक पाेर्टल हाे । साहित्य भनेर यसले नियात्रा विधालाइ मात्र समेट्छ । अंग्रेजीमा ट्राभलग भनिने यस विधालाइ यात्रा साहित्य, यात्रानुभव तथा अन्य नाम दिइएकाे पाइन्छ भने त्यसैकाे अर्काे नाम नियात्रा पनि हाे । यात्रा गर्नेले अाफ्नाे स्वअनुभवलाइ पनि समेटेर लेखेका…
हिडेको बाटो बिर्सेपछि
लौरो टेक्दै झरिरहेका तिनीहरुलाई देख्दा लाग्यो, झर्न नसक्ने त हामी मात्रै रहेछौं । यस्सो फर्केर हेर्छु, अजितेश पनि मज्जाले झरिरहेको देख्छुु । होइन, झर्न नसक्ने र नजान्ने त म मात्रै रहेछु । सोध्छुृ, ‘‘बाबु, गाह्रो भयो ?’’ टाउको हल्लाउँदै भन्छन्, ‘‘छैन ।’’
छोएर पनि देख्न नपाएको समुद्र
अरेवियन सिले छोएको शहर, कराची । पाकिस्तान भ्रमण भन्ने वित्तिकै मनमा लागेको थियो, समुद्रि क्षेत्रमा त जान पाइएला कि, समुद्रलाई छुन पाइएला कि । पाकिस्तान भ्रमणको पहिलो दिन नै करा“ची शहर पुग्यौं तर जिन्हा एयरपोर्ट र एयरपोर्टको ट्रान्जिटसम्म मात्रै । यो ट्रान्जिटलाई प्रयोग गर्दै इस्लामावाद, अबोटावाद, रावलपिण्डी, लाहोर र फेरि इस्लामावाद हुँदै भ्रमणको अन्तिम तथा…
जामाचो मेला, २०७९
चैत्र पूर्णिमाको दिन । अनेकौं सांस्कृतिक सन्दर्भहरू यसै दिन किन पर्छ ? छलफलको बेग्लै विषय हो, पछि गर्दैगरौंला । यो दिन काठमाडौंका नेवारहरू जामाचो चढ्छन् । म कीर्तिपुरे नेवार, यो दिन होइन, वैशाख संक्रान्तिका दिन धिनाचो चढ्ने समाजको सदस्य । धिनाचो चढ्ने समाजको सदस्य भएर होला, जामाचोको नाम सुनेको मात्रै, चढिसकेकाहरूको बयानले जीउ सिरिङ्ग हुन्थ्यो…
कीर्तिपुरकाे कीर्ति
कीर्तिपुर भनेर कतिपयले गाेरखाका राजा पृथ्वीनारायण शाहका सेनाहरूले दुइ पल्ट हार्नु परेकाे र तेस्राे पल्टमा बल्लबल्ल सफलता मिलेकाे ठाउँकाे रूपमा चिन्छन् । कीर्तिपुर माथि कठिन आक्रमण राजा पृथ्वीनारायण शाहलाई मात्र हाेइन, यसअघि मकवानपुरका राजा मुकुन्द सेनलाइ पनि यस्तै हम्मेहम्मे परेकाे थियाे । याे त भयाे इतिहासकाे कुरा । कीर्तिपुरमा इतिहास मात्रै छैन, अनेक कुराकाे भण्डार…
सिलु (गोसाईँकुण्ड) तीर्थयात्रा
साैराहा
उचाइबाट स्वयम्भू महाचैत्य
काठमाडौं उपत्यका एउटा खाल्डो न हो, कचौराजस्तो । चारैतिर हरिया डाँडाहरु अग्लिएका छन् । प्रत्येक डाँडाका टुप्पोहरुको आआफ्नै विशेषता छन् र ऐतिहासिक तथा धार्मिक महत्वका पनि छन् । यही भएर यहाँका रैथाने नेवार मात्रै होइनन, आगन्तुक तथा पर्यटकहरु पनि बेलाबेलामा यी डाँडा चढ्न जान्छन् । स्थानिय नेवार समाजमा त निश्चित दिन निश्चित डाँडा चढ्नुपर्ने सांस्कृतिक…










