काठमाडौं उपत्यकाबाट निस्कने एउटै नदी हो, वाग्मती । अनेकौं ससाना नदीहरूलाई समेटेर यो ठूलो नदी बनेको हो । वाग्मती र विष्णुमतीको उद्गमस्थल एउटै पहाड तर अलि दुरीको फरकमा हो । दुवै उद्गमस्थल अहिले घुमफिरको गन्तव्य भएको छ । जसरी वाग्मती नदीको उद्गमस्थललाई वाग्द्वार भनिन्छ, त्यसरी नै विष्णुमती नदीको उद्गमस्थललाई विष्णुद्वार भनिएको छ । यो पटक…
सराङकोटमा सूर्योदय
कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।
रूरूमा रूमल्लिंदै
यहाँ ‘रिदी’ भन्ने पुरानै नाउँ थियो र पछि हिन्दूहरुको आगमनसँग यो ठाउँको नाम उही रह्यो तर नयाँ अर्थ पायो
आहा ! रुप्से, फेरि भेटौंला !!
रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर तस्वीर र भिडियो क्लिप्समा मात्र । पोखराबाट ११० किलोमिटर टाढाको यो झरना म्याग्दी जिल्लाको बेनी भएर मुस्ताङ जाँदा बाटोमै पर्छ, जोमसोमभन्दा करीब ४० किलोमिटर वरै । मुस्ताङ त गएको तर हिडेर होइन, गुडेर पनि होइन, हवाइजहाजबाट । यही भएर रुप्सेको दर्शनबाट बन्चित हुनुपरिरहेको…
झाेरकाे झरना र झरी
मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्, युवायुवतीहरुकै लहलहैमा लाग्छिन् र निथु्रुक्क भिजेर निस्कन्छिन् । भिजेको गुन्यू चोलो र सारी यत्तिकै देखियो । फेर्ने लुगा नभएका कारण यतिकै हावामा बस्ने र सुकाउने पनि गर्दा रहेछन् मान्छेहरु । ती महिलाको पनि फेर्ने लुगा थिएन ।
घान्द्रूकको घुमाइ
यस अघि कहिल्यै नसुनिएको यो नाम स्थानिय गुरुङहरुको कुनै बेलाका आदरनिय पुर्खा हुनुपर्छ र अहिले यसरी मन्दिर नै बनाएर पुज्न थालेछ । वास्तवमा घान्द्रूकको पर्यटनका सन्दर्भमा यो नाम र ठाम उल्लेख हुने गर्दैन तर स्थानियहरु यसलाई खुबै मान्दा रहेछन् । उल्लेख त यहाँ चिया बगान छ भनेर पनि हुँदैन ।
उकालो लामपातेको, कुरा बाहुनडाँडाको
‘‘हेर्दा बाहुनडाँडालाई जोन उडले धेरै दिएजस्तो देखिन्छ तर धेरै पाउने त जोन उड आफै पो हो त ।’’
सुन्दरीजलभन्दा माथि माथि
सुन्दरीजल जान चढेको गाडी सुन्दरीजल डाँडाको फेदैमा रहेको बसपार्कमा रोक्दा विहानको एघार बजेर त्यस्तै पाँच मिनेट मात्रै हुँदो होला । फर्कंदा कतिबजेसम्म गाडी पाइन्छ भनेर सोध्न भुलिँनं । बेलुका साढे पाँच बजे अन्तिम गाडी हुने जनाउ पायौं । बसपार्कको उत्तरतिर एउटा बाटो सोझिएको छ, सुन्दरजल जाने बाटो उही हो भनेर सोधिराख्नु परेन किनभने त्यतै जाने…
लाेमन्थाङ
लुम्बिनी– कुशीनगर साइकल यात्रा
काठमाडौंबाट निस्कने गाडीहरू धमाधम नयाँ बसपार्कबाट निस्किरहेको थियो । १९ फागुनको त्यो साँझ त्यहाँ भएका सबैको ध्यान निस्कने र यात्रीहरूलाई सघाउनेमा केन्द्रित थियो । म पनि त्यही ठाउँमा साँझ ६ वजे पुगेको, निस्कनकै लागि । अँध्यारो अँध्यारो हुन थालिसकेको थियो । म यताउता हेर्छु । हेर्छु के भनुँ, खोज्छु । भेटाउँदिन । फोन गर्छु, सम्पर्क…







