भाेजपुर जिल्लाकाे दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी एेतिहासिक थलाे हाे । सेन राजाहरूकाे अन्तर्गत रहेकाे याे क्षेत्रका स्थानिय शासकहरू यही हतुवागढीबाट प्रशासन चलाउँथे र एउटा राजनीतिक केन्द्रकाे रूपमा .स्थापित भएकाे थियाे । पछि गाेरखाली सैनिकहरूकाे कब्जामा परेपछि वर्तमान नेपालमा गाभियाे । स्थानिय शासकहरूकाे थलाे भएकै अाधारमा किराँती राजाकाे दरवार यहाँ रहेकाे भन्ने कहावत पाइन्छ तर यस हतुवागढीमा ढुंगा निर्मित एउटा किल्ला भने अहिले पनि देख्न पाइन्छ । गढीबाट पूर्वतिर गुजमुज्ज परेकाे वस्ती देख्न पाइन्छ भने यहीँबाट चारैतिर अन्य जिल्लाहरूकाे अवलाेकन गर्न सकिन्छ ।

