उचाइबाट स्वयम्भू महाचैत्य

उचाइबाट स्वयम्भू महाचैत्य

काठमाडौं उपत्यका एउटा खाल्डो न हो, कचौराजस्तो । चारैतिर हरिया डाँडाहरु अग्लिएका छन् । प्रत्येक डाँडाका टुप्पोहरुको आआफ्नै विशेषता छन् र ऐतिहासिक तथा धार्मिक महत्वका पनि छन् । यही भएर यहाँका रैथाने नेवार मात्रै होइनन, आगन्तुक तथा पर्यटकहरु पनि बेलाबेलामा यी डाँडा चढ्न जान्छन् । स्थानिय नेवार समाजमा त निश्चित दिन निश्चित डाँडा चढ्नुपर्ने सांस्कृतिक मान्यता नै रहेको पाइन्छ । यसरी डाँडा चढ्नेहरुले देख्ने दृष्य भन्नु काठमाडौं उपत्यकाको वस्ती र यहाँका सम्पदाहरु हुन् । त्यसमा एउटा आकर्षण हुने गरेको छ, स्वयम्भू महाचैत्य अवस्थित एउटा सानो डाँडा ।

प्राचीन नेपाल अर्थात् काठमाडौं उपत्यकाको बौद्ध जनजीवनमा स्वयम्भू महाचैत्य एउटा केन्द्र हो । यहाँको धार्मिक तथा साँस्कृतिक जनजीवन यही महाचैत्य वरिपरि घुमिरहेको पाइन्छ । वरिपरिको डाँडा उक्लिएर यस स्वयम्भू महाचैत्यको दर्शन गर्न पाएर पनि मान्छेहरु आनन्दित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *