Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

 गुरुङ सभ्यताकाे रमाइलो भुजुङ गाउँ

Posted on April 20, 2024May 19, 2024 by बसन्त महर्जन
बसन्त महर्जन

गुजुमुच्च परेको त्यो भुजुङ गाउँलाई घले गाउँबाट हेर्दा नजिकैजस्तो देखिन्छ, बीस पच्चीस मिनेटभन्दा बढीको बाटो नै होइन जस्तो, भ्रमित हुने खालको । तर हिँड्दै गर्दा थाहा हुन्छ– कस्सिएर घण्टौं हिड्दा पनि नपुगिने ।

घले गाउँबाट झरेपछि देखिने नागवेली पर्दै भुजुङतिर लम्किरहेको त्यो पहाडी बाटोको केही केही भागमात्र रहेछ । हिड्दै गएपछि थाहा हुन्छ यो बाटो कति टाढा छ । तर जति सुकै लामो भएपनि रमाइलो भने बिछट्टै । नव आगन्तुकहरुलाई भुजुङ हेर्दै रहनु मात्र पर्छ, चेतन, अवचेतन र अर्ध चेतन सवै मस्तिष्कहरु रत्तिने खालको छ र त्यसको अंगालोमा बाँधिने इच्छाको पखेटा त्यसै त्यसै पलाउन थाल्छ ।

माल पाएर पनि चाल नपाएको आख्यानसँग ठ्याक्कै मिल्छ भुजुङ गाउँ । लमजुङको पश्चिमी गाउँ । सदरमुकाम बेशी सहरबाट कस्सिएर हिड्दा पूरै एक दिन लाग्ने भुजुङ, गुरुङ जातिको सवैभन्दा ठूलो गाउँ पनि हो । गुरुङहरुको कला र वास्तुकला यहाँ देख्न पाइन्छ । गुरुङ जीवन र सभ्यता हेर्ने सानो झ्याल पनि हो, यो गाउँ । तर भुजु«ङलाई हेर्न आउनेहरु फाट्ट फुट्टमात्रै रहेको गुनासो भुजुङ्गेहरुको छ । विदेशी पर्यटकहरु कोही पोखराबाट पसगाउँ हुँदै भुजुङ पुग्छन् र घनपोखराको डाँडा काटेर मनाङतिर लाग्छन् । यसरी नै कोही बाग्लुङपानी भएर त कोही खुदी हुँदै नायू पुग्छन् र भुजुङ भएर माचोक, बेगनास ताल अथवा पोखरा, ताप्रिङ हुँदै सिकलेस पुग्छन् । सिकलेस पनि पर्यटककीय गाउँको रुपमा विकास भएको छ । महेन्द्र प्रकृति संरक्षण प्रोजेक्टले घान्द्रूकपछि यसको विकास गरेको थियो भने अब यो प्रोजेक्टले भुजुङमा २०५० सालदेखि हात हालेको छ ।

निकै वर्ष पहिले जनकवि धर्मराज थापा भुजुङ भ्रमणमा पुग्दा त्यहाँका अगुवा र रोस्यो तीर्थबहादुर गुरुङले आफ्नो बह यसरी पोखेका थिए–

चरी वास्यो चिरीविरी कण्ठै फुकाएर
कति बसौं भुजुङ्गेले दुःखै लुकाएर
घनपोखरा उक्लौं भने छेक्ने भीर छ
लेकै काटी जाउँँ भने अन्नपूर्ण शिर छ
भुजुङ्गेको कर्ममा नौलो भाग्यरेखा होला कि नहोला
मिदिम खोला खरानी चोला मनको मैलो धौं कि नधोला

तर अहिले त्यस्तो छैन । भुजुङ्गेहरुमा आशाको सुर्योदय भएको छ । पाँच छ वर्षअघिसम्म त्यहाँका गल्लीहरुमा दिसा गर्नेले बाटो हिड्ने मान्छेसँग पुछ्ने सिन्का माग्थे रे । भुजुङको उत्तिखेरको कुरा गर्नेहरुले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुरहरु त्यहीं गुम्सिएर मर्थे रे । उत्तिखेरको फोहर, अव्यवस्था र अभावलाई अवको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरु र गाउँका बारेका चलेका कुराहरु अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरु भन्छन् ।

भुुजुङ क्षेत्रमा कार्यरत महेन्द्र प्रकृति संरक्षण प्रोजेक्ट (एक्याप) का कर्मचारी राम गुरुङ भन्छन्– ‘पहिले यो गाउँलाई बन्दा काउली संभवतः थाहा थिएन होला, हामीले पहिचान गराएका हौं । एक्यापकै एउटा स्थानिय कर्मचारी त्यसमा अझ थप्छन्– ‘पहिले पहिले यहाँ मुला मात्रै हुन्थ्यो, सुकेको गुन्दू्रक खान्थ्यौं ।’

गाउँ अव सफा छ । कुनै बाहिरियाले बाटोमा केही फालिदियो भने पनि गाउँलेले टिपेर त्यसलाई थान्को लगाइ दिन्छ । सफासुग्घरको वारेमा पनि राम गुरुङ भन्छन्– ‘शुरु शूरुमा हामी यहाँ आएर सफासुग्घर हुनु पर्ने कुरा ग¥यौं र उनीहरुको घरमा जाँदा देख्ला कि भनेर छिटोछिटो लुकाउँने गर्थे ।’

तर आजभोलि विहान भाले बास्ने बेलामा घरघरबाट आमाहरु निस्कन्छन् र दैलो बढार्छन् । हप्तामा दुई पल्ट सवै मिलेर गाउँको सरसफाई गर्छन् ।

हिजोजस्तो अव भालु मारेर पित्तको तस्कर पनि गरिंदैन । मृग र कालिजको सिकार पनि हुँदैन । बरु बाख्रालाई जस्तै मृगलाई देख्न पाइन्छ, जंगलमा । त्यस्तै कहिले काहीँ त बाटो छेक्ने गरी कालिज खेलिरहहेको हुन्छ कुखुराजस्तै । जंगलबाट स्थानिय वनस्पति लोप नहोस् भन्ने कुरामाा पनि त्यतिकै ध्यान दिइन्छ । पुवा (सिस्न) बाट कपडा बनाउने चलन उहिले गुरुङ समाजमा थियो तर तयारी कपडा नै पाइने भएकोले पुवा नकाट्दा पुवा हराउने संभावना बढ्यो । उम्रेको पुवा काटेमा मात्रै त्यसमा पालुवा पलाउने त्यसको स्वभाव रहेछ । हाल प्रत्येक घरले पुवा ल्याउनै पर्ने नियम बनाएको गाविस अध्यक्ष नरबहादुर गुरुङ बताउँछन् ।

गाउँमा गुरुङ नाच नाचिन्छ । बूढा बूढी, तरुणा तरुणी सवै गुरुङ भाखामा गाउँछन् पनि । विशेष अवसरहरुमा घाटु नाच पनि निकालिन्छ । तर गुरुङ सभ्यताको  एउटा कडी रहेको रोदी भने बन्द भैसकेको छ । राति गीत गाउने, नाच्ने, विभिन्न व्यावहारिक कामकुरा सिक्ने र सिकाउने आदिका लागि रोधीं वा रोदी घर यो समाजमा प्रचलित थियो । तर अव त वरिपरि गाउँमा पनि रोदीको प्रचलन छैन । रोदीमा अभिभावक हुने लोग्ने मान्छे ‘रोस्यो’ पनि भएका तीर्थबहादुर गुरुङ भन्छन्– ‘सवैभन्दा पहिले रोदी बन्द गराउने मैं हुँ ।’ किन त ? उनी भन्छन्– ‘रोदी पहिलेको जस्तो रहेन । विकृति आयो । फेरि स्कूल क्याम्पस जानु नपर्ने बेलाको रोदीले बच्चाहरुको पढाईलेखाइमा राम्रो गरेन र बन्द गराइदिएँ ।’

सुजन होटेल खोलेर पर्यटकको प्रतीक्षामा रहेकी जुनू गुरुङ आशावादी छिन्– ‘अहिले विदेशी पर्यटकहरु कहाँ कहाँ बाट आउँछन्, ग्रूपमा हुन्छन्, टेन्ट हालेर बस्छन्, आफै ल्याउँछन्, खान्छन् र जान्छन्, हामीले केही गर्नु पर्दैन । घुम्न लायकको गाउँ भएको पनि कति नै भयो र ? यी, तपार्इंहरु अहिले आउनु भएको छ, यसरी नै भोलि बढ्दै जाला नि ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb