पहाडकी रानी भनेर उपनाम पाएको बन्दिपुर ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न एक पर्यटकीय गन्तव्य हो । यहाँको प्रमुख आकर्षण नेवार वास्तुकलाले युक्त वस्ती, नेवार सांस्कृतिक जीवन, मन्दिरलगायतका सम्पदा र प्राकृतिक सौन्दर्य हो । स्वदेशी तथा विदेशी पर्यटकहरुको गतिविधि यहाँ देख्न पाइन्छन् ।
Category: गण्डकी
लाेमन्थाङ
गुरुङ सभ्यताकाे रमाइलो भुजुङ गाउँ
गुजुमुच्च परेको त्यो भुजुङ गाउँलाई घले गाउँबाट हेर्दा नजिकैजस्तो देखिन्छ, बीस पच्चीस मिनेटभन्दा बढीको बाटो नै होइन जस्तो, भ्रमित हुने खालको । तर हिँड्दै गर्दा थाहा हुन्छ– कस्सिएर घण्टौं हिड्दा पनि नपुगिने । घले गाउँबाट झरेपछि देखिने नागवेली पर्दै भुजुङतिर लम्किरहेको त्यो पहाडी बाटोको केही केही भागमात्र रहेछ । हिड्दै गएपछि थाहा हुन्छ यो बाटो…


