Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

सराङकोटमा सूर्योदय

Posted on April 21, 2024April 21, 2024 by बसन्त महर्जन
बसन्त महर्जन

विहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासकासाथ ओछ्यान छाडें । अरु बेला निदाउने प्रयास गथें र कोल्टे फेर्थें होला । तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय किलाे मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा ।

सराङकोटमा पुग्ने र सुर्योदय हेर्ने कुरा अघिल्लो राति नै तय भएको थियो । पोखरा पुग्ने पर्यटकका लागि सूर्योदयको दृष्यावलोक पनि एउटा आकर्षण हो र यसका लागि उपयुक्त थलो सराङकोट हुने गरेको छ । हत्तरपत्तर अर्को कोठामा रहेका सहयात्रीहरुलाई उठाउन जान्छु त, उनीहरु पनि उस्तै गरी उत्साहका साथ तयार भइरहेका थिए । पाँच बजे सडकमा निस्यौं र सराङकोट पु¥याइदिने ट्याक्सीको खोजीमा लाग्यौं । दुई तर्फी बाटोका लागि महेन्द्रपुलबाट १५ सय माग्यो । यो निकै महंगो दर हो । एक तर्फी मात्र भन्दा १ हजार भन्यो तर ८ सयमा कुरा मिलाएर त्यतातिर हुइँकियौं ।

ट्याक्सीले पोखरा बजार छाडेर सराङकोटको बाटो के लियो, उकालो सुरु भइहाल्यो । अलि परसम्म जाँदा त चकमन्न रातमा हामी मात्रै जस्तो लाग्थ्यो तर जसै अगाडि बढ्दै गयौं, अरु गाडीहरु देखियो । म अलि आँतिएर झ्याल बाहिर नियालिरहेको थिएँ । बाहिर उज्यालिन थालिसकेको थियो । जति जति समय बित्दै गइरहेको थियो, त्यति नै म आँत्तिन थालेकाे थिएँ । पहिला पनि बाटोमा ढिला भएको थियो र सूर्योदय हेर्न पाएको थिएन । अब पनि त्यस्तै होला भनेर चिन्तित थिएँ । जहाँ चिन्ता, त्यहीँ तन्ता । बाटोमा गाडीहरु रोकेर सवार यात्रुहरु नियाल्ने समूहको निगरानीमा प¥यौं । भित्र विदेशी यात्रु रहेछ भने तिनीहरुबाट पैसा उठाउने स्थानिय समूह रहेछन् । हामी तिनै जना स्वदेशी । तिनीहरुबाट पार पाएर अलि अगाडि के बढेका थियौं, एउटा ठुलो गाडी बिग्रेको भनेर रोकिनु प¥यो । बल्लबल्ल पास भएर अगाडि के बढेका थियौं, ट्राफिक जाम हुन थाल्यो । कोही त गाडीबाट झरेर हिड्न पनि थाले । हिडेर गयौं भने कति टाढा पर्छ भनेर सोध्छु, अलि जानु पर्छ भन्ने जवाफले हिड्न नि दिएन । एकछिनपछि बाटो खुल्यो र गाडी अगाडि बढ्यो ।

‘‘यहीँसम्म हो, अब यताबाट माथि लाग्नुस्’’– ड्राइभर ।

तिर्नुपर्ने पैसा तिरेर हामी निस्क्यौं । बाटो छेवैमा एउटा प्रवेशद्वारा देख्छौं र त्यसमा लेखिएको थियो– ‘सराङकोट भ्यू प्वाइन्ट तपाईहरुको हार्दिक स्वागत गर्दछ १’ प्रवेशद्वारदेखि नै खुडकिलाहरुले हामीलाई पर्खिरहेको थियो । छिटोछिटो उक्लियौं । जब माथि पुग्यौं त्यहाँ स्वदेशीसँग पनि पैसा उठाइरहेका रहेछन् । यहाँबाट फेवाताल र त्यसमाथिको विश्वशान्ति स्तूप पनि देखिन्छ । चिसो हावा चलिरहेको थियो । उज्यालो हुन थाल्दा पनि सूर्योदय भइसकेको भने थिएन । सन्तोष मान्ने कुरा यही भयो । सबै सूर्योदयकै प्रतीक्षामा थिए ।

उत्तरतिर बस्ने ठाउँ रहेछ । यहाँ बसेर सूर्योदयको दृष्यपान गर्न अलि बेग्लै मज्जा आउँदो होला, र त भीड लागेको । हामी पनि त्यतै लाग्यौं । कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।

दक्षिणी अन्नपूर्ण (७,२१९ मि), धौलागिरि (८,१६७ मि.) र माछापुच्छ्रे्र (६,९९७ मि.) का हिमालहरु आँखै अगाडि भनेजस्तो लहरै उभिएको । अघिसम्म सेताम्मे हिमालका चुचुरोहरुमा अचानक रातो देखियो, भालेको सिउरो जस्तो । विस्तारै पूरै हिमालमा हलुका लालिमा चढ्यो । पूर्वी छेउतिरको हिमालमाथि बादलले रिकापीजस्तो आकार लिएर मन्दराइरहेको थियो र सूर्यको लालीले त्यसमा राम्रैसँग प्रभाव छाड्यो । नयनाभिराम भयो । त्यहाँ केही आवाज छ भने आफ्नो साथीसँग गरेको खासखुस । खासखुस पनि अरु होइन, देखिएको दृष्यलाई छोटो वाक्य वा शब्दमा अनुभूति व्यक्त गरेको मात्रै । बेजोडको अनुभूति जब हुन्छ, व्यक्त गर्न नपाउँदाको अनुभूति मलाई राम्रैसँग छ । पाल्पा तानसेन माथिको डाँडामा गएर सूर्योदय हेर्दा मान्छेको नाममा म एक्लो थिएँ । त्यति बेलाको त्यो अनुभूति सुनाउने कोही थिएन, थिए त केबल आफ्नै दुई कान मात्र । सराङकोटमा आफ्नो अनुभूति व्यक्त गर्न परिचित हुनैपर्छ भन्ने जरुरत थिएन । मानौं, त्यहाँ पुगेका सबै एउटै परिवार हो अनि हितैषी पनि । त्यसमा आफ्नी प्रियतमा साथमा हुँदो हो त कुरा बेग्लै । साँच्चै, त्यहाँ जोडाजोडीहरु मनग्ये थिए ।

पश्चिम छेउमा सूर्यको रातो तेज जसै चम्कियो, करीब सबैले विस्तारै स्वास ताने र ढिलो गरी छाडे । स्वास तानेको आवाज राम्रैसँग सुनियो । विस्तारै सूर्यको सानो टुक्रा देखियो । विस्तारै उक्लियो । लामो र ब्यग्र प्रतीक्षापछि बल्ल आफ्नो प्रियतमा झुल्किएजस्तो सूर्य झुल्किन आइपुगेको थियो र सबैको अनुहारमा खुसीको लहर लहरियो । सूर्योदय र त्यसमा आफूलार्ई समेटेर तस्वीर उतार्नेहरुको विन्दासी पना बेग्लै विषय हो ।

(पहिलाे पल्ट नागरिक परिवार मा प्रकाशित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb