Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

माझखण्ड विहारमा जाँदा

Posted on March 17, 2022July 14, 2022 By बिमला शाक्य No Comments on माझखण्ड विहारमा जाँदा
बोधिज्ञान भन्तेको अगुवाईमा विहारभन्दा पूर्वको पोखरी डाँडाको भ्रमणमा गयौं । उकालो बाटो हिंड्दै गर्दा बीचमा पोखरीलाई छोपेर बुद्धमूर्ति राखिएको चैत्य देखियो । त्यस ठाउँमा विहारको शाखा विहार बनाउने योजना रहेछ । त्यसभन्दा अझै माथि उकालो चढ्दै गर्दा फराकिलो ठाउँ भेटियो जहाँबाट माझखण्डको दृष्य अझै राम्रो देख्न सकिन्छ ।
बिमला बज्राचार्य

थेरवाद बौद्ध सम्पदायसम्बद्ध भिक्षुहरू असारदेखि तीन महिनासम्म एउटै विहारमा बस्ने प्रचलन छ । यस अवधिमा भिक्षुहरू बौद्ध धर्म–दर्शनको अध्ययन, अध्यापन तथा शील पालन गरी विनयअनुसार समय बिताउने गर्दछन् । वर्षावास समापनको अवसरमा ती विहारहरूमा कार्तिक महिनाभर भिक्षुसंघलाई कथीन चीवर दान गरी उत्सव मनाउने गरिन्छ ।

ललितपुरको दक्षिण भेकमा रहेको इकुडोल (बागमती गाउँपालिका) को माझखण्डस्थित थेरवादी बौद्ध विहारमा कथीन दानको उत्सव थियो । पाँच छ वर्षअघिदेखि माझखण्डको नाम सुन्दै आइरहेको छु । त्यहाँबाट प्रबजित हुनु भएका एकदुई जना भन्ते गुरुमांहरूबाट यो नाम सुनेको हुँ । यस वर्ष विश्वशान्ति विहारका प्रमुख बोधिज्ञान महास्थविर त्यस माझखण्ड बुद्ध विहारमा वर्षावास बस्नुभएको कारण यो गाउँको चर्चाले चुली नै चुम्यो । उहाँले सामाजिक संजाल फेसबुकमार्पmत त्यस विहारमा भएका विभिन्न गतिविधिलाई पोष्ट गर्नुहुन्थ्यो । त्यहाँको प्राकृतिक वातावरण देखेर जो कोहीलाई मनमोहक बनाउँथ्यो ।

कार्तिक पूर्णिमाभित्र कथीन उत्सव सकाउनुपर्ने नियम रहेकाले २९ गते विश्वशान्ति विहारको कथीन उत्सव सकाएर माझखण्ड जाने तरखरमा लाग्यौं । बोधिज्ञान भन्तेले गाडीको सबै ब्यवस्था गर्नुभएको थियो । भन्ते अनागारिका गुरुमांहरूलाई पजेरो ८ वटा र उपासक उपासिकाहरूलाई ठूलो गाडी ३ वटा को व्यवस्था गर्नुभएको थियो । भोजन सकाएर सबैजना हामी दिउँसो १ बजे गाडी चढेर गयौं । लगनखेलमा पनि केही उपासिका रहेको खवर पाएर हाम्रो गाडी सातदोबाटोबाट चापागाउँ जाने दोबाटोमा रोकियो । माझखण्ड जानका लागि यो बाटो मुख्य रहेको छ भने बुंगमतीबाट छम्पीहुँदै जाने बाटो पनि रहेछ । चापागाउँबाट माझखण्ड चल्ने रुट बस नै थियो । चापागाउँ जाने बाटोमा केही उपासिकालाई कु¥यौं । पछि थाहा भयो, आप्mनै टोलका साथीहरू रहेछन्, रमाईलो हुने भयो भनेर दंग भयौं ।

गाडी सातदोबाटो हुँदै सुनाकोठी, बज्रबाराही, लेले, टिकाभैरब पुग्दा दायाँ मोडियो । सीधा बाटो कोन्ज्योसोम गाउँपालिका जाने रहेछ । त्यहीं नजिकै भट्टेडाँडा देखियो जहाँ पाकिस्तानी हवाईजहाज दुर्घटना भएको थियो । सातदोबाटोेदेखि चापागाउँसम्म पिच बाटो थियो भने यहाँ पुगेर पिच बाटो सकियो । बाटो फराकिलो पारिंदै थियो ।

भट्टेडाँडाको फेदमा बसेर एकछिन माथि डाँडालाई नियालें । त्यो दुर्घटनामा मेरो काका रेफ्रि हिरारत्न बज्राचार्यलाई गुमाउनु परेको थियो । डाँडामाथि हुस्सुले अँगाल्न आईपुग्यो । एकैछिनमा कहाँबाट हुस्सुले ढाक्यो पत्तै भएन । माझखण्डमा चिसो हुने भनेको सुनेर बाक्लो ज्याकेट र ट्राउजर लगाएर गएको थिएँ । भट्टेडाँडालाई पृष्ठभूमिमा राखेर साथीहरूसँग फोटो खिच्यौं । सबै गाडी रोकेर भेटघाट गरियो । त्यहाँदेखि बाटो खाल्डाखुल्डी र उकालो ओरालो हुने भएकाले पहिलो पटक आएकाहरूले बाटो नबिराऊन् भनेर सँगै हिंड्ने भनियो । यहाँसम्म कुनै समस्या आइपरेन ।

जब जब अगाडि बढ्दै गयौं, बाटो साँघुरो अनि उकालो ओरालो सुरु भयो । कतै बाटो नै नभएर खोल्सा तर्दै जानुपर्नेे । गाडीले उफारेको उफारेई । कोही त डरले झ्यालबाट पहाडको भीर हेर्नै सकेनन् । यस्तो बाटो हिंडिरहेकोले मलाई भने त्यति डर लागेन । ठूलो गाडी भएकाले मोडमा गाडी हिंडाउन एकपल्ट ब्याक गर्नुपर्ने । हामी बसेको गाडी चाहीँ त्यतैको रुटमा चल्ने गाडी भएकोले सजिलै चलाउनु भयो । तर एउटा ठूलो गाडी खोकना बुंगमतीतिर चलाउने प¥यो, विचरा त्यो गाडीको ड्राईभरलाई धेरै मुश्किल परेको थियो ।

हामी बाटो भरि अब कति लाग्छ पुग्नु भनेर सोधेको सोध्यै । एउटा डाँडा कटेपछि फेरि अर्को । त्यहाँ पुगेपछि फेरि अर्को । कतिवटा पहाड काट्यो यादै भएन । बल्ल छपेली भन्ने ठाउँ आएपछि एकजना उपासकले ऊऽऽऽ त्यो डाँडा माझखण्ड विहार हो भनी देखाए । आधा घण्टा लाग्छ भनेको गाडी झण्डै ७ घण्टापछि बल्ल पुग्नै लागेको थियो, राति शीतले भिज्दै गरेपछि बाटो चिप्लो हुनथाल्यो । शुरुदेखि केही समस्या नभएको गाडी पनि बाटो चिप्लो भएर तान्नै सकेन । १० र१५ मिनेट त्यहीँ अड्कियो । विहार पुग्न आधा घण्टा मात्र बाँकी थियो, के गर्ने ? पहाडको बाटो अरुभन्दा नि हाइटमा पुगेकोले चिसो बढ्न थाल्यो । बल्लबल्ल एक बोरा बालुवा फेला पारेर ओछ्याएपछि बल्ल गाडी गुड्यो । यतिखेर भने मलाई अलि डर लाग्यो । सिपालु ड्राईभरलाई पनि मुश्किल परेको थियो यो ठाउँमा । ४ घण्टामा पुगिन्छ भनेको ठाउँ पुग्न झण्डै ७ घण्टा जति नै लाग्यो । जे होस् सकुशल माझखण्ड बुद्ध विहार पुग्दा राती ८ नै बजिसकेकोे थियो ।

विहार पुग्ने बित्तिकै एकछिन आराम गरेर खाना खाने समय भइसकेको थियो । विहारका उपासक उपासिकाहरूले खाना तयार गरिसकेका थिए । राति खाना खाइसकेपछि हामी साथीहरूसँगै दकिला अरियञाणी गुरुमांको घरमा बास बस्न गयौं । झण्डै २ सयजना भन्ते गुरुमां, उपासक–उपासिकाहरूलाई उहाँ लगायत मेत्ता भोलुन्टरका साथीहरूले खाने बस्ने सबै ब्यवस्था गरेका थिए ।

कथीन उत्सवको २ दिनअघि पुगेको भएर हामीलाई एक दिन राम्ररी माझखण्ड गाउँ घुम्ने अवसर मिलेको थियो । नेपाल बन्दको हल्लाले गर्दा २ दिन अघि नै हामी त्यसतर्पm लागेका थियौं । राति चिसो बढ्दै गयो । बाहिर शौचालय जान पनि चिसोका कारण अल्छी लाग्ने । पानी पनि छुनै गा¥हो । गाउँतिर घरभन्दा अलि पर शौचालय हुने गर्छ । सरसफाईको हिसाबले राम्रै लाग्यो । घर नजिक गोठ पनि रहेछ, बिहान सबेरै उठेर हेर्दा मात्र थाहा भयो । बिहान सूर्योदयभन्दा अगाडिको दृश्य अति नै मनमोहक थियो । मानिसहरू सूर्योदयको दृष्य हेर्न नगरकोट, पोखराको सराङकोट जाने गर्छन् । यो ठाउँ पनि कम्तीको रहेनछ । साथीहरू सूर्योदयको दृष्य क्यामेरामा कैद गर्न तल्लीन थिए । पूर्वमा रहेको पोखरी डाँडाबाट सूर्योदयको दृष्य राम्ररी देखिन थाल्यो । पश्चिममा रहेको चिहान डाँडा पनि घाम लाग्दै गरेपछि अति नै राम्रो देखिन्थ्यो । विहारको दक्षिण भागमा पहाडको फेदमा बागमती नदी बगेको देखिन्थ्यो । उत्तरतर्फ छपेली डाँडा, भट्टेडाँडा अनि हिमाली श्रृंखला स्पष्टै देखिन्थ्यो । यो दृष्य अहिलेसम्म पनि आँखामा नाच्न आउँछ । बिहान वरिपरिको दृष्यावलोकन गर्दैगर्दा हिजोको थकाई बिर्सियो । विहारबाट देखिने अगाडि डाँडामा हेटौंडा जाने नयाँ बाटो पनि बन्दै गरेको देखिन्थ्यो । चारैतिर हरियो डाँडैडाँडा बीचमा माझखण्ड विहार रहेको छ ।

बिहानको जलपान सकेपछि बोधिज्ञान भन्तेको अगुवाईमा विहारभन्दा पूर्वको पोखरी डाँडाको भ्रमणमा गयौं । उकालो बाटो हिंड्दै गर्दा बीचमा पोखरीलाई छोपेर बुद्धमूर्ति राखिएको चैत्य देखियो । त्यस ठाउँमा विहारको शाखा विहार बनाउने योजना रहेछ । त्यसभन्दा अझै माथि उकालो चढ्दै गर्दा फराकिलो ठाउँ भेटियो जहाँबाट माझखण्डको दृष्य अझै राम्रो देख्न सकिन्छ । सबैजना फोटो खिच्न ब्यस्त भए । फराकिलो फाँटको बीच भागमा अनौठौ एउटा ढुंगा रहेछ यो ढुंगामाथि बसेर फोटो नखिच्ने शायदै कोही होलान् । केही बेर घुमघामपछि विहारको पश्चिमतिर रहेको चिहान डाँडा र वरिपरिको बस्ती घुम्न गयौं । विहारका संस्थापक चन्द्रबहादुर स्याङतानले आप्mनो घरमा स्वागत गरी हामीलाई दुहुनो भैंसीको तातो दूध ख्वाउनुभयो । सहरमा पाइने दूधको स्वादभन्दा धेरै फरक । उनको घर वरिपरि सानो सानो छाप्रो अनि खेतमा तोरीको पूmलले पुरै पहेंलो देखिन्थ्यो । यस्तो रमाइलो मनमोहक दृश्य सहरमा हेर्न मुश्किल भइसक्यो ।

माझखण्ड हरियाली हुनुमा यस विहारका संस्थापक अध्यक्ष चन्द्रबहादुर स्याङतानको ठूलो योगदान रहेको छ । ८४ वर्षका उनी भर्खरको ठिटाजस्तै ठमठम हिंड्न सक्ने, अहिले पनि । उहाँको प्रयासले नाँगो डाँडा सबै हरियाली भएको रे । २०३४ सालतिर तत्कालीन चापागाउँका प्रधानपञ्च सन्तलाल महर्जनको अगुवाईमा गाउँमा पानी र बाटोेको व्यवस्था उनैको प्रयासले बनेको थियो । त्यति मात्र होइन, गाउँमा कुनै स्कुल थिएन रे पहिला । भारतमा जाँदा त्यहाँका नानीहरू स्कुल गएको देखेर उहाँकै प्रयासमा जनजागृति मावि बनेको बताउनुभयो । अहिले यो स्कूलको भवन नयाँ संरचनामा भव्य बन्दै गरेको देख्यौं । उहाँका छोराहरू त्यही स्कुलमा पढेर शिक्षक बनेका छन् । २०५३ सालमा बर्माबाट नेपाल आउनु भएका बर्मी भिक्षु जटिलबाट उहाँलाई बौद्ध धर्ममा लाग्न प्रेरणा पाएको थियो । उहाँको प्रयासले ५ फिटको बुद्ध मूर्ति थाईल्याण्डबाट प्राप्त भएपछि विहार निर्माण गर्ने जोस जाँगर आएको थियो । २०५८ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाई निर्माण गर्न थालेको विहार २० वर्ष पछि बल्ल निर्माण सम्पन्न भएको थियो ।

मोटर बाटो नभएको छपेलीदेखि दिनमा एकजनाले डण्डी, आधी बोरा सिमेन्ट, रोडा अनि खोलाबाट बालुवा बोक्दै विहार निर्माण गरेको पनि सुनाउनु भयो । विहार बनाउन ललितपुर इखालखुका काजीलाल डंगोल आदि साथीले उपत्यकाका प्रत्येक विहार र बाहिर बाग्लुङसम्म गएर चन्दा संकलन गरी विहार निर्माण गरेको कुरा सुन्दा कथाजस्तै लाग्यो । जे होस् उहाँहरूको मेहनत परिश्रम अथक प्रयासलाई हामीले दुई हात जोडेर साधु साधु साधु भन्न कर लाग्छ ।

विहार बनिसकेपछि एक जना स्थानीय तपस्सी भन्ते बस्नुहुन्थ्यो । वर्षावास पनि बस्नु हुन्थ्यो रे तर यस पालि २०७८ सालमा विश्वशान्ति विहारका बोधिज्ञान भन्ते वर्षावास बस्नु भएपछि यो ठाउँको मुहार फेरेको छ । विहार विहार जस्तै भएको छ । वर्षावास ३ महिना स्थानीय बासिन्दाहरूलाई ध्यान भावना गराउने, परियत्ति शिक्षा पढाउने बालबालिकाहरूलाई पाठहरू सिकाउने गर्नु भयो । यी सबै बौद्ध गतिविधिहरू सामाजिक संजालमा उहाँ हरेक समय पोष्ट गर्नुहुन्थ्यो । जसले गर्दा काठमाडौंलगायत विभिन्न ठाउँका मानिसहरू समय समयमा त्यहाँ गएर ध्यान भावना गर्ने भन्तेलाई भोजन दान गर्ने आदि कार्यहरू गर्नुभयो । यसरी माझखण्ड विहारमा धार्मिक गतिविधिहरू बढदै गएपछि श्रद्धालु दाताहरूले त्यस विहारलाई अझ राम्रो बनाउने चाहना राख्नुभयो । श्रद्धेय बोधिज्ञान भन्तेको प्रयासमा विहारको पछाडि अनागारिका भवन र उपासिका भवन बन्न थालेको छ । हामी जाँदा त्यस ठाउँमा पुरानो जस्ता पाताले छोपेको टहरा मात्र थियो, जहाँ भान्छा बनाईराखेको थियो भने एउटा टहरामा भन्ते गुरुमांहरूलाई भोजन गराउने कोठा रहेको थियो । साढे दुई तल्लाको यस विहारमा तल्लो एक तल्ला मुख्य हल रहेको छ जहाँ बुद्धको ६ फिटको मूर्ति ललितपुरका पूर्व प्रधानपञ्च एवं भूपू मन्त्री बुद्धिराज बज्राचार्यले स्थापना गर्नुभएको रहेछ । दोस्रो तल्लामा जटिल भन्तेबाट प्राप्त थाइल्याण्डको बुद्ध मूर्ति राखिएको छ । कौसीमा श्रद्धेय धर्मपाल भन्तेको प्रयासबाट प्राप्त भगवानको अस्थिधातु राखेर चैत्य बनाइएको छ । यही अस्थिधातुका कारण विहारको नाम माझखण्ड धातु चैत्य विहार राखियो ।
भोलिपल्ट कथीन उत्सवको शुरुवात भयो । बिहान सबेरै उठेर जलपान सकेपछि सबैजना विहार नजिक रहेको बस्तीमा कथीन चीवरको शोभायात्रा शुरु भयो । एकदम उत्साहजनक रुपमा काठमाडौंदेखि आउनु भएका भन्ते गुरुमांहरू उपासक उपासिकाहरू साथै स्थानीय बासिन्दा आप्mनो पहिरनमा सजिएर कथीन उत्सवमा भाग लिन आएको देख्दा अति नै खुशी लाग्यो ।

माझखण्ड तामाङ बाहुल्य गाउँ हो । उनीहरू प्रायः बुद्ध धर्म नै मान्छन् । तीन दिनको माझखण्ड बसाई निकै स्मरणयोग्य सुखद रहेको थियो । त्यहाँको रमणीय हरियाली वातावरण, गाउँलेहरूको सरल सहज मिजास सहयोगी भावनाले निकै प्रेरित बनायो ।
कथीन कार्यक्रम सकेर काठमाडौं फर्किनुपर्ने, अनि बल्ल बाटो सम्झियौं । आउने बेला त जसो तसो आइयो, फर्कने चाहीँ कसरी ? भन्ने पीर पर्यो । भोजन सकेर १ बजेतिर नै गाडी चढिसकेका थियौं । त्यस्तै पाँच मिनेट मात्र के गुडेका थियौं, अगाडिको गाडी बिग्रेर झण्डै २ घण्टा त्यहीं अड्कियौं । कीर्तिपुरको एउटा गाडीबाहेक अरू त्यहीं फस्न पुग्यौं । कोही कोही हिंडेरै तल पुगे । बल्ल बल्ल बनिसकेपछि गाडी गुड्न थाल्यो र बल्ल सन्तोषको सास फे¥यौं ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: खास्ति महाचैत्य (झ्यारुङ्खास्योर वा बौद्ध)
Next Post: रूरूमा रूमल्लिँदै

Related Posts

अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम नियात्रा
सुन्दरीजलभन्दा माथि माथि नियात्रा
पहिलो बिजुलीबत्तीको उज्यालोमा पुुरानो बाटो पहिल्याउँदै नियात्रा
धिनाचोको टुप्पोमा योमरिको स्वाद नियात्रा
साँखुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन नियात्रा
हिड्दै हिड्दै विष्णुद्वार नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme