Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

नियात्रा लेखन

Posted on March 31, 2022April 1, 2022 By admin No Comments on नियात्रा लेखन
नियात्राकारको संवेदनशीलता, भाव, विचार र कल्पनाशीलताले यात्रा विवरणभन्दा माथि उठेको हुनुपर्छ । अर्थात् जब नियात्राकारले यात्रावर्णनको क्रममा आफ्नो अन्तरहृदयको ऊर्जा भरेर लेखन कार्य गर्दछ, तब नियात्रा साहित्यको सिर्जना हुन्छ ।
  • जय छाङ्छा

नेपाली साहित्य जगत्मा नियात्रा स्वतन्त्र विधाका रूपमा स्थापित भइसकेको छ । तसर्थ साहित्यको अन्य विधाका आफ्नै विशेषता भएजस्तै यसका पनि आफ्नै मौलिक विशेषता छन् । त्यसैले यात्राको विवरण मात्र प्रस्तुत गर्दैमा नियात्रा भन्न सकिँदैन । नियात्रा बन्नका लागि यात्रावृत्तान्तलाई साहित्यिक गुणले भरिपूर्ण पार्नुपर्छ । जसले पाठकको मन तथा मस्तिष्कमा स्थायी किसिमले प्रभाव पार्न सकोस् । नियात्राकारको संवेदनशीलता, भाव, विचार र कल्पनाशीलताले यात्रा विवरणभन्दा माथि उठेको हुनुपर्छ । अर्थात् जब नियात्राकारले यात्रावर्णनको क्रममा आफ्नो अन्तरहृदयको ऊर्जा भरेर लेखन कार्य गर्दछ, तब नियात्रा साहित्यको सिर्जना हुन्छ । नियात्राको यही पक्षलाई हृदयङ्गम गरी वर्तमान नेपाली नियात्रा विधाको विशेषता निम्नानुसार पहिल्याउन सकिन्छ ।

नियात्राकार स्वयं नायक : साहित्यिक आँखाले देखेको वर्तमानलाई चिन्तनमनन गरी सरल, सहज, मनोरम आदिलाई रेखाचित्रात्मक रूपमा तयार पारिने साहित्यको एउटा लोकप्रिय विधा हो नियात्रा । जसमा नियात्राकार स्वयं नायकको भूमिकामा रहन्छन् र त्यसमा नायकमा हुनुपर्ने गुण, साहस, सङ्घर्ष, अनुकूलता, प्रतिकूलता, समस्याको आगमन, परिस्थितिलाई अनुकूल बनाउने क्षमता आदिको प्रविष्टिका कारणले पाठकको मनलाई तान्नसक्ने शक्ति हुन्छ ।

गतिशीलता : नियात्रा सिर्जनाका निमित्त गति अनिवार्य तत्वको रूपमा हुन्छ । जसरी सूर्यको प्रकाशको उपस्थितिमा वस्तु र छायाँ जस्तो । वस्तुको अनुपस्थितिमा छायाँको कल्पनासम्म गर्न सकिँदैन र उज्यालो प्रकाशको अभावमा वस्तुको छायाँ बन्न सक्दैन । त्यसरी नै यात्रीले नयॉ स्थानको यात्रा नगरी नियात्रा सिर्जना गर्न असम्भव हुन्छ । निरन्तर गति यात्रा साहित्यको जननी हो भने नियात्राको प्रमुख विशेषता पनि हो । नेपाली साहित्यका विद्वान् प्राध्यापक राजेन्द्र सुवेदीका अनुसार– ‘नियात्राका पनि आफ्नै किसिमका विशेषता हुन्छन् । यात्रा आफैमा एउटा गति हो र यस गतिमा समाहित बन्दै जाने यात्री सहभोगबाट आर्जित अनुभूतिको गतिमय अभिव्यक्ति हो ।’ (नियात्राकार हरिकुमार श्रेष्ठको कृति ‘मैत्री एक्सप्रेस’को भूमिकाबाट)

कल्पनाशीलता : वास्तवमा नियात्रा लेखनका लागि कल्पनाशीलताको अवसर एकदम कम हुन्छ । स्थान र समयानुसार कल्पनाशीलताको लेप भने नलगाए रोचक र चित्ताकर्षक नियात्रा सिर्जना हुन सक्तैन । त्यसैले नियात्राकार वर्तमान समयलाई काखी च्यापेर अतीत तथा भविष्यतर्पm पनि लम्कन सक्ने हुनुपर्छ । अनि मात्र पाठकलाई आफ्ना लेखनतर्पm आकर्षित गराइरहन सक्ने सामथ्र्य राख्छ तर कल्पनाशीलता त्यो बिन्दुसम्म ग्राह्य हुन्छ । जहॉसम्म यथार्थतालाई आघात पु¥याउ‘दैन ।

व्यक्तिपरक सिर्जना : नियात्रा व्यक्तिगत स्तरको हुन्छ । अर्थात् नियात्राकारका आफ्ना अनुभूति, आपूmलाई अनुपम लागेका कुरा, आपूmले देखेका चीज, आपूmलाई मन परेका कुरा, आपूmलाई नराम्रा लागेका चीज, आपूmले पाएका सुखका फेहरिस्त, आपूmले भोगेका दुःख, कष्ट र पीडा, आपूmले व्यक्त गर्ने प्रतिक्रिया, आपूmले दिनुपर्ने सुझाव आदि कुराको प्रविष्टि यहाँ हुन्छ ।
फेरि नियात्राकार कुन स्थानमा जान रुचाउ‘छ । त्यही स्थानमा जान्छ । कहिले र कसरी जाने त्यसबारे पनि व्यक्तिगत तवरमा पूर्ण स्वतन्त्र हुन्छ । कुन उद्देश्यका लागि यात्रा गर्ने हो, सो पनि स्वतन्त्रपूर्वक निर्णय गर्नसक्ने हुन्छ । त्यसैगरी सिर्जना भएको नियात्रामा कसैले यो यो चीज किन नराखेको भन्ने प्रश्न उठाउने स्थान हु‘दैन । अतः नियात्रा लेखन व्यक्तिपरक सिर्जना हो ।

चित्रात्मकता : नियात्रा साहित्यको रचना चित्रात्मक तरिकाले गरिन्छ । भौगोलिक, प्राकृतिक तथा रहनसहन आदि चीजहरूलाई सजीव देखिने गरी चित्रणको प्रयास गरिन्छ । चित्रमय वर्णन पठन गर्दा पाठकका ऑखामा दृश्यहरू सल्बलाउने स्थिति हुने भएकाले नियात्रा रोचक हुन्छ । चित्रात्मक प्रस्तुति न त संस्मरण हुन्छ । न त रेखाचित्र नै । त्यसैले विधाको दृष्टिले नियात्राको स्वरूप अन्य विधाभन्दा फरक हुन्छ ।

आत्मस्तुतिका लागि सिर्जना : परिवारको वा आफ्नो मनोरञ्जनका लागि यात्रामा निस्कने र यो समयमा केही देखेका, भोगेका कुरा समावेश गरी छपाएर आफ्नो नाम फैलाउन यात्राविवरण लेखेर छपाउने गरिएको पाइन्छ । यसबाट नियात्रा विधालाई अप्रत्यक्षरूपमा हानि पु¥याउन सक्तछ । खालि विवरण मात्र पढ्नु पर्दा पाठकको ध्यान तान्न सकिँदैन । यसबाट नियात्रा पढ्न पाठक उदासीन हुनसक्ने सम्भावना रहन्छ । हुन त वर्तमान समय वा २१औ‘ शताब्दी कम्प्युटरको जमाना र इन्टरनेट सञ्जालले सबैतिर स्पर्श गरेको युग हो । त्यसैले जो कोहीले पनि आपूmले जानेका कुरा वा यताउता घुमेका कुरा लेखेर पोस्ट गर्ने आम प्रचलन छ । यसरी पोस्ट गरिएका रचना सामाजिक सञ्जालमा पढ्ने वा हेर्नेले राम्रो ९ीष्पभ० तथा प्रतिक्रिया ९ऋयmmभलत० आदि जनाउने प्रचलनले आफ्नो रचनालाई कतिजनाले मन पराए वा अन्य के कस्तो प्रतिक्रिया आयो भनी खुशी हुने गरिन्छ । यसबाट नियात्राका साधानारत स्रष्टालाई पनि खुशी मिल्छ भने भर्खरै लेख्न सुरु गरेकालाई हौसला मिल्छ । यस्तै नवनियात्राकारलाई हौसला बढाउन नियात्राका एक साधक पोषरमण चापागाईंले लेख्नुभएको छ– ‘नियात्रा विधा जीवन हो । जीवनमा आइपर्ने तमाम कुरा नियात्रामा लेख्न सकिन्छ । गफ गर्नुभन्दा नियात्रा लेख्न सजिलो हुन्छ ।’ (अक्षरका रङहरू, सम्पादकः अच्युत घिमिरे, पृष्ठ ४०) ।

सत्यता र विश्वसनीयता : आफ्नो यात्राको समयलाई केन्द्रमा राखेर सिर्जना गर्ने विधा हो नियात्रा । जसमा कहिले, कहॉ, कसरी, किन, केका लागि भन्ने कुरा स्पष्ट खुलाइएको हुन्छ । यी सबै चीजलाई समावेश गरेर नियात्रा तयार पारिने हुनाले यसले समय कालखण्डमा इतिहासको पनि काम गर्ने हुन्छ । मार्कोपोलोले इस्वी संवत् १२७२ को समयमा इटालीदेखि खानबालिक (बेइजिङ्को तत्कालीन अवस्थाको नाम) सम्म यात्रा गर्दा बाटोमा भेटिएका, देखिएका साथै विभिन्न धर्मावलम्बीको बसोवास स्थान, विभिन्न स्थानका चाडबाड र संस्कृतिलाई यात्रा वर्णनमा उल्लेख गरेका छन् । जुन कुराले तेह्रौँ शताब्दीको ती स्थानका बारेमा बताउ‘छ । जस्तो कि पेकिङबाट वङ्गाल जॉदा जार्डाण्डान प्रान्तमा देखेको र मार्कोपोलोलाई अनौठो लागेको कुरा यसरी उल्लेख भएका छन्– “यहॉका बासिन्दाका मूर्ति छैनन्, न त गिर्जाघर नै छ, तर तिनीहरू आफ्ना घरका प्रमुखलाई पुज्छन् र भन्छन् ‘उहॉबाट (कारणबाट) नै हाम्रो अस्तित्व छ ।” द ट्राभेल्स, पृष्ठ १८२ ।

वास्तविक सिर्जना : नियात्रा कल्पनामा मात्र आधारित भएर तयार पार्न सकिँदैन । नियात्राकारले आफ्नै आँखाले देखेका दृश्य, यात्रामा भेटिएका, सम्पर्कमा आएका, मिलेका सुख र खुशी, भोगिएका दुःख तथा कष्ट, आइपर्ने समस्यास‘ग बच्ने उपाय, यात्रारत रहेका समयमा गर्नुपर्ने कुरा र गर्न नहुने कुरा आदिको प्रविष्टि क्रमैसँग उल्लेख गरिएको हुन्छ । त्यसैले यो वास्तविक सिर्जनामा आधारित हुन्छ ।

सिर्जना सहज : साहित्यका अन्य विधामा साधनारत नरहेका संवेदनशील शिक्षित वर्गले पनि नियात्रा सिर्जना गर्न सक्छन् । कोही पनि स्वदेश वा विदेशको भ्रमणमा सरिक भएकाले यात्राका समयमा देखेका, भोगेका आदि कुरालाई डायरीमा टिपोट गर्दै राखेर पछि फर्की आएपछि फुर्सदको समयमा टिपोट गरिएका कुरालाई समेटेर आफ्ना अनुभव र अनुभूति मिश्रण गरेर तयार पार्न सकिन्छ । यसर्थ संवेदनशील, कल्पनाशील र पौरखी शिक्षितवर्गले सहज तरिकाले लेख्न सक्छन् नियात्रा । हुन पनि वर्तमान समयमा अवकाशप्राप्त बहुसङ्ख्यक कर्मचारी आफ्नो कुनै कार्यले स्वदेश तथा विदेशको भ्रमण गएर फर्की आएपछि नियात्रा लेख्ने गरेको पाइन्छ । नियात्रा भनी प्रकाशित भएका नियात्राका कृतिहरू अब्बल नियात्रा भन्न चाहि‘ सकिँदैन तर जेजस्तो भए पनि नियात्रा लेखनमा निकै विकास भएको भन्न सकिन्छ । यसबाट के भन्न सकिन्छ भने नेपाली साहित्य जगत्मा नियात्रा विधाको लोकप्रियताले निकै उचाइ लिएको छ ।

स्वदेशभन्दा विदेशको मोह : नेपाली यात्रासाहित्यको भण्डारमा खोजी गर्ने हो भने स्वदेशको नियात्राभन्दा विदेश घुमफिर गर्न जाँदाको नियात्रा पर्याप्त मात्रमा लेखिएका पाइन्छन् । अधिकांश नेपाली नियात्राकारले नियात्रा सिर्जनाको उपयुक्त अवसर विदेशयात्रा नै हो भन्ने आँकलन गरेको पाइन्छ । यही कुरालाई नियाल्ने हो भने वि.सं. १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, लैनसिंह वाङ्देलको ‘युरोपको चिठी’ (वि.सं. २०१४) र ‘स्पेनको सम्झनामा’ (वि.सं. २०२०), तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ (वि.सं. २०२६) आदिलाई महìवपूर्ण नियात्रा साहित्यको कृतिका रूपमा लिन सकिन्छ । यस्ता कृतिको सिर्जना हुनमा विदेश यात्रा महìवपूर्ण हुन्छ र जो कोहीले सजिलै यो अवसर पाउन नसक्नुले पनि हो । थोरै भएमा महìवपूर्ण हुने र यसबारे जान्न र बुझ्नका लागि उत्सुक हुने मानवीय गुण भएकोले पनि सर्जकहरू विदेशयात्रालाई लेखनमा उतार्न उत्साही भएका देखिन्छन् ।

सबै विधा अटाउन सक्ने : गद्य, पद्य आदि सबै किसिमका साहित्यिक विधामा नियात्रालाई सिर्जना गर्न सकिन्छ । इतिहास, संस्कृति, कला, परम्परा, सामाजिक रहनसहन, भौगोलिक अवस्थिति, लोककथा, उखान तुक्कालगायत जुनसुकै विषयलाई स्वीकारेर अब्बल नियात्रा सिर्जना गर्न सकिन्छ । यसले पनि पुष्टि गर्छ– नियात्रा विधा साहित्यको सबैभन्दा सशक्त विधा हो ।

भिन्न परिवेश : यात्रासाहित्यमा स्पष्ट आभास हुने कुरा प्रगति, उन्नति, वैभव, विकास आदि विषय पाइन्छन् । यसका साथै जनजीवन, रहनसहन र वातावरणबारे पर्याप्त उल्लेख भएका हुन्छन् । प्रमुख कुरा त आफ्नो रहनसहन र वातावरणभन्दा भिन्न भूगोलका स्थानका घुमफिर गर्दा आफ्ना पाठकलाई नयाँ कुरा दिन सकिने र त्यस्ता कुराका उल्लेख गर्दा चाखपूर्वक पठन हुने अनुमान नियात्राकारको हुन्छ । किनकि आफ्नो देशबारे धेरै कुरा देखिसकेका वा सुनिसकेको हुनाले पनि जिज्ञासु पाठकका लागि भिन्न भूगोल, संस्कृति तथा रहनसहनबारे वा आपूmले नदेखेका, नसुनेका र अनुभूति नगरेका विषय जान्ने अभिलाषा हुन्छ । यिनै कुरालाई हृदयङ्गम गर्दै नियात्राकारले देखेका भौतिक उन्नति, प्रगति, रहनसहन, वातावरण तथा जनजीवनलाई केन्द्रमा राखेर नियात्रा सिर्जना गर्नु उपयुक्त ठानेर गर्ने गरिएको पाइन्छ ।

प्रकाशनका लागि स्थान दिइनु: वर्तमान समयमा प्रकाशित भइरहेका दैनिक, साप्ताहिक, साहित्यिक पत्रिकामा विशेषरुपले नियात्रालाई स्थान दिइएको पाइन्छ । जसको प्रभाव शिक्षित समूहमा पर्न गएको पाइन्छ । आफ्नो भ्रमणगाथा प्रकाशित हुने भएकोले भ्रमणका विवरण र तिथिमितिसमेत अभिलेखित हुने भएकोले आकर्षण बढ्न गएको पाइन्छ । यसबाट भन्न सकिन्छ कि वर्तमान नेपाली साहित्यको क्षेत्रमा नियात्रा विधा लोकप्रिय बन्न सफल भएको छ तर यसका सर्जकहरू पनि सिर्जनामा उत्तिकै सचेत हुनु जरुरी छ ।  

(साभारः गाेरखापत्र)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
विमर्श

Post navigation

Previous Post: घान्द्रुुक यात्रामा कोरिएका पार्श्र्वचित्रहरू
Next Post: बनेपामा गोसाईकुण्ड खाेज्दै

Related Posts

लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने उपाय विमर्श
पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह विमर्श
देश चिनाउने आन्तरिक पर्यटन विमर्श
काठमाडौंमा ‘गुफा पर्यटन’ विमर्श
पर्यटन ब्युँताउने सांस्कृतिक आकर्षण विमर्श
कोरोनापछि आन्तरिक पर्यटन विमर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme