Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

फर्पिङ

Posted on April 28, 2024March 30, 2025 by admin
बसन्त महर्जन

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित फर्पिङ एउटा छुट्टै भौगोलिक अवस्थिति मात्र नभएर ऐतिहासिक तथा सांस्कृतिक विकासको दृष्टिले भरिपूर्ण भएको पाइन्छ । प्राकृतिक सौन्दर्यका लागि पनि उल्लेख्य भएका कारण हिजोआज यो पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदो छ ।

नेपालको प्रामाणिक प्राचीन इतिहास भनेर लिच्छविकालदेखि मान्ने गरिन्छ । लिच्छविकालमा नै यो क्षेत्र एक समृद्ध वस्तीको रुपमा विकास भइसकेको पाइन्छ । यहाँको ऐतिहासिक अवशेषहरु तथा धार्मिक तथा सांस्कृतिक अभ्यासलाई अध्ययन गर्दा लिच्छविकालभन्दा निकै अघि नै यहाँ मानव वसोवास भइसकेको र त्यसको निरन्तरता आजपर्यन्त जीवित नै रहेको भन्न सकिन्छ । तसर्थ फर्पिङ पर्यटन तथा प्राकृतिक दृष्यावलोकका लागि मात्र प्रसिद्ध छैन, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण स्थल हो । फर्पिङको पहाड, हरियाली, र यस भेगको प्राचीन संस्कृति पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्राचीन समयमा यो क्षेत्र व्यापारिक मार्गको रूपमा परिचित थियो । लिच्छवी, मल्ल, तथा शाह वंशका राजा महाराजाहरूको शासनकालमा यहाँ विभिन्न मठमन्दिर, गुम्बा तथा जलस्रोतहरूको निर्माण गरिएको थियो।

फर्पिङ विभिन्न धार्मिक सम्पदाहरूको धनी क्षेत्र हो । यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्बीसँग सम्बन्धित स्थलहरु छन् । प्राचीन तथा मध्यकालमा फर्पिङ बज्रयानी बौद्ध साधकहरुको साधना केन्द्र नै थियो । प्रसिद्ध आचार्य पद्मसंभव यहीँ आएर साधना गरेको तथा सिद्धि प्राप्त गरेको प्रसिद्ध छ । यही कुरालाई पछ्याउने क्रममा त्यही बेलादेखि हिजोआजसम्म पनि देशविदेशबाट यस स्थलको दर्शन गर्ने तथा आफै पनि साधना गर्ने मनसायले यहाँ पुग्नेहरु पाइन्छन् । यसदेखि बाहेक यसै क्षेत्रका वागेश्वरकीर्ति लगायतका प्रसिद्ध आचार्यहरु तिब्बत पुगेको र त्यहीँ बौद्ध धर्मको अध्यापन तथा साधना गरेर बसेको ऐतिहासिक तथ्यहरु पनि प्राप्त छन् । यति महत्त्वपूर्ण तीर्थस्थल भएका कारण हिजोआज यहाँ गुम्बा बनाउने र साधना गर्नेहरु आकर्षित भएर ऐतिहासिक परम्परा अहिलेसम्म पनि जीवन्त भइरहेको पाइन्छ । प्राचीन बौद्ध अवशेषहरुमा प्रसिद्ध बज्रयोगिनी मन्दिर तथा साना ठूला स्तूपहरु बग्रेल्ती मात्रामा पाइन्छन् । यसरी नै बौद्ध सम्पदाहरुको अस्तित्व बुझाउने ऐतिहासिक शिलालेखहरु पनि पाइन्छन् । साथसाथै नयाँ नयाँ बौद्ध स्थलहरुको निर्माण प्रकृया पनि बढ्दो छ । यसरी नै हिन्दू धर्मसँग सम्बन्धित शेषनारायण मन्दिर यहाँ प्रसिद्ध छ । यो नारायण मन्दिर उपत्यकाका प्रसिद्ध चार नारायणमध्ये एक हो । यसरी नै यहाँ गोपालेश्वर मन्दिर पनि प्रसिद्ध छ । बौद्ध होउन् वा हिन्दू, सबै स्थलको नियमित जात्रा हुन्छन् र त्यसको संचालन स्थानिय नेवार समुदाय नै हुन् । यस प्रकार भन्न सकिन्छ, बौद्ध तथा हिन्दू दुबै धर्मको अभ्यास यहाँको नेवार समुदायले गर्दै आएको छ र धार्मिक दृष्टिले दुई भिन्न धार्मिक समुदायमा विभक्त भएपनि सामाजिक तथा सांस्कृतिक अभ्यासमा विचलन आएको पाइँदैन । दुबै धार्मिक समुदाय आपसी सद्भाव र सहअस्तित्वमा जीवन जिइरहेका छन् ।

फर्पिङको अर्को महत्त्वपूर्ण स्थल ‘दक्षिणकाली मन्दिर’ हो। यो मन्दिर विशेष गरी शनिबार तथा मंगलबारका दिन श्रद्धालुहरूले भरिभराउ हुन्छ। दक्षिणकाली देवीको मन्दिर शक्तिपीठहरूमध्ये एक मानिन्छ।

फर्पिङमा प्रसिद्ध गुरु पद्मसम्भव गुफा अवस्थित छ, जसलाई ‘असुर गुफा’ पनि भनिन्छ। बौद्ध धर्मावलम्बीहरूका लागि यो गुफा ध्यान गर्ने महत्त्वपूर्ण स्थल हो। साथै, यहाँका थुप्रै बौद्ध गुम्बाहरूमा धार्मिक अनुष्ठानहरू गरिन्छ, जसले बौद्ध धर्मको अध्ययन तथा अभ्यास गर्नेहरूलाई प्रेरित गर्छ।

फर्पिङ केवल धार्मिक स्थल मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य पनि हो। यहाँको हरियाली, स्वच्छ हावा, र शान्त वातावरणले पर्यटकहरूलाई आनन्द दिन्छ।

फर्पिङ मुख्यतः नेवार समुदायको बसोवास भएको क्षेत्र हो । ऐतिहासिक कालमा जुन समुदाय वा कलासंस्कृतिको विकास भयो, त्यो नेवार सभ्यतासँग सम्बन्धित हो । समय क्रममा राजनीतिक घटनाक्रमहरुको विकास भएपनि सामाजिक, सांस्कृतिक तथा अन्य कुराहरुले निरन्तरता नै पाइराखेको पाइन्छ । यो फर्पिङमा मात्रै नभएर पूरै काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका नेवार वस्तीहरुमा पनि यही कुरा देख्न पाइन्छ । वर्तमानमा पनि फर्पिङमा नेवार समुदायकै बसोवास रहेको पाइन्छ र यहाँका नेवारहरुसँग अन्य क्षेत्रका नेवारहरुको सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको पाइन्छ । लिच्छलिकालमा यस क्षेत्रको नाम ‘फनपि’ उल्लेख भएको पाइन्छ भने हिजोआज पनि यस क्षेत्र तथा अन्यत्रका नेवारहरु यसलाई फनपि’ नै वा छोकटरीमा ‘फंपि’ भन्ने गर्दछन् । हिजोआज ज्यादा प्रचलित नाम ‘फर्पिङ’ हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb