सिमराैनगढ

नेपालकाे मध्यकालीन इतिहासमा सिमराैनगढलाइ राजधानी बनाइ राजा नान्यदेवले तिरहुत नामकाे एउटा राज्य स्थापना गरेका थिए । यिनी कर्णाटक वंशी हुन् । राजा हरिसिंहदेवकाे समयमा यस राज्यमाथि मुलमानी शासककाे अाक्रमन भएकाे थियाे र ती राजा तत्कालिन नेपालमण्डलतिर पलायन हुनुपरेकाे थियाे । यस घटनजापछि सिमराैन गढमा मन्त्री चन्द्रेश्वर ले शासनसत्ता हातमा लिएका थिए तर कर्णाटकी वंशकाे शासन भने यहाँ अन्त्य भएपनि नेपालमण्डलमा भने सुरू भयाे । सिमराैन गढमा तत्कालिन राजा नान्यदेवद्वारा निर्माण गर्न लगाइएकाे दरवार क्षेत्र तथा मन्दिरलगायत अन्य वास्तु संरचनाहरू अहिले पर्यटकीय अाकर्षणका रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *