जलविद्यु्तको इतिहासमा नेपाल दोस्रो मुलुक हो र यहाँ पहिलो पल्ट फर्पिङ जलविद्युत आयोजना संचालन गरी बिजुली बत्ती बालिएको हो । पहिलो पल्ट बिजुली बत्ती बाल्ने गाउँ खोकना हो भनेर सामान्य ज्ञान घोकेर हुुर्केको मलाई सो जलविद्युतको पोखरी हेर्ने मौका भने धेरै पछि मात्रै जुर्यो । केहीअघि खोकनादेखि जलविघुुत आएको बाटो पछ्याउँदै जलभण्डारसम्म पुुगेको थिएँ ।…
Category: नियात्रा
न्यागःमणि हुँदै तारकेश्वर तर्फ
गन्तव्य अन्यत्र नै थियो । त्यसैको तयारी थियो । तर त्यहाँसम्म पु¥याइदिने यातायात साधनको अभाव भयो । दशैं लागि सकेको थियो अर्थात्, फूलपातीको दिन । र, तत्काल गन्तव्य फेरियो र काठमाडौंको उत्तरी दिशामा पर्ने तारकेश्वर महादेवस्थानतिर मोडियो । तारकेश्वर नगरपालिकास्थित यो धार्मिकस्थल मेरो लागि नौलो हो । न्यागःमणि (पाँचमाने) जाँदा यहीँबाट तारकेश्वर मन्दिर जाने हो…
सारनाथको सिरेटो र सहयात्रीहरुको चिसो मन
रातको नौ बजेतिर हामी सारनाथको एउटा रेष्टुरेन्टमा पस्यौं । निकै जाडो भएकोले हामी सातजनाको टोली रेष्टुरेन्टभित्र छिर्ने वित्तिकै तातो पानी माग्यौं । रेष्टुरेन्टमा भएका ती व्यक्ति संचालक थिए वा कामदार थाहा भएन । तातो पानी छैन भने । त्यसपछि हिटर भए बाल्न अनुरोध गर्यौं तर उनले यस्तो जवाफ दिए, हामी अवाक भयौं । रेष्टुरेन्ट पस्ने…
अचानक कालिन्चोकतर्फ
काठमाडौंबाट यस्सो फुत्किन पायो कि कालिन्चोक थुम्कोमा पुग्नेहरु आजभोलि काठमाडौंमा बढेको छ । यो ठाउँको प्रचार वा प्रसिद्धि बिगतमा भन्दा बढेसँगै घुम्न जानेहरुको संख्या पनि बढेको हो । प्राचीन कला र संस्कृति अनि जनजीवनको एक जीवन्त म्यूजियम जस्तै रहेको दोलखासँग कालिन्चोकको सम्बन्ध रहेको छ । यो चरिकोट बजारबाट १५ किलोमिटर उत्तर पर्दछ । जान चाहेर…
सराङकोटमा सूर्योदय
कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।
सैलुङमा घुमघाम
साना सयवटा डाँडाहरूको समूह एकै ठाउँमा हुनु उल्लेखनीय नहोला तर ती डाँडाहरूको प्राकृतिक सौन्दर्यताले भने यसलाई उल्लेख नगरी नहुने बनाइदिएको छ । प्राकृतिक रूपमा विछट्टै राम्रो, मनमोहक र चित्ताकर्षक यी डाँडाहरूको समूहले एउटै नाम पाएको छ– सैलुङ । सयवटा थुम्काहरू भएकै कारण यसले यो नाम पाएको हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट दक्षिण–पश्चिम र रामेछाप जिल्लाको…
बागद्वारमा वैशाख १, २०६६
एउटा धारा, त्यही थियो बागमतीको मुहान । अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुंगाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ ।







