Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

घटराजसँग गोसाइँकुण्डको यात्रा

Posted on May 29, 2024June 2, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

नेपाली साहित्यको अनुशीलन गर्नेका लागि घटराजभटट्राई नौलो नाम होइनन् । काव्यकृति तथा समालोचनाका कृतिहरु थुप्रै छन् । उनका कृतिहरुमा नियात्रा पनि भएको कुरा त्यत्ति चर्चाको विषय बनेको छन । ‘डोल्पाको छोटी’ (वि.सं. २०३९) पछि अर्को नियात्रा कृति हो– गोसाइँकुण्ड (वि.सं. २०४६) । उनको समालोचनात्मक लेखनभन्दा फरक छन्– नियात्रा लेखन ।

जेठ १२ (वि.सं.२०४५) को विहान काठमाडौंबाट जीप यात्रा सुरु हुन्छ र पाँचौं वास काठमाडौंमा पुगेर टुंगिन्छ । पाँच दिनको यात्रालाई स्गिो पुस्तकको रुप दिइएको छ । सहायकरथी (जर्नेल) यज्ञविक्रम राणाको यात्रा दलमा मिसिन पाएका लेखक आफ्नो यात्राअवधीमा रमाएनन् मात्र, हरेक कुरालाई शूक्ष्म ढंगले नियाल्ने पनि भ्याए । हरेक कुरालाई शब्द र वाक्यमा उनेर बस्दा पाठकको ध्यान बिच्किने खतरा उत्तिकै हुन्छ । पाठक बिच्किनु भनेको लेखक असफल हुनु हो । तर शब्दशिल्पीहरु के कुरा कसरी लेख्ने र आफ्नो अभिस्त पूरा गर्ने भन्ने कुरामा सजग हुन्छन । लेखक भट्टराई काल्य तथा समालोककीय लेखनमा भन्दा नियात्रा लेखनमा आफ्नो शब्द शिल्पीको खुबी दर्साउन सक्षम छन् । तर यस क्षेत्रमा उनको उपस्थिति पातलिनु नेपाली नियात्रा विधाको लागि खतीको कुरा हो ।

धुंचेबाट उकालो लागेको यात्रा दलका लेखक चन्दनवारि नपुग्दै छक्क पर्छन् र लेख्छन्, ‘‘हामीले त लाली गुराँसमात्र देखेका थियौं । गुराँसका पनि थरी थरी हुन्छन् भन्ने कुरा त यसै यात्राबाट थाहा पायौं । ६, ७ हजारको उचाइमा लाली गुराँस, त्यसपछि छिरबिरे गुराँस निकै माथि पुगेपछि सेतो गुराँस देखिन थाल्यो ।’’

उनी लेख्छन्, ‘‘मानिसहरु जानेभन्दा फर्कने बढी छन् । किनभने दशहराको मेला हिजै सकिएको छ । त्यसमा पनि यस वर्ष अधिकमास परेकाले दशहरामा त्यति ठुलो मेला नलागेको कुरा त्यहाँ पसल थाप्ने तामाङहरु बताउँछन् ।’’
नियात्रा लेखन इतिहासका श्रोत सामग्री पनि बन्नसक्छन् । त्यहाँ चोलाङपाटी भन्ने ठाउँ छ । यो नाम कसरी रह्यो भन्ने कुरा एउटा खुल्दुली थियो । यस नियात्रामा उल्लेख परेकोछ, ‘लौरी विनायकको फेदीमा एउटा पाटी छ, त्यस ठाउँलाई चोलाङ भनिदो रहेछ ।’ त्यो पाटी पछि जाने हामीले देखेनौं । भत्केर नष्ट भयो होला । त्यही ठाउँमा पाटीको पुनःनिर्माण गरेर चोलाङपाटी नामलाई सार्थक बनाउन पनि सक्छ । तर, चोलाङको पाटी भएर चोलाङपाटी नाम दिइएको भनेर थाहा भयो ।

लेखक समालोचक मात्रै होइनन्, कवि पनि हुन् । केही काव्यकृति पनि प्रकाशमा ल्याइसकेका उनी यस नियात्रामा पनि काव्यिकचेत् प्रस्फुटन हुन्छ । यात्राका दौरान उत्तरमा हिमालहरु लहरै उभिएको देख्न पाइन्छन् । यही वर्णन उनी काव्यिक भाषामा लेख्छन्, ‘‘उत्तरतिर लाम्टाङ, लिरुङ हिमालहरु मानो तीथायात्रीहरु आएको हिसावकिताब राखिरहेका छन् जस्तो भान हुन्छ ।’’

यथार्थ कुरा त के हो भने, गोसाइँकुण्ड प्राकृतिक भूबनोटको एउटा सुन्दर थलो हो । यसैलाई पनि विभिन्न धर्म वा आस्थाले आफू अनुकुल भाष्य बनायो । हिन्दू धर्माबलम्बीले यसलाई हिन्दूकरण ग¥यो भने बोन धर्मावलम्बीले बोनकरण ।

गोसाइँकुण्डको हिन्दूकरण पौराणिक ग्रन्थको कथालाई यता स्थानियकरणबाट गरेको पाइन्छ । पौराणिक ग्रन्थमा देव–दानव मिली समुद्रमन्थन गर्ने क्रममा हलाहल विष निस्केको र सृष्टिलाई नै भष्म पार्ने गरी आतंक मच्चिदा महादेवले सो विषपान गरी कण्ठमा जम्मा पारेको कथा पाइन्छ । सो विषको प्रभावले कण्ठ निलो हुनाका साथै जलन पनि भएकाले सितलताका लागि महादेव गोसाइँकुण्ड पुगेको कथा पाइन्छ । उक्त कथाअनुसार महादेवले पहरोमा त्रिशुलले हान्दा तीन वटा प्वालबाट पानी निस्केको र त्यही पानी जम्मा भएर गोसाइँकुण्ड बनेको हो । र, कुण्डमा पसेर बल्ल शान्त भएको थियो । गणेश गौडाबाट सरस्वती कुण्ड र भैरव कुण्ड देखिन्छन् । यहाँभन्दा अलि पर पुगेपछि गोसाइँकुण्ड आउने हो ।

यहाँ वरिपरि अन्य सूर्य कुण्ड, दीप कुण्ड, पय कुण्ड, यत्र कुण्ड, धर्म कुण्ड, चन्द्र कुण्डलगायत १०८ कुण्ड रहेको भनिन्छ । यी सबै कुण्डहरुको उत्पत्तिको कथा पुराणकै आधारमा लेखकले जुन कुरा लेख्छन्, त्यो पहरामा त्रिशुलले हानेर तीन प्वाल पारेको कुरासँग बाझिन्छ । उनी यसरी लेख्छन्, ‘‘पुराणहरुमा शैलपुत्री गौरीको महिमा व्यापक छ । गौरी शिवकी अर्धाङ्गिनी हुन् । जसले गर्दा उनको महादेव शिवलाई प्राप्त गरिन् । उनी हिमालय पुत्री भएकीले हिमाल नै उनको बाल–क्रीडा भूमि हो । यिनै हिमाली श्रृङ्खलाहरुमा उनी दौडिन्, खेलिन्, रमाइन् । त्यस्तै रमाइला प्रसंगहरुमा उनका पसीना चुहे । यिनै पसीनाबाट यी कुण्डहरु पुण्यस्थलका रुपमा उत्पन्न भएका थिए भन्ने वर्णन पनि धार्मिक प्राचीन ग्रन्थहरुमा पाइन्छन् ।’’

लेखकको पृष्ठभूमि पूर्वीय दर्शन र संस्कार–संस्कृति भएकोमा शंका छैन । उनको सोचविचार तथा दृष्टिकोण पनि यही अनुरुप हुनु स्वाभाविक पनि हो । ‘गोसाइँकुण्ड’ नियात्रामा हिन्दू पौराणिक कथाहरुको प्रभाव प्रसस्त मात्रामा परेको पाइन्छ ।

गोसाइँकुण्डबाट फर्कने क्रममा यात्रादल धिम्सामा पुगेर खाना खान्छन् र आउँदाको बाटो कठिन भन्दै भार्कु भएर धुंचे पुग्न बाटो मोड्छन् । तर यो बाटो झनै गा¥हो भएको अनुभव यात्रादललाई हुन्छ । यही बाटोका कारण पार्वतीकुण्ड पुग्ने अवसर प्राप्त हुन्छ । लेखकको एउटा चाहना थियो, फर्कदा नुवाकोट दरवार पनि हेर्ने । हेर्ने मात्रै होइन, साता तल्लाको उक्त दरवार माथिसम्मै चढ्न पनि पाए ।

यात्रा अवधिमा लेखकले जेजति देखे, अनुभूति गरे पाठकलाई पनि पस्किदिए । यो नियात्रा पढिसकेपछि मात्रै म आफू गोसाइँकुण्ड गएको थिएँ । फर्केर पनि पढें । थुप्रैपल्ट पढें । मलाई यसको रचना शैलीले आकर्षित गरेको हो । यही आकर्षणले लेखक घटराजसँग पटक पटक गोसाइँकुण्डको यात्रा गर्न पाइरहेकोछु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb