Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

छिन्नमस्ता मन्दिर

Posted on April 28, 2024May 19, 2024 by बसन्त महर्जन
बसन्त महर्जन

छिन्नमस्ता मन्दिर सप्तरी जिल्लाका प्रसिद्धतम धार्मिक स्थलहरूमध्ये एक हाे । यहाँ नेपालीहरू मात्रै नभएर भारतीय हिन्दूहरूसमेत भारी मात्रामा दर्शन गर्न अाउने गर्दछन् । पारिवारिक तथा व्यावसायिक समस्या समाधान भए यस्ताे चढाउँछु वा त्यस्ताे चढाउँछु भनेर यहाँ भाकल गर्ने गरिएकाे हुन्छ र अाफ्नाे मन्नत पूरा भएकाे भन्दै भक्तहरू यहाँ बली चढाउने तथा पूजा गर्ने उद्देश्यले यहाँ अाउने गर्दछन् ।

धार्मिक तथा एेतिहासिक महत्व रहेकाे याे क्षेत्रमा जमीनकाे सतहबाट अनेक प्रकारका पुरावस्तुहरू भेटिने गरिन्छ । कुनै बेला यहाँ एउटा ठूलाे पाेखरी थियाे र पाेखरीकाे सरसफाइ गर्ने क्रममा एउटा नारी मूर्ति भेटिएकाे थियाे । मूर्तिकाे शीराे भाग भाँचिएकाे अवस्थामा भेटिएकाे भएर छिन्नमस्ता देवीकाे मूर्ति भन्दै यसकाे स्थापना गरी छिन्नमस्ता मन्दिर भनी प्रचारमा ल्याइएकाे थियाे । दशमहाविद्यामा एक देवीकाे नाम छिन्नमस्ता हुन् । यी देवीकाे टाउकाे काटिएकाे हुन्छ तर उक्त टाउकाे हातले समातेर गर्धनबाट निस्केकाे रक्त पिइरहेकाे देखाइन्छ । मूलतः याे तान्त्रिक देवी हुन् ।

मन्दिरभित्र देवगृहमा रहेकाे मूर्ति कपडाले धाकिएकाे वा छाेपिएकाे हुँदा मूर्ति के कस्ताे हाे भन्ने देखिन्न । तर एक पल्ट भित्रै गएर साे मूर्तिकाे अवलाेकन गर्ने अवसर पाएकाे थिएँ र अध्ययन पछि उक्त मूर्ति छिन्नमस्ताकाे नभएर भगवतीकाे रहेकाे खुलेकाे थियाे । महिषमर्दिनी भगवतीकाे उक्त मूर्तिकाे शीराे भाग विहिन छ । मूर्तिकाे टाउकाे नहुँदैमा त्यसलाइ छिन्नमस्ता नभनिने कुराकाे जानकारीकाे अभावमा छिन्नमस्ता भन्ने गरिएकाे बुझ्न सकिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb