Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

पलाञ्चाेक भगवती

Posted on April 28, 2024June 25, 2025 by admin

काभ्रेपलाञ्चोक जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित पालाञ्चोक भगवती मन्दिर नेपालको एक प्रमुख शक्तिपीठ हो। काठमाडौँबाट करिब ५२ किलोमिटर पूर्व र पाँचखालबाट ७ किलोमिटरको दूरीमा रहेको यो मन्दिर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ। लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा यो मन्दिर निर्माण गराएका थिए भन्ने ऐतिहासिक तथ्य छ। वि।सं। ४२५ को लिच्छवीकालीन अभिलेखमा यो मन्दिरको स्थापना उल्लेख गरिएको छ, जुन नेपालका पुरातन अभिलेखहरूमध्ये एक मानिन्छ।

मन्दिरमा विराजमान पालाञ्चोक भगवतीको ३ फिट अग्लो कालो ढुङ्गाको मूर्ति शिल्पकलाको उत्कृष्ट नमुना हो। अठार हात भएकी, विभिन्न अस्त्रशस्त्र र चाँदीका गहनाले सुसज्जित यो मूर्ति पश्चिमाभिमुख छ, जसमा भगवतीले चण्ड, मुण्ड र महिषासुर दैत्यलाई कुल्चिएको आकर्षक दृश्य देखिन्छ। किंवदन्तीअनुसार, यो मूर्ति नक्शाल भगवती र शोभा भगवतीसँगै एकै शिल्पकारले बनाएको थियो, जसले प्रत्येक मूर्तिको लागि आफ्नो हात र खुट्टा प्रयोग गरेको विश्वास छ।

मन्दिर प्यागोडा शैलीको तीनतले छ, जसको छाना तामाको र गजुर सुनको जलप लगाइएको पित्तलको छ। मन्दिर परिसरमा काली र गणेशका मन्दिरहरू, पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवी(देवताका मूर्तिहरूले सौन्दर्य थप्छन्। वि।सं। २०३२ मा मन्दिरको जीर्णोद्धार गरिएको थियो, र २०४५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बागेश्वरी चटौतको पहलमा मन्दिर विकास समिति गठन भएको थियो।

पालाञ्चोक भगवतीलाई मनोकामना पूरा गर्ने देवीको रूपमा लिइन्छ। विशेषगरी वैशाख पूर्णिमा, कार्तिक पूर्णिमा र दसैंमा यहाँ भव्य मेला लाग्छ, जहाँ काठमाडौँलगायत देश(विदेशबाट हजारौँ भक्तजनहरू दर्शनका लागि आउँछन्। किंवदन्तीअनुसार, यो मूर्ति मूलतः बुचाकोटबाट ल्याइएको थियो, तर डाँडामा रात बिताउँदा मूर्ति उठाउन नसकेपछि यहीँ स्थापना गरिएको हो।

यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई पर्यटकीय गन्तव्य पनि हो। सडक सुविधाले काठमाडौँबाट सजिलै पुग्न सकिन्छ, र यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई आकर्षित गर्छ। पालाञ्चोक भगवती मन्दिर ष्ल ल्भउब िमा एकपटक पुग्नैपर्ने शक्तिपीठ हो, जसले भक्तजन र पर्यटक दुवैको मन जित्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb