चित्लाङ

चित्लाङ

काठमाडैं उपत्यका जस्तै चित्लाङ पनि प्राचीन वस्ती रहेको लिच्छविकालिन अभिलेखहरुबाट थाहा हुन्छ । काठमाडौंमा जुन सामाजिक तथा सांस्कृतिक गतिविधिका साथ नेवार सभ्यताको विकास भयो त्यसैको विस्तारित रुप चित्लाङमा देख्न पाइन्छ । यहाँ सातौं शताब्दीदेखिका अभिलेखहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्षहरुबारे प्रकाश पार्ने कतिपय अभिलेखहरु चित्लाङमा पाइएबाट स्पष्ट हुन्छ, यसको ऐतिहासिक महत्व ठुलै छ ।

चित्लाङ भेकमा नेवार सभ्यताअन्तर्गत यहाँको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक कुराहरु पर्यटकीय महत्वको कुरा भएको छ । नेवार वास्तुकलाले युक्त वस्ती देख्न पाइन्छ । समय समयमा हुने जात्रा पर्व तथा चाडवाडहरुको प्रचलन अझै पनि जीवन्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *