नियात्रा नेपालको पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न तथा पर्यटकीय स्थलहरूका बारेमा जानकारी प्रदान गर्न संचालित साहित्यिक पोर्टल हो । यसले नियात्रा विधालाइ मात्र समेट्छ । साथै यात्रासँग सम्बन्धित विभिन्न ठाउँहरुको परिचय तथा अन्य विवरण पनि दिन्छ । अंग्रेजीमा ट्राभलग भनिने यस विधालाइ यात्रा साहित्य, यात्रानुभव तथा अन्य नाम दिइएको पाइन्छ भने त्यसैको अर्को नाम नियात्रा पनि हो ।
यात्रा गर्नेले आफ्नो स्वअनुभवलाइ पनि समेटेर लेखेका यात्रा विवरण नै नियात्रा हो ।
हामी नियात्रा लेखनका साथै नियात्रा लेखन शिविर, यात्राहरूको आयोजना तथा पर्यटनसँग सम्बिन्धित गतिविधिमा पनि संलग्न भइरहेका हुन्छौं ।
