Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम

Posted on May 7, 2024May 7, 2024 by admin
ममता बज्राचार्य

पहिलो पल्ट लामो ट्रेकिङको अनुभव गर्न जाँदै थियौं । २०१४ को अक्टोवरतिर गएका हौं, अन्नपूर्ण बेस क्याम्पसम्म । एघार जनाको समूहमा सबैभन्दा सानो सदस्य मेरै नौ बर्षको छोरा थियो । आठ दिनको कार्यक्रम राखेर हिडेका हामी निकै उत्साहित थियौं र राम्रोसँग बन्दोवस्त गरेका थियौ । ट्रेकिङ जुत्ता, ब्याग, स्टिक, स्लिपिङ ब्याग, न्यानो ज्याकेट, पानीका बोटल, औषधी, नुनदेखि लसुनसम्म– सबै । कुनै हायर गरियो कुनै परचेज । यात्राको तयारी नै महङ्गो परेछ ।

पोखरा सहरभन्दा अलि माथि पर्ने फेदीको उकालोबाट हाम्रो यात्रा शुरु भयो । ट्रेकिङ जाने प्रचलित रुट (नयां पूल) भन्दा फरक र लामो बाटो छानेछौं हामीले । झण्डै तीन घण्टाको ठाडो उकालोतिर देखिएका पहेँला धानका लहलहाउँदा बाली असाध्यै मनमोहक थियो, सौन्दर्यानुभूति गर्न पर्याप्त ! हिड्दै जाँदा पारी घान्द्रुक गांउँ देखियो । अधिल्लो बर्ष घान्द्रुक हुँदैं पुनहिल पुग्दाको सम्झनाले ग्वार्लाम्म अङ्गालो मार्यो ।

लान्द्रुकको एउटा गेस्ट हाउसमा पहिलो दिनको थकान बिसायौं । त्यहीँबाट हिमचुलीको काखमा आएको हिउपहिरो प्रत्यक्ष देखेका थियौं । हिउचुली र माछापुच्छे्र्र हिमालको आकर्षणले यात्राको अन्त्यसम्मै लोभ्यायो । अन्नपूर्ण बेस क्याम्पसम्मको रुट सफा थियो । प्लाष्टिकका पानीका बोटल लिएर हिड्न नपाइने भएर हो कि ? खच्चर र घोडाहरुले गर्ने फोहर पनि त्यहाँ थिएन ।

नेपालको सबैभन्दा चल्तीको टे«किङ रुट हो यो । त्यसैले होटल र गेस्ट हाउसहरु राम्रा र सफा छन् । दिनको १० देखि १२ घण्टा हिड्यौ । थकाली खानाको स्वाद त्यत्तिकै मिठो । थकानपछि अझै मिठो, सबैलाई अलि बेसी नै खान रुच्ने । प्रत्येक ओरालीमा भेटिने खोला, झरना, छहरा अनि उकालीमा देखिने हिमालहरुले यात्रा रमाइलो बनाउथ्थो । हिमालहरु जति नजिकिन्थे, त्यति नै प्रकृतिसंगको प्रेम गहिरिन्थ्थो । दुई भरिया पनि हाम्रा सहयात्री थिए । आफ्नै भरमा हिडेका हाम्रा लागि उनीहरु गाइड पनि बने । छोटो बाटो भनी हामी उनीहरुको पछि लाग्यौ । साघुरो पहिरो गएको मलिलो माटोको बाटोमा भिरको भित्ता समाउदै एक एक पाईला गरी घिस्रिएर हिडियो । साच्चैको एडभेन्चरमा आएको महसूस भयो । यस्ता अनेक उकाली ओरालीमा रमाउँदै अर्को रात सिनुवा गेष्ट हाउसमा बस्यौ । सिनुवाबाट दायां बायां दुबैतिर टाढासम्म देखिने डाडाहरु थिए । आफ्ना्े नाम बोलाउदा ती पहाडहरुले फर्काउने आवाज, शान्त र सुन्दर । थकान मेट्नलाई पिएको कफिको स्वाद ती दृश्यसित मिल्दा अलौकिक लाग्ने । मानिस किन कवि बन्छन् ? गीत कसरी रच्छन् ? त्यहां पुगेपछि अनुभूति भयो । चाँदनी शाहका गीत बाटो भरी गुनगुनायौं ‘‘उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा ……. ”। त्यस ठाउँकोे नाउ हिमालय थियो, त्यहांका हरियाली, फूल, फूलमा डुल्ने पुतली सब नयां नौला, नदीमा भर्खरै हिमालबाट बगेको चोखो पानी, स्वर्ग जाने बाटो त्यहि थियो ।

देउरालीमा अर्को दिनको बास बसियो । माछाको पुच्छरजस्तो देखिने हिमालले स्वरुप फेरिसकेको थियो । अब त्यो विशाल थियो । हिमालको काखमै पुगिसकेका रहेछौं, अर्थात् माछापूच्छ्रे बेस क्याम्प । माछापुच्छ्रे्र भर्जिन हिमाल हो । अहिलेसम्म कसैलाई चढ्ने अनुमति छैन । अन्नपुर्ण बेस क्याम्पसम्म पुग्दा नपुग्दै पानी परिसकेको थियो । यत्रो दिन हिडेर हेर्न आएको हिमालहरुलाई चारैतिरबाट बादलले ढाकिसकेको थियो । हामीसंग बेस क्याम्पमा अबको एक रात र भोलि पल्टको बिहानी मात्र थियो ।

दिनभरको हिडाइ र थकानले लखतरान परेका थियौं । भुसुक्कै निदाएछु । दाई र दिदीहरु बडो उत्साहित भएर चिच्याइचिच्याई बोलाइरहेका थिए, त्यही आवाजले ब्युँझिएँ । के भो भनी बाहिर हेर्दा, अहो……., अघि हिमाल छोप्ने बादल उघ्रिसकेको रहेछ ! जुनको उज्यालोमा टल्केको अन्नपूर्ण हिम श्रृंखलाले हामीलाई पूरै घेरेको पायौं । त्यहाँ हिमालका ओडारहरुमा शिवजी तपस्यामा बस्थे र,े सुनेको कुरा ! त्यो ठाउँ नै स्वर्ग सरह थियो । अविश्वसनिय सुन्दरताले भरपूर । आकाशमा ताराहरुसंग देखिने ‘ग्यालेक्सी’ खोज्यौ, मध्य रातमै हाम्रो फोटोग्राफी शूरु भयो । बिहानको उज्यालो नहँुदै टाढाबाट बेस क्याम्प तिर उक्लेका टे«करहरु जुनकिरीजस्ता देखिएका थिए ।

बिहानीको चियासंगै पनि हिमालको सुन्दरतालाई रमाएर हे¥यौ । चांदीका हिमालका चुचुरामा सुनका जलप लागेको थियो । अब फर्किने बेला भयो ।

बच्चादेखि ठुलाले संगै बसेर खेल्न मिल्ने ‘यूएनओ’ पारिवारिक गेम हो । तासको जस्तै लत लाग्ने, रमाइलो गेम । कतै विसाउदा हामी त्यही खेल्थ्यौं । हिमालयमा रात पर्दा पनि खेलेका थियौ ।

त्यो दिन फर्कदा पानी निकै परेको थियो । बाटोमा ठाउँ ठांउँमा रोकि रोकि हिड्नु प¥यो । तर, रात पर्न लागिसकेको थियो हामी गेष्ट हाउससम्म पुग्न सकिरहेका थिएनौं । अझै केही घण्टाको बाटो बाँकी थियो । हामी घोडा जस्तै नै दौडियौं । रातको अँध्यारोमा जंगलको बाटोमै थियौ । हाम्रा फोनको लाइट र टर्चलाइटहरु एक एक गर्दै छिट्टै निभ्दै थिए । सबैभन्दा बढी डर त्यही बेला लागेको थियो । अब लाइट बिना कसरी हिड्ने ? हामीले त्यही लाइट बाल्दै ‘यूएनओ’ खेलेका रहेछौ अधिल्लो रात । पछि हाम्रा गाइड भरीयाहरुले हामीलाई डो¥याए । साधारण जुत्ताको भरमा ६० किलोको भारी बोकेर उकालो ओरालोमा उनीहरुले गरेको दौड हाम्रो लागि नौलो थियो । अझै पनि हामी यसै सम्झनामा रमाउछौं ।

आठ दिनको लक्ष्य राखेको ट्रेकिङ हामीले ६ दिनमै सिध्यायौं । सातौं दिन पोखरामा आराम ग¥यौ । घर पुग्दा समाचार आयो– अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै ठूलो दुर्घटना भयो । हिमपात र हिउँपहिरोले देश विदेशबाट आएका ४३ जनाको ज्यान गयो, ६० जना अझै हराएका छन्, एक सय ७५ जना घाइते । जीउ सिरिङ भयो । आमाको गाली पनि खायौं– ‘‘अरु पनि घुम्ने ठाउँ छन् हिमाल–पहाडमै किन जानु पर्ने ?’’

मनमनै भने, ‘‘मां तपाई बुझ्नुहुन्न, म फेरी आउने बाचा गरेर आएकी हुँ । के गरुँ, म प्रकृतिसँगको प्रेममा परेकी छु ।”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb