Skip to content

Menu
  • Home
  • नियात्रा
  • गन्तव्य
    • काेशी
      • झापा
      • मोरङ
      • सुनसरी
      • इलाम
      • पाँचथर
      • तेह्रथुम
      • उदयपुर
      • धनकुटा
      • भोजपुर
      • खोटाङ
      • ओखलढुंगा
      • ताप्लेजुङ
      • संखुवासभा
      • सोलुखुम्बु
    • मधेश
      • सप्तरी
      • सिराहा
      • धनुषा
      • महाेत्तरी
      • राैतहत
      • सर्लाही
      • बारा
      • पर्सा
    • बागमती
      • सिन्धुली
      • रामेछाप
      • दोलखा
      • सिन्धुपाल्चोक
      • काभ्रे
      • काठमाडौं
      • भक्तपुर
      • ललितपुर
      • मकवानपुर
      • चितवन
      • धादिङ
      • नुवाकोट
      • रसुवा
    • गण्डकी
      • गोरखा
      • लमजुङ
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • नवलपरासी पूर्व
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ
    • लुम्बिनी
      • नवलपरासी पश्चिम
      • पाल्पा
      • रूपन्देही
      • कपिलवस्तु
      • अर्घाखाँची
      • प्यूठान
      • रोल्पा
      • रुकुम पूर्व
      • गुल्मी
      • सल्यान
      • दाङ
      • बाँके
      • बर्दिया
    • कर्णाली
      • हुम्ला
      • मुगु
      • जुम्ला
      • डोल्पा
      • कालिकोट
      • दैलेख
      • सुर्खेत
      • जाजरकोट
      • रुकुम पश्चिम
    • सुदूर पश्चिम
      • दार्चुला
      • बैतडी
      • डडेलधुरा
      • कन्चनपुर
      • कैलाली
      • डोटी
      • अछाम
      • बझाङ
      • बाजुरा
  • पुस्तक चर्चा
  • विविधा
  • हामी
Menu

लमजुङको तातोपानी

Posted on April 3, 2025May 9, 2025 by admin
बसन्त महर्जन

विश्वप्रसिद्ध पदयात्रा मार्ग अन्न्नपूर्ण सर्किटको प्रस्थान बिन्दूहरुमा लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरबाट सुरु भई खुदी, भुलभुले, जगते हुँदै मनाङ पुग्ने बाटो धेरै प्रचलित छ । यो बाटोको छेउछाउमा रहेका अनेक गाउँहरु पनि पर्यटकीय आकर्षणको रुपमा परिचित हुँदै आइरहेको छ । पुमा, घलेगाउँ, घनपोखरा, भुजुङ, सिउरुङ आदि गाउँहरु यसको राम्रो उदारहण हो । यी गाउँहरु जाने वा गाउँ भएर आउने पर्यटकहरु पनि खुदी वा वेशीसहरमा पुग्ने गर्दछन् । यस यात्रा अवधीमा एक पल्ट तातोपानीमा डुबुल्की मार्दाको अनुभव अचम्मैको हुने गर्दछ । हजुर, तातोपानी ! तताएको होइन, प्राकृतिक रुपमा नै तातिएको, मूल फुटेर निस्केको र जम्मा पारेर राखिएको । एउटा तातोपानी स्थल यसै क्षेत्रमा अवस्थित छ ।

थोरै समय भएकाहरु पनि तातोपानीमा डबुल्की मार्न भ्याउँछन् । अन्नपूर्ण सर्किटको यात्रामा निस्केकाले सुरुकै दिनमा र फर्केकाले अन्तिम दिन यसको कार्यक्रम तय गर्न सक्छन् । यो तातोपानी बाहुनडाँडाको (बाहुनडाँडा गाविसअन्तर्गत वडा नं ५) फेदैमा पर्दछ । यसका लागि अर्खलेबेसीबाट मस्र्याङ्दी पुल तरी बाहुनडाँडाको फेदैफेद र मस्र्याङ्दीको तीरैतीर उत्तर लाग्दा पुगिन्छ तर अलि लामो हुने गर्दछ । थाकन गाउँतिरबाट झरी मस्र्याङ्दीमाथि बनाइएको बाँसको पुल तरेर र अलिकति बाहुनडाँडाको तीरैतीर हिडेर पनि पुग्न सकिन्छ । डाडाँको मुनि अलि चिसो वातावरण छ भने छेवैमा हिमालबाट निस्केको मस्याङ्दीको चिसोपानी तर यहीं पर्दछ तातोपानी क्षेत्र ।

त्यस क्षेत्रमा जम्मा तीन वटा साना साना पोखरीहरु छन्, डेड–दुई फिट गहिरो बनाइएको । मूलबाट निस्केको तातोपानी ल्याएर यही पोखरीमा जम्मा पारेर राखिन्छ । एउटा पोखरी सुरुमा नै आउँछ भने त्यसको अलि माथि दुई वटा सँगगँगै रहेको छ । अन्यत्रका यस्तो तातोपानीभन्दा यहाँ अलि धेरै तातो रहेको अनुभव हुन्छ । यस्तो तातोपानीमा डुबुल्की मार्ने काइदा बिस्तारै पानीमा पस्ने र डुबुल्की मार्ने हो । पानीमा एक्कासी पस्न खोज्दा पोल्ने हुन्छ र पोल्यो भनेर झट्ट निस्कन खोज्दा झनै पोल्ने हुन्छ । विस्तारै पानीभित्र पस्ने र आरामसाथ पानीभित्र बसिराख्ने हो भने लामो समयसम्म यसको आनन्द लिन सकिन्छ ।

लमजुङ जिल्लाका विभिन्न गाउँहरुलाई पर्यटकीय गाउँका रुपमा विकास गर्न लागिपरेका पर्यटन प्रवर्धक एवं व्यवसायी सुदर्शन प्रधान पर्यटकहरुलाई तातोपानीको पोखरीमा एक पल्ट डुबुल्की मार्न प्रेरित गर्नुहुन्छ । उहाँ आफै पनि त्यस तातोपानीमा नुहाउन औधी रमाउनु हुन्छ । उहाँकै अनुरोधमा पहिलो पल्ट यस ठाउँमा पुग्नु भएका पोखरास्थित थ्री सिस्टर्स एडभेन्चर्सका डिक्की कार्की यहाँ नुहाउँदाको अनुभव बेग्लै प्रकारको हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अन्यत्रका तातोपानी क्षेत्रहरुको जस्तै प्रचारप्रसार र बाटोको सुविधा बढाउन सके लमजुङ्को यस तातोपानीले पनि प्रख्याती चाँडै कमाउन सकिन्छ ।

डाँडाको फेदीबाट निस्केको तातोपानी साधारण रुपमा पानी मात्र नभएर खनिजमिश्रित पानी हो । पानी मुखमा हाल्दा अलिअलि नुनिलो र गन्धयुक्त छ । पृथ्वीको गर्भमा रहेको खनिज पदार्थहरुको सम्पर्कका कारण यसो भएको हो । यस पानीबाट स्नान गरेपछि बाथलगायत थुप्रै प्रकारका रोगहरु निदान हुने भन्दै नुहाउन आउनेहरु पनि यहाँ भेट्न पाइन्छन् ।

तातोपानीमा नुहाइसकेपछि जीउ हलुका हुनेमात्र होइन, भोक पनि लाग्ने हुन्छ । खलखल्ती पसिना निस्कने हुँदा केही कमजोर भएको महसूस पनि हुने गर्दछ । तर यहाँ खानेकुरा किन्न पाइन्न । खानेकुरा बोकेरै जानु पर्दछ । कतिपय त चाउचाउ वा अन्य यस्तै खानेकुरा पकाइवरी खाएर मात्र तातोपानीमा पस्ने गरेको पनि पाइन्छ ।

२०६३ सालमा बनाइएको बाटो हाल बिग्रेको भत्केको अवस्थामा छ । तर लमजुङ जिल्लाका विभिन्न गाउँहरु पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै जानु र यसरी यात्रा गर्न आउनेहरुमध्ये केहीलाई मात्र यस तातोपानी क्षेत्रमा आकर्षित गर्न सके आम्दानीको श्रोत पनि बनाउन सकिने विमर्श स्थानिय स्तरमा हुन थालेका कारण अबका केही वर्षभित्रै बाटोघाटोर अन्य कुराको उचित सुविधा हुने देखिन्छ ।

(नदीमा आएको बाढीका कारण हाल यो तातोपानी लुप्त भएको छ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb