इचंगु क्षेत्रमा पहिलो पल्ट पुगेको सम्झना त छ, तर ठ्याक्कै कति वर्षअघि भन्न सकिनँ । त्यस यता पनि पटक पटक पुगेको छु । हरिबोधनी एकादशीकै दिन पुगेको भने पहिलो पल्ट यही हो ।
Category: नियात्रा
रोमाञ्चक भूलभुलइयाः हराउन तयार हुनुहुन्छ ?
शव्द सुन्दा नै लाग्ने गर्छ कि त्यहाँ पुगेपछि अलमलमा परिन्छ, हराइन्छ । त्यहाँ जानु अगाडि मैले पनि सोचेको थिएँ कि भूलभुलइया एउटा पुरानो पार्क हो जहाँ गएर एक आपसमा हराएर रमाइलो गर्न सकिन्छ, त्यस्तैत्यस्तै, तर होइन रहेछ ।
साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन
अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं ।
जामाच्व हाईकिङ र स्वयम्भू दर्शन
जामाच्व स्वयम्भु उत्पत्तिको कथा संगै जोडिएको महत्वपूर्ण ठाउँ हो । काठमाडौं उपत्यका धेरै वर्ष पहिला दहको रुपमा रहेको कुरा स्वयम्भु पुराणमा उल्लेख छ । जामाच्व हाइकिङ । जेठ ५ (२०७५) को यो हाइकिङ तेस्रो पटकको यात्रा थियो । पहिलो पल्ट कलेज जीवनमा साथीहरुसंँग ल्हुति पुन्हि (चैत्र पूर्णिमा) को मेला भर्न गएको थिएँ । दोस्रोपल्ट विहारको…
बन्दिपुर यात्रा
बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न सात समुन्द्र पारबाट विदेशीहरू पनि आएका छन् । बन्दीपुरलाई हेरेर नेवार बस्तीको सभ्यतालाई बुझ्न सकिन्छ । बन्दिपुर एउटा पुरानो नेवार बस्ती भनेको सुनेको मात्र थिएँ, जान पाएको थिईंन । पोखरा जाँदा आउँदा बन्दिपुर जाने बाटो देखिन्थ्यो । तर, २०७३ सालको…
चिसा कालिञ्चोककाे तताउने उकालाे
त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो । दोलखा भाषाको गीत याद आयो,…
वनारस घुमेर
सारनाथ म्यूजियमको घुमाइले धीत मरेकै थिएन, समय तालिकाअनुसार हिड्नु पर्दा मन नलागी नलागी निस्कनु प¥यो । थकथक लागि रहेको थियो । म्यूजियमको त्यो घुमाई न पहिलो पल्ट हो न त अन्तिम नै बन्ने वाला छ । सारनाथ म्यूजियमबाट बाहिरिनुको कारण थियो, त्यसपछि वनारस सयर गर्ने योजना । वनारस पनि मेरो पहिलो होइन, पहिला पनि मज्जाले…
क्याक्मी जाने बाटो
स्याङ्जाको गृहकोटमा आयोजित एउटा सांस्कृतिक गोष्ठि सकिन्छ । सबै आआफ्नो बाटो लाग्छन्, विदावारी भएर । कार्यक्रमस्थल बाटोबाट अलि माथि नै पर्छ । डाँडा माथि नै भन्दा हुन्छ । झरेर तल बाटोमा पुग्छौं । दिनभरको गृहकोट बसाई । साँझ परिसक्यो । आजको वास क्याक्मीमा तय भएको छ । हामीलाई क्याक्मीसम्म लाने गाडी आइपुगेको छैन । कार्यक्रममा…
सोलुको चमक
नाम्चेसम्मको बाटोमा खासै उल्लेखनीय कुरा भएन । अँध्यारो हुनुअघि नै पुगिसक्नु पर्ने एउटा वाध्यता भएका कारण हाम्रो ध्याउन्ना छिटो छिटो हिंड्नमा नै भयो । यही भएर वरिपरिको कुरातर्फ आँखा नलागेको हुन सकछ ।
बनेपाको गोसाइकुण्ड
गोसाईँकुण्ड भनेर रसुवाको प्रसिद्ध गोसाईकुण्डकै रिप्लिको होइन रहेछ । सानो पोखरी रहेछ, बीचमा महादेवको मूर्ति । त्यहाँ एउटा ठूलो त्रिशुल पनि ठड्याएको छ । यसरी नै बरिपरि अन्य सानासाना मन्दिरहरु पनि निर्माण भएका छन् । बेग्लै स्वरुप हो ।










