दार्जिलिङको यात्रा गर्ने तयारी भयो । तयारी के भन्नु र, काकडभिट्टासम्म जाने गाडी पर्खेर बसिरहेको थिएँ, लहान बजारमा । त्यही दिन लहान पुगेको थिएँ, कसैलाई भेट्न । लामो समय लहानमै बसेर सिरहामा केही दिनअघि मात्रै गएको थिएँ र अपूरो काम सकाउन फर्कनु परेको थियो लहानमै । यो कुरा हो, २०५२ को त्यस्तै मंसीर–पुस महिनातिरको ।
Category: नियात्रा
पाल्पाको भैरवथान
पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ
आहा ! रुप्से, फेरि भेटौंला !!
रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर तस्वीर र भिडियो क्लिप्समा मात्र । पोखराबाट ११० किलोमिटर टाढाको यो झरना म्याग्दी जिल्लाको बेनी भएर मुस्ताङ जाँदा बाटोमै पर्छ, जोमसोमभन्दा करीब ४० किलोमिटर वरै । मुस्ताङ त गएको तर हिडेर होइन, गुडेर पनि होइन, हवाइजहाजबाट । यही भएर रुप्सेको दर्शनबाट बन्चित हुनुपरिरहेको…
खास्टे कति सुन्दर !
पोखरामा बसोबास भएर पनि कास्कीका सबै ताल भएका ठाउँमा पुग्ने, घुमफिर गर्ने मेसो मिलिरहेको थिएन । यसै क्रममा फागुनको अन्तिम शनिबार मध्यदिनको उखरमाउलो गर्मीको बेवास्ता गर्दै पोखरा महानगरपालिका–२६ मा अवस्थित खास्टेतर्फ स्कुटरमा हुइँकिएँ ।
गुफा डाँडामा उक्लिंदा
गुफा डाँडा जाँदै छौं । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाइजहाजको झ्यालबाट हेरेजस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै सकिएको छैन । यता आउनुअघि बजार खाना खाएको पाँच तल्ले होटेल नै पनि डेढ तल्लासम्म चुर्लुम्मै डुबाएको थियो । त्यही चर्चा गाडीभित्र चल्यो । गुफा…
मारातिका (हलेसी) मा ध्यान
एकातिर गुफाको बनौट र आकृतिले आश्चर्यचकित थियौं भने अर्कोतिर आचार्य पद्मसंभवसँग सम्बन्धितस्थल भएर श्रद्धाले नतमस्तक भयाैं मारातिका (हलेसी)लाई गन्तव्य बनाएर हुँइकिएको हाम्रो गाडि रोक्दा बेलुकाको सात बजिसकेको थियो। बौद्धजगतले मारातिका भन्ने ठाउँ हलेसी नामले बढी प्रचार पाएको छ। बिहान ६ बजे काठमाडौंबाट भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुँगा, जयरामघाट हुँदै गन्तव्य पुग्दा गाडिले २२५ किलोमिटर…
उकालो लामपातेको, कुरा बाहुनडाँडाको
‘‘हेर्दा बाहुनडाँडालाई जोन उडले धेरै दिएजस्तो देखिन्छ तर धेरै पाउने त जोन उड आफै पो हो त ।’’
रुरुदेखि रानीघाटसम्म
केही अगाडि बढेपछि चौडाबाटो आइपुग्यो । तानसेनबाट बनाउँदै ल्याएको मोटर बाटो रहेछ । त्यही बाटो हुँदै झरेर रानीमहलको प्राङ्गनमा पुगें ।
जुनको उज्यालोमा राराको पहिलो दर्शन
बर्षको एक पल्ट विदा मनाउने योजना हाम्रो परिवारको बन्छ । कहिले स्वदेश, कहिले विदेश । यही क्रममा जोमसोम, पूनहिल, धान्द«क, अन्नपूर्ण बेस क्याम्प पुगियो । अबको पालो रारा थियो । तर त्यही बर्ष महाभुकम्पले सबै योजना सखाप भयो । रारा पुग्ने र त्यसको सुन्दरता नियाल्ने सपना ममा थियो र रहिरहयो । यो साल जसरी पनि…
अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम
पहिलो पल्ट लामो ट्रेकिङको अनुभव गर्न जाँदै थियौं । २०१४ को अक्टोवरतिर गएका हौं, अन्नपूर्ण बेस क्याम्पसम्म । एघार जनाको समूहमा सबैभन्दा सानो सदस्य मेरै नौ बर्षको छोरा थियो । आठ दिनको कार्यक्रम राखेर हिडेका हामी निकै उत्साहित थियौं र राम्रोसँग बन्दोवस्त गरेका थियौ । ट्रेकिङ जुत्ता, ब्याग, स्टिक, स्लिपिङ ब्याग, न्यानो ज्याकेट, पानीका बोटल,…










