Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

‘गन्तव्य लुम्बिनी’ किन लेखियो?

Posted on May 29, 2024June 2, 2025 by बसन्त महर्जन
बसन्त महर्जन

 न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी सीमा भनेर कपिलवस्तुलाई भनिएको हो । प्राचीन कपिलवस्तु वर्तमान अवस्थामा नेपाल र भारत दुई देशमा विभाजित छ । दुवै देशमा विभाजित कपिलवस्तुलाई आआफ्नो भूभागको कपिलवस्तुलाई मात्रै ‘कपिलवस्तु’ भनेर दुबै देशका एक वर्ग दावी गर्दै आइरहेका छन् । फेरि नेपालमा अर्को वर्ग पनि छ, कपिलवस्तु र लुम्बिनी एकै हो भनेर बुझ्ने । अनि, जब भारतको पिप्रहवालाई कपिलवस्तु भनिन्छ, तिनीहरू बुद्धको जन्मस्थलमाथि भारतले दावी ग¥यो, नक्कली लुम्बिनीको निर्माण गर्दैछ वा झुठो प्रचार ग¥यो भन्दै सार्वजनिक रूपमा नै कुर्लन थाल्छन् । यसै विषयमा नेपाली पत्रकारिताले पनि थुप्रै शब्द खर्चिसकेको छ  । डकुमेन्ट्री प्रदर्शनका बेला पनि यही कुराको पुनरावृत्ति भएको थियो । आफ्नो बुझाइअनुसार आपत्ती जनाउने एक नेपाली युवती थिइन् ।

 पुस्तकालयका एक युवा कर्मचारीले पूर्व र पश्चिमको दिशा देखाएर ती युवतीलाई सोधे– उसो भए बुद्ध यता जन्मेका हुन् कि उता ? बुद्ध नेपालमा जन्मेका हुन् भनी दावी गर्ने ती युवतीलाई संभवतः लुम्बिनीको भौगोलिक अवस्थितिका सम्वन्धमा जानकारी नै रहेनछ । वा उनी लुम्बिनी पुगेकै थिइनन् । उनी नाजवाफ भइन्, जुरुक्क उठिन् र बाहिरिइन् ।

 बौद्धहरूका लागि लुम्बिनी एक संवेजनीय स्थल हो । बुद्ध स्वयंले पनि यो भनेर गएका छन् । यसै भएर बौद्धहरू लुम्बिनीलाई तीर्थस्थलकै रूपमा लिन्छन् र सकभर जीवनमा एकपल्ट पुग्नै पर्ने स्थलको रूपमा मान्यता छ । गैरबौद्धहरू पनि यसको पर्यटन गर्दछन् । यो बुद्धको जन्मस्थल त पक्कै हो, यसका अतिरिक्त यहाँ थुप्रै कुराहरू पनि हेर्न पाइन्छन् । विभिन्न समयमा भएका बौद्ध गतिविधिहरू हाल पुरातात्विक अवशेषका रूपमा रहेका छन् र यी कुराहरूकै कारण यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।

 लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् । मायादेवी मन्दिर र अशोक स्तम्भ दुइटा घुमेर फर्कनेहरू पनि पाइयो र तिनीहरूको प्रतिक्रिया हुन्थ्यो, लुम्बिनीमा के के न हेर्न पाइएला भनेर त्यहाँ गइयो, केही रहेनछ । यसरी नै, अनुमानको भरमा बुझ्ने तथा बुझाउँदा यस्तो पनि भनिएको पाइयो– यो बुद्धको दरवार (मायादेवी मन्दिर देखाएर) हो, यस पोखरीमा बुद्ध नुहाउँथे, यो रुखमुनि बुद्धले ६ वर्ष तपस्या गरेका हुन्, आदि इत्यादि । यस्तो गलत बुझाइ वा प्रसङ्गहरू एक दुई पल्टको होइन, वर्षौ वर्ष अघिदेखि मैंले प्रत्यक्ष देख्दै र सुन्दै आइरहेको छु । यस्ता केही गलत बुझाइहरू पत्रपत्रिका र समाचारहरूमा पनि कहिलेकाहीँ प्रकाशित हुने गर्दछ । यति मात्र होइन, लुम्बिनी घुमाउन लग्ने व्यवसायीहरूको ब्रोसियरमा पनि यस्तै यस्तै खालका गलत बुझाइहरू देख्न पाइन्छ । यस अर्थमा पर्यटक, पर्यटन उद्योग सम्बद्ध  व्यक्तिहरू, विद्यार्थी, पत्रकार तथा अन्य जिज्ञासुहरूका लागि लुम्बिनी सम्बन्धी सामान्य जानकारी दिने पुस्तकको आवश्यकता महसुस गरी यो पुस्तक लेखिएको हो ।

 ‘लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ पुस्तक लेख्दै गर्दा धेरैले मलाई लुम्बिनी सम्बन्धी जानकारी दिने पुस्तक एउटा लेखि दिन अनुरोध गरेका थिए । तर, मेरो ध्यान यतातिर जाँदै गएन । लुम्बिनी सम्बन्धी जानकारी माग्नेहरूलाई मैले आफ्नो त्यो  ‘लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ नै दिंदै आइरहेको थिएँ । तर, यो पुस्तक लुम्बिनी क्षेत्र सम्वन्धी साङगोपाङ्गो अध्ययन थिएन । जन्मस्थल र त्यस वरिपरि  सीमित ठाउँका पुरातात्विक कुराहरूको मात्रै अध्ययन थियो । कतिपय कुराहरू छलफलका लागि छाडिएको थियो भने कतिपय छलफलमा आफू सहभागी भएको । एक प्रकारले यो प्राज्ञिक बहसको पुस्तक हो । सर्वसाधारण वा पर्यटकलाई ध्यानमा राखेर लेखिएकै थिएन र त्यसो हुँदा सबै वर्ग र क्षेत्रका लागि मेरो त्यो पुस्तक चासोको विषय हुन्न भन्ने कुरा स्पष्ट थियो । तर, यसै बीच लुम्बिनी क्षेत्रको साङ्गोपाङ्गो जानकारी दिने पुस्तक लेख्नका लागि दवाव पनि बढ्दै गयो । यस सम्बन्धी गलत बुझाइ र विभिन्न घटनाहरूले पनि त्यो अभाव पूर्तिका लागि प्रस्तुत पुस्तक लेखियो । यो पुस्तक लुम्बिनीमा पर्यटन गर्न चाहने कुनै एक्लो व्यक्तिका लागि मात्रै नभएर स्वयं टुरिष्ट गाइडहरूका लागि पनि सहायक हुनेछ । 

 ‘गन्तव्य लुम्बिनी’मा सामान्य जानकारी भनेर हल्काफुल्का कुराहरू मात्रै राखिएको छैन । इतिहास, संस्कृति तथा बुद्ध, बुद्ध धर्म र बौद्ध सम्पदा स्थल सम्वन्धी जिज्ञासुलाई उपयोगी होस् भन्ने कुरामा ध्यान पु¥याइएको छ । स्थापित कतिपय गलत बुझाइको खण्डन तत्तत् ठाउँमा नै गरिएको छ । लुम्बिनी क्षेत्रको थप अध्ययन गर्दै गरेका कारण ती क्षेत्रहरूका बारेमा बेग्लै तथ्य र धारणा आफूमा हुनु स्वाभाविक हो, तर सामान्य जस्तै प्रचारप्रसार र स्थापित भइ सकेका कुराहरूलाई ज्युँको त्युँ प्रस्तुत नगरी आफूलाई लागेको कुरा राखेको छु, जुन ढिलोचाँडो स्थापित हुनै पर्छ । 

1 thought on “‘गन्तव्य लुम्बिनी’ किन लेखियो?”

  1. दलु says:
    August 5, 2024 at 3:32 pm

    लेख राम्राे ( खाेज,अनुसन्धानमूलक र ज्ञानवर्द्वक ) छ । पढ्दा उत्तम लाग्याे ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb