पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ ।
Category: बागमती
फर्पिङको शेषनारायणथान
काठमाडौं उपत्यकाको दक्षिण(पश्चिम भागमा रहेको फर्पिङस्थित शेषनारायणथान धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो। नेपालका प्राचीन वैष्णव तीर्थस्थलहरूमध्ये यसलाई एक मानिन्छ। काठमाडौं महानगरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको यो स्थान हिन्दू तथा बौद्ध दुवै समुदायका श्रद्धालुका लागि बेग्लाबेग्लै अर्थमा आस्थाको केन्द्र बनेको छ। शेषनारायणथानको मुख्य आकर्षण हिन्दू धर्मअन्तर्गत भगवान विष्णुको शेषनागमाथि शयन गरिरहेको…
नगरमण्डप श्रीकीर्ति विहार
नगरमण्डप श्रीकीर्ति विहार एक प्रसिद्ध थेरवादी बौद्ध विहार हो । यो कीर्तिपुर नयाँबजार (अमलसि) क्षेत्रमा अवस्थित छ । थाई वास्तुकला शैलीमा निर्मित यो विहार करीव चार रोपनी क्षेत्रफलमा ओगटेको छ । स्थानिय बौद्ध उपासक उपासिकाहरुको साथसहयोगमा भिक्षु सुदर्शन महास्थविरको अथक मेहनतले यो विहारको निर्माण २०३१ सालतिर भएको हो।
प्राकृतिक दामनमा तीर्थाटन
ठूलो पहाडी चट्टानको तल ओडारजस्तो ठाउँ जहाँ बसुन्धरादेवीको प्रतिक स्वरुप कलश अंकित अभिलेख मात्र रहेको छ । दामन शव्द सुन्ने बित्तिकै हाम्रो मानसपटलमा जाडो याममा हिउँ पर्ने र हिउँमा खेल्न पाइने रमाईलो पर्यटकीय स्थल भनेर छाप बसेको छ । तर यो पर्यटकीय स्थल मात्र नभई धार्मिक स्थल पनि रहेको कुरा थोरैलाई मात्र थाहा होला ।…
शान्त धुन्चे
मैले सुनेको धुन्चेले काँचुली फेरेको रहेछ। मेरा मानसपटलमा रसुवाको प्रख्यात धुन्चेमा ससाना घर थिए, ढुङ्गाको छाना भएका घर थिए तर यहाँ त ठूलठूला घरहरू प्रशस्त रहेछन्। घरका छाना कि त ढलानयुक्त कि जस्ताका। यी ढलानयुक्त घरले मलाई सिक्किमको सम्झना गरायो।
धनेश्वर मन्दिर
येँयाः (इन्द्रजात्रा)
बुढानिलकण्ठ
कालिन्चोक डाँडा
कालिन्चोक डाँडा दोलखा जिल्लाको एक प्रमुख धार्मिक, प्राकृतिक र साहसिक पर्यटकीय स्थल हो । समुद्र सतहदेखि ३,८४२ मिटर उचाइमा अवस्थित यो स्थान कालिन्चोक भगवती मन्दिरका लागि प्रसिद्ध छ, जहाँ भक्तजनहरू जनै पूर्णिमा, दशैं र चैते दशैंमा विशेष पूजा गर्न पुग्छन्। कालिन्चोक डाँडाबाट गौरीशंकर, लाङटाङ, जुगल र रोल्वालिङ हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी…
माथिबाट काठमाडौंको विहंगम दृष्य
सबै तस्वीरः बसन्त महर्जन










