मुस्ताङको ढुम्बा ताल

मुस्ताङको ढुम्बा ताल

मुस्ताङ जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पर्यटकको नयाँ आर्कषणको थलो बन्दै गरेको छ। हिजोआज मुस्ताङ पुग्ने पर्यटकहरु अन्य ठाउँको भ्रमण गरी ढुम्बा ताल अवलोकन गर्न पुग्ने गरेका छन्।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा तालको दृष्यले नेपाली चलचित्रहरुमा छायाँकन हुन पाएपछि यसले थप चर्चा पाएको हो ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको यस तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ । जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *