सलहेश गढ सिरहा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो। यो स्थल सलहेशको स्मृतिमा निर्माण गरिएको हो, जसलाई जनकपुर क्षेत्रमा वीर, धर्मात्मा र लोकनायकको रुपमा पूजा गरिन्छ। यहाँ प्रत्येक वर्ष चैत्र महिनामा विशेष मेला लाग्छ, जसलाई सलहेश मेला भनिन्छ। सलहेश फूलबारीमा प्रत्येक वर्ष अनौठो ढंगले स्वतः फुल्ने ‘सलहेश फूल’ पनि आकर्षणको केन्द्र हो।
