सोलुखुम्बुको स्याङ्बोचे एअरपोर्टबाट उडेको हेलिकप्टर केही मिनेट भित्रै थामेको पावरहाउस अगाडिको हेलिप्याडमा रोकिन पुग्यो । खादा लिएर बसिरहेका स्थानीयहरूबाट स्वागत पायौं । एउटा कुरा, खादा ओढेको मेरो पहिलो अनुभव त्यही हो । सोलुखुम्बुको चिसो चिसो वातावरणमा तातो तातो चिया खाइयो । विद्युतको पावर हाउस हेरियो । सँगै एउटा गुम्बा थियो, त्यहाँ त्यस्तै एक घन्टाजति बिताएर…
Category: गन्तव्य
नगरकाेट
सूर्याेदय हेर्न र हिमालसँग अाँखा जुधाएर बस्न नगरकाेट लाेकप्रिय गन्तव्य हाे । काठमाडाैंसँग जाेडिएकाे भक्तपुर जिल्लाकाे उत्तर-पूर्व दिशामा पर्ने याे गन्तव्यमा पहिला विदेशी पर्यटकहरूकाे मात्रैं अाकर्षण थियाे भने हाल स्वदेशी युवायुवतीबीच पनि लाेकप्रिय बनेकाे छ । यहाँबाट सूर्याेदय राम्राेसँग हेर्न पाइन्छ भने हिमाल तथा पहाडलाइ पनि उत्तिकै नजिकबाट नियालेर हेर्न सकिन्छ ।
बेगनास ताल
गुराँसकाे राजधानी
गुराँसकाे राजधानी ? हाे, गुराँसकाे राजधानी भनेर तेह्रथुम जिल्लालाई चिनाइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण याे जिल्लाकाे अन्य पनि पहिचान नभएकाे हाेइन, तर गुराँसकाे माध्यमबाट पनि चिनाउने गरिन्छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये तेह्रथुमको सिरानी तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका पाइन्छन् । यो क्षेत्रमा माघको अन्तिम सातादेखि असारको पहिलो सातासम्म उचाई अनुसार विभिन्न…
ल्हासापाको महामञ्जुश्री गुफा
बौद्धहरू बौद्ध स्थललाई अत्यन्तै गौरव र मान राखेर तीर्थस्थलका रूपमा विकास गरी तीर्थ यात्रा गर्दछन् । यस्ता तीर्थहरू गौतम बुद्धसँग मात्रै सम्बन्धित हुनुपर्दछ भन्ने छैन । विभिन्न बोधिसत्व एवं प्रमुखतम् बौद्ध भिक्षुहरूसँग सम्बन्धित ठाउँलाई पनि उत्तिकै महत्व दिने गर्दछन् । यसरी नै आफ्नो गुरु वा गुरु परम्परासँग सम्बन्धित ठाउँलाई पनि तीर्थ नै मानी भ्रमण गर्दछन्…
धरान
धरानकाे पर्यटकीय अाकर्षणहरूमा दन्तकाली मन्दिर, बुढासुब्बा तथा भेडेटार रहेका छन् ।
पाेखरा
प्राकृतिक सुन्दरताका लागि प्रख्यात पर्यटकीय गन्तव्यहरुमा पोखरा पनि एक हो । कास्की जिल्लामा पर्ने यस तालैतालको उपत्यकावा सुन्दरताको खानी त हो नै, साथसार्थ पर्यटकहरु यसलाई मुकाम बनाई अन्य पर्यटकीय गन्तव्यहरुमा आउजाउस पनि गर्दछन् ।
चित्लाङ
काठमाडैं उपत्यका जस्तै चित्लाङ पनि प्राचीन वस्ती रहेको लिच्छविकालिन अभिलेखहरुबाट थाहा हुन्छ । काठमाडौंमा जुन सामाजिक तथा सांस्कृतिक गतिविधिका साथ नेवार सभ्यताको विकास भयो त्यसैको विस्तारित रुप चित्लाङमा देख्न पाइन्छ । यहाँ सातौं शताब्दीदेखिका अभिलेखहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्षहरुबारे प्रकाश पार्ने कतिपय अभिलेखहरु चित्लाङमा पाइएबाट स्पष्ट हुन्छ, यसको…
जलेश्वर मन्दिर
जलेश्वर मन्दिर धनुषा जिल्लाको जलेश्वर नगरपालिकामा अवस्थित महत्त्वपूर्ण धार्मिक स्थल हो, जुन शिव उपासकहरूका लागि अत्यन्त प्रसिद्ध छ। यो मन्दिर नेपालको प्राचीन शिव मन्दिरहरू मध्ये एक मानिन्छ र यसकै कारण जलेश्वर नगरको नाम राखिएको हो — “जलेश्वर” भन्नाले “जलमा ईश्वर” अर्थात् “जलका भगवान् शिव” भन्ने जनविश्वास रहेको छ। मन्दिरभित्रको मुख्य आकर्षण शिवलिङ्ग हो, जुन सदैव…
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता मन्दिर सप्तरी जिल्लाका प्रसिद्धतम धार्मिक स्थलहरूमध्ये एक हाे । यहाँ नेपालीहरू मात्रै नभएर भारतीय हिन्दूहरूसमेत भारी मात्रामा दर्शन गर्न अाउने गर्दछन् । पारिवारिक तथा व्यावसायिक समस्या समाधान भए यस्ताे चढाउँछु वा त्यस्ताे चढाउँछु भनेर यहाँ भाकल गर्ने गरिएकाे हुन्छ र अाफ्नाे मन्नत पूरा भएकाे भन्दै भक्तहरू यहाँ बली चढाउने तथा पूजा गर्ने उद्देश्यले यहाँ…







