Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

गोटीहवा जहाँ क्रकुच्छन्द बुद्धको जन्म भयो

Posted on March 15, 2025July 29, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

तौलिहवा बजारबाट दक्षिण पश्चिम ४ किलोमिटर र लौरी कुदान गाउँबाट २ किलोमिटर पश्चिम गोटिहवा नाउँको एउटा गाउँ अवस्थित छ । यही गाउँका माझ रुखमुनि एउटा ठुलोे स्तूप पुरिएको वा ढिस्कोको रूपमा रहेको छ । त्यसको ठिक पश्चिम केही फिटको दुरीमा अशोक स्तम्भ पाइएको छ । अशोक स्तम्भ फुटेको अवस्थामा देखेर स्थानीयले एक समय ‘फुटेश्वर महादेव’को नाम दिई पूजा गर्न थालेको थियो । हाल यो नाउँ सुनिन छाडे पनि शिवलिङ्गको रूपमा लिई पूजा गर्नेहरू छँदै छन् ।

बौद्ध तीर्थ स्थलहरूको यात्रा गर्ने क्रममा मौर्य सम्राट अशोक यस स्थलमा पनि पुगेको कुराको साक्षी यस स्तम्भले पनि प्रमाणित गर्दछ । तर, स्तम्भको माथिल्लो भाग भाँच्चिएको र अन्त कतै फेला परिनसकेका कारण स्तम्भमा अभिलेख कुँदियो वा कुँदिएन भन्ने कुरा थाहा पाइन्न । चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङले यो ठाउँ क्रकुछन्द बुद्धसँग सम्बन्धित रहेको र स्तम्भ पनि रहेको भनी जुन ठाउँको दुरीको उल्लेख गरिएको छ, त्यो गोटिहवासँग मिल्न आउँछ ।

क्रकुच्छन्द बुद्ध गौतम बुद्धभन्दा अघिल्ला बुद्ध हुन् । बौद्ध ग्रन्थहरू अनुसार बाबु अग्निदत्त ब्राम्हण र आमा विशाखाबाट क्षेमवती नाउँको नगरमा यिनको जन्म भएको थियो । त्यही क्षेमवती नगर वर्तमान गोटिहवा भएको मानिन्छन् । फाहियानको वर्णनमा यहाँ क्रकुच्छन्द बुद्धको निर्वाण स्थललार्ई इङ्गित गर्ने गरी निर्माण गरिएको स्तूप पनि वर्णन गरिएको छ । यस गाउँमा विस्तृत रूपमा पुरातात्विक उत्खनन् भइनसकेको अवस्थामा यस्तै हो भनी निक्र्यौलमा पुगिहाल्ने अवस्था भने छैन ।

(“गन्तव्य लुम्बिनी” पुस्तकबाट साभार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb