Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

प्राकृतिक दामनमा तीर्थाटन

Posted on June 2, 2025June 2, 2025 by admin
बिमला शाक्य

ठूलो पहाडी चट्टानको तल ओडारजस्तो ठाउँ जहाँ बसुन्धरादेवीको प्रतिक स्वरुप कलश अंकित अभिलेख मात्र रहेको छ ।

दामन शव्द सुन्ने बित्तिकै हाम्रो मानसपटलमा जाडो याममा हिउँ पर्ने र हिउँमा खेल्न पाइने रमाईलो पर्यटकीय स्थल भनेर छाप बसेको छ । तर यो पर्यटकीय स्थल मात्र नभई धार्मिक स्थल पनि रहेको कुरा थोरैलाई मात्र थाहा होला । बौद्ध धर्मगुरु आचार्य पद्मसम्भवले ध्यान बसेको तमना भन्ने ठाउँ हिन्दू धर्मावलम्बीबीच ऋषेश्वर महादेव नामले प्रसिद्ध छ । दामनको यो धार्मिक स्थल (टावर रहेको स्थान) भन्दा १५ मिनेट माथि सडककिनारमा रहेको ऋषेश्वर महादेव भनेर लेखिएको गेटबाट झण्डै १ घण्टाको उकालो ओरालो सिंढी चढेर पुग्न सकिन्छ ।

दामनमा २ पटक पुग्दा समेत हिउँ खेल्ने अवसर नपाए पनि यस धार्मिक स्थलमा भने पुगियो । यस पटक त्यस स्थानमा विराजमान बसुन्धरादेवीको ब्रत बस्नका लागि पुगेको थिएँ । यसका लागि चैत्र १९ गते ललितपुरको कनिबहालस्थित बुद्ध धर्म संघ समितिको आयोजनामा पाँचवटा गाडीमा झण्डै १५० जना त्यसतर्फ लाग्यौं । हरेक महिनाको तृतीयाको दिन बसुन्धरादेवीको ब्रत बस्दै आएको हुनाले यसपालि पनि किन टुटाउनु भनेर गएको थिएँ । जान अगाडि नै ब्रत बस्नका लागि चाहिने सबै सामानहरु झोलामा मिलाएँ । आपूmलाई चाहिने चोखो लुगा र एउटा स्लिपिङ व्याग पनि लगेको थिएँ । बिहान ६ बजे गाडी गुड्ने भनिएपनि एक घण्टा ढिलो भयो ।

गाडी लगनखेलबाट एकान्तकुना र चक्रपथ हुँदै कलंकी पुग्दा जाममा फसियो । “कलंकीको जाम मानिसहरु हजारौं हजार” को गीत सम्झेँ । कलंकीबाट, नैकाप, गुर्जुधारा, थानकोट कटिसकेपछि नागढुंगामा चेक भयो । त्यसपछि गाडि सरर हुईंकियो नौबिसे पुरानो बजार नपुग्दै नास्ता खायौं । नास्ता खाईसकेपछि नौबिसेबाट बायाँ तर्पm त्रिभुवन राजपथको बाटो लाग्यौं । बाईरोडको बाटोमा धुलो उडाउँदै घुम्ती घुम्ती कट्दै उकालो चढ्दै जाँदा उपत्यका त एकदम खाल्डोमा देखिन थाल्यो । त्यस ठाउँ आईपुग्दा भञ्ज्याङ आइपुगेका रहेछौं । बाटो सुनसान । मुग्लिनको बाटोजस्तो चहलपहल यहाँ थिएन । बाटोमा भेटिएका छाप्रोहरु ताला लगाएका कुनै भत्केका मात्र देखियो, मानिसहरु कमै मात्र बसोबास रहेको थियो । ४ घण्टाको बाटोपछि बल्ल टाढैदेखि बस्ती देखिन थाल्यो । २५ मीटरको पालुङ पुल आइपुग्यो । शिखरकोट हुँदै थानाबजार, जहाँ रुट पर्मिट लिनु पथ्र्यो । पालुङ बजारमा स्कूल, बैंकदेखि विभिन्न सेवा सुविधाका पसलहरुको ताँती देखियो । यो पनि एउटा नेवार बस्ती रहेछ । न्हुदँया भिन्तुना भनी ठूलो अक्षरमा रञ्जना लिपिले एउटा घरको झ्यालमा लेखिएकोले यहाँका नेवारहरुलाई नेपाल संवत्को महत्व रहेछ भन्ने कुरा बुझियो ।

थाना बजारबाट अझै उकालो लाग्नु पर्ने थियो दामन पुग्न । १ घण्टा उकालो लागेपछि दामनको टावर देखियो । सडक छेऊमा गाडीहरु रोकियो, यति बेला १२ बजिसकेको थियो । सडक छेऊमा साईन बोर्डमा दामन उचाई २,३२२ मीटर लेखेको देखें । त्यही साईन बोर्डसंगै त्रिभुवन राजपथ थानकोटदेखि भैंसे दोभान ७२ माईल लेखेको सेतो अर्को साईन बोर्ड थियो । यसले थाहा हुन्छ कि यो बाटो नेपाल भारत सहयोगमा सन् १९५३ देखि ३ वर्षको अन्तरालमा निर्माण भएको रहेछ । खाना खाने समय भैसके पनि १ घण्टा कुर्नु पर्ने भया,े त्यतिन्जेलसम्म रु.३० तिरी दामन भ्यू टावर चढें । टावर धेरै अग्लो त थिएन । घुमाउरो सिंढी चढ्दै माथि बरण्डामा पुग्यौं । वरिपरि दृश्यावलोकन गर्नको लागि बार्दली बनाइएको थियो । साथै, दूरविन एउटा पनि राखेको रहेछ । मौसम सफा भएको अवस्थामा सगरमाथा र धौलागिरि समेत देखिन्थ्यो रे तर के गर्नु धुम्म परेको मौसमले गर्दा केही देखिएन । उही आफु आएको बाटो पालुङ बजार नजिकै देखियो । घाम त्यति नलागेकोले फोटोहरु अलि धमिलो देखियो तैपनि सम्झनाको लागि भए पनि एक दुईवटा फोटो खिचें । ठूलो टावरबाट पछाडि होचो टावर एउटा पनि थियो । काठको घुमाउरो सिंढीहरु चढेर माथि पुगे, गोलाकार बरण्डा वरिपरि ठुटो रुखहरु भएता पनि फोटोमा राम्रो आउने रहेछ ।

भ्यू टावरको अगाडि सरकारी कार्यालय परिसरमा अलि खुल्ला चौर थियो । दिउँसोको १ बजिसकेको थियो । पेटमा मुसा दौडिसकेकाले खाना खान सबैजना हतार हतार लाईन बस्न थाले । खाना खाईसकेपछि हामी तमनामा अवस्थित बसुन्धरादेवीको दर्शन गर्न जाने कार्यक्रम थियो । हिंडेर जांदा ढिलो हुने भएकोले गाडिबाट गएं । दामनबाट हेटौंडा जाने बाटोमा करिब १५ मिनेट जति उकालो लागेपछि दाहिनेतिर ऋषेश्वर महादेव कि जय भनेर लेखिएको त्यसको मुनि तिब्बती  भाषामा लेखिएको प्रवेशद्वारले स्वागत गरिरहेको थियो । यसै प्रवेशद्वारमा एक हजार मीटर भनेर पनि लेखिएको थियो । यसको मतलब तमना पुग्न १ हजार मीटरको दूरी थियो । उकालो ओरालो बाटोमा सिमेन्टले ढलान गरेर सिंढीहरु बनाईएको थियो । पहाडको छेऊमा यस्ता सिंढीहरु मिलाएर बनाईएको थियो ओरालो झर्दा त ठीकै थियो उकालो चढ्न अलि गाह्रो । यसरी उकालो ओरालो चढ्दै झण्डै १ घण्टा पछि तमना आईपुग्यो ।

बसुन्धरा देवीको महिमा बौद्ध धर्ममा रहंदै आएको छ । पहेंलो वर्णकी ३ वटा तेज मुखाकृति भएकी (दायाँ महालक्ष्मी, बायाँ कुमारी), ६ वटा हात मध्ये दायाँ हातले वरदान दिइरहेकी, ऐना समातेकी, तेस्रो दायाँ हातले जपमाला समाएकी, बायाँ हातले पूर्ण कलश, धानको बाला, र प्रज्ञा पारमिता पुस्तक समाएकी, अनेक रत्नको गरगहनाले सजिएकी, १६ वर्षकी बैंशले सजिएकी, मुसुमुसु हाँसिरहेकी अन्न, धन, रत्न धारण गरिएकी बसुन्धरा देवीलाई बौद्धहरुले सम्मानपूर्वक पूजा भाव गर्दै आएका छन् ।

बसुन्धरा देवीको ब्रत बसेमा धन द्रव्य पूर्ण हुने निरोगी हुने इच्छाएको प्राप्त हुने जनविश्वास रहँदै आएको छ । प्रत्येक भाद्र महिनाको कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको ब्रत बसी भोलिपल्ट टोल टोलमा विराजमान देवीको पूजा एवं नगर परिक्रमा गर्ने परम्परा ललितपुरमा अहिलेसम्म विद्यमान छ । बसुन्धरा देवी पहेंलो वर्णको भएकोले ब्रत बस्दा पहेंलो लुगा नै लगाउने चलन रहेको छ । यस वर्ष पनि भाद्र महिनाको कृष्ण तृतीयाको दिनबाट प्रत्येक महिनाको तृतीया १२ वटा तिर्थस्थलहरुमा बसुन्धरादेवीको ब्रतको आयोजना गरिएको थियो । यसै क्रममा सबभन्दा पहिलो गुणागुलि तिर्थ (गोदावरी), बसुपुर (स्वयम्भू), धनद्व चीवहाः(चावहिल स्तूप), बसुन्धरा द्व(बसुन्धरा), क्वहिटी प्राचीन कलश, ईदे बसुन्धरा(बोडे), तिष्टुङको कलशाङ्कित अभिलेख(दामन), तुका बहाः चैत्यको प्राचीन कलश, श्रीघः न्हूघः र नघः(नघल), अन्नपूर्ण देवी (असन), जलकुम्भ देवी (पूचोमाजु), न्हूसडक कलश (विशालबजार गेट) यी १२ वटा स्थानमा विराजमान बसुन्धरादेवीको ब्रत बस्ने कार्यक्रमअन्र्तगत दामन तिष्टुङ गएका थियौं ।

ठूलो पहाडी चट्टानको तल ओडारजस्तो ठाउँ जहाँ बसुन्धरादेवीको प्रतिक स्वरुप कलश अंकित अभिलेख मात्र रहेको छ । यस ठाउँमा अहिले बसुन्धरादेवीको मूर्ति राखिएको छ । यो मूर्ति धेरै पुरानो नभई ९ वर्षअघि पाटनको नेपाल युवा बौद्ध परिषद्ले बसुन्धरा ब्रतको आयोजना गरेपछि बेखा रत्न शाक्य र उनको परिवारले स्थापना गरिएको थियो । मूर्ति त्यस्तै १० ईन्चको प्रस्तरको थियो । केही नभएको ठाउँमा मूर्ति स्थापना रहेकोले यस स्थानको महत्व बढेको छ । त्यसको संगै २० ईन्च जतिका बसुन्धरा बुद्ध र पद्मसम्भवको तीन वटा लस्करै प्रस्तरका मूर्तिहरु स्थापना गरिएका छन् । चट्टानको भित्तासंगै सिसाको ऐनाले बारिएको ठाउँ देखें, त्यहाँको पुजारी तिब्बती लामाले त्यस ठाउँ कुण्ड रहेको र त्यहाँ पानी भरेर अलि अगाडि ढुंगेधाराबाट पानी झर्ने बताए तर हाल त्यस ठाउँमा पानी सुकेर अर्कै ठाउँ चट्टानको चेपबाट पानी आईरहेको र त्यहाँ कालो प्लाष्टिकको पाईप जोडिएको थियो । ब्रतालुहरु यसै पाईपबाट आएको पानी बोटलमा थाप्न थाले । यसको ठीक अगाडि सिमेन्टले बनाईएको चर्तुव्युह चैत्य स्थापना गरिएको छ । बसुन्धरा मूर्तिभन्दा अलि माथि पहाडको चट्टानको मुनि अखण्ड बत्ति बलिरहेको थियो त्यसै स्थानमा दुईटा शिलापत्र पनि देखें ।

बसुन्धरादेवी रहेको ठाउँको ठीक माथितिर चट्टानमा पद्मसम्भवको चित्र कोरिएको देखियो । त्यससंगै सिमेन्टको बरण्डा देखें । यही ठाउँमा पहिला गुरु पद्मसम्भवले ध्यान गरेको भएर यो ठाउँ बौद्ध धर्मावलम्बीहरुका लागि प्रसिद्ध रहेको छ । ओडार जस्तो चट्टानको भित्तामा केही मधुरो पद्मसम्भवको मूर्ति कुँदिएको देखिन्छ । अगाडि पट्टि सिमेन्ट लगाएर अलि फराकिलो ठाउँ बनाइराखेको र त्यहाँ जानका लागि सिमेन्टका सिंढीहरु बनाइएको छ । सिंढी चढ्ने बित्तिकै लस्करै साना साना घण्टाहरुको झुप्पा देखें । ती घण्टाहरु सबै त्यहाँ आएका भक्तजनहरुले चढाएका हुन सक्छन् ।

यस स्थानमा हामी संगै गएका गुरुजुले कलश पूजा गरिसकेपछि बसुन्धरादेवीलाई अघ्र्य दिएर त्यहाँबाट फक्र्यौं । जाने बेला १ घण्टाको समय लागेको तर फर्किने बेला धेरै उकालो चढ्नु परेता पनि ३० मिनेटमा प्रवेशद्वार भएको ठाउँमा आईपुग्यौं । खाजा खांदा साढे ४ बजिसकेको थियो । घाम डुबिसकेकोले चिसो हावा चल्न थाल्यो । दामनमा चिसोलाई स्वीटरले थाम्न सकेन । एकजना दिदीको सल ओढेर बसें । हामी बस्ने गौरीशंकर होटल भ्यू टावरभन्दा ५ मिनेट पर थियो । खाजा खाईसकेपछि उतै गईयो । एउटा होटलमा ठाउँ नपुगेकोले अरु थप २ वटा होटलमा पनि ब्रतालुहरु र भोलिन्टर साथीहरुलाई व्यवस्था गरियो ।

दोस्रो दिन ब्रत बस्न सकाएर काठमाडौं फर्किनु पर्ने थियो । राती अलि चाँडै सुतेर बिहान पनि चाँडो उठ्ने विचार थियो । राति आफु बसेको कोठाका साथीहरु ट्वाईलेट जान ओहोर दोहोर गरेकोले राम्रो निन्द्रै लागेन । बिहान झन् ५ नबज्दै कोलाहलले उठ्न कर लाग्यो । बिहानको नित्य कर्म सकाएर ब्रत बस्नका लागि ६ बजेतिर होटेलबाट निस्कियो । चिसो हावा अनि सूर्योदयको दृश्य एकदम राम्रो देखिएको थियो । ५ मिनेट आँखालाई सितल पारे वरिपरिको दृश्यावलोकन गरें, एकैछिनको लागि भए पनि नगरकोटको सूर्योदयको सम्झना गरायो । ब्रत बस्ने स्थानमा पुगेर सबै सामानहरु मिलाएं । पूजा गर्ने सामानहरु अगाडि राखें अनि पूजा शुरु भयो बिहान ८ बजे । पूजा सकेपछि गुरुजुले १०८ बसुन्धरादेवी भएको र यस स्थानको बारे थोरै बताउनु भयो । धेरै समयअगाडि यस सुन्दर रमणीय स्थानमा बसुन्धरादेवीको आगमन भएको र गुरु पद्मसम्भवले ध्यान गरेको स्थान भएकोले यो ठाउँ पवित्र भएको बताउनु भयो । हुन पनि बसुन्धराको ब्रत बसेको यो आठौं पटक भईसकेको अवस्थामा यहाँ जस्तो प्राकृतिक हराभरा रमणीय ठाउँमा पहिलो पटक खुल्ला चौरमा ब्रत बसको पहिलो अनुभव थियो । गुरुजुले कथा भन्न सकेपछि अघ्र्य दियौं र पछि बल्ल खाना खान सकिने भयो जसलाई पालं यायेगु भनिन्छ । गुरुजुले बनाएको मण्डपमा अघ्र्य दिन सकेपछि टिका लगाएं र खानाको लागि लाईनमा बस्न थाले । दिनको करिब १२ बजे खाने समयमा पानी पर्न शुरु भयो खुल्ला चौरमा एउटा मात्र हल थियो, त्यहाँ ओत लाग्न छिरे । कोही ब्रतालुहरु खान सकेकाले गाडि चढ्न गए । म पनि हतार खाना खान सकेर गाडि चढ्न गएं । एकछिन पछि फेरि घाम लाग्न थाल्यो । दिउँसोको १ बजे सबैजना गाडि चढेर काठमाडौंतिर फर्कियौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb