भगवान बुद्धकाे महापरिनिर्वाणपछि उहाँकाे अस्थिधातु निदान गरी बनाइएका अाठ स्तूपमध्ये एउटा रामग्राम पनि हाे । अन्य स्तूपबाट अस्थि झिकिएपनि यसबाट भने नभिकिएकाे भन्ने विश्वास पाइन्छ । यस स्तूपकाे पटक पटक उत्खनन् कार्य भएकाे पाइन्छ भने उत्खनन् पछि पुरावस्तुहरू साेही स्थानमा संरक्षित अवस्थामा राखिएका छन् ।