Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

खास्ति महाचैत्य (झ्यारुङ्खास्योर वा बौद्ध)

Posted on March 16, 2022March 16, 2022 By बसन्त महर्जन No Comments on खास्ति महाचैत्य (झ्यारुङ्खास्योर वा बौद्ध)

काठमाडौंका ठुल्ठुला स्तूपहरूमध्ये एक र महत्वपूर्ण बौद्ध स्थलका रूपमा खास्ति महाचैत्यलाई पनि लिने गरिन्छ । तिब्बती तथा नेपाली, विशेष गरी महायानी बौद्धहरू यस चैत्यप्रति आकर्षित छन् । आजभोलि बौद्ध वा बौद्धनाथ नामबाट बढी प्रचारमा आएको यो महाचैत्यको मौलिक र स्थानिय नाम खास्ति महाचैत्य हो भने यसैलाई तिब्बती भाषामा झ्यारुङ्खास्योर भनिन्छ । काठमाडौं उपत्यको स्वयम्भू महाचैत्यजस्तै यो पनि नेपालको पहाडी भूभागअन्तर्गत पर्दछ तर आजभोलि उत्तरी नेपालको बौद्ध समाजको सम्बन्धय यससँग बढी घनिष्टता बढेको पाइन्छ । यही भएर यस स्तूपलाई पनि स्वयम्भू महास्तूपलाई जस्तै यहाँ समावेश गरिएको हो ।

यस महाचैत्यको निर्माणका सम्बन्धमा अनेकौं खालका कथा एवं किम्वदन्ती प्रचलित छन् तर कुनैले पनि ऐतिहासिकता सिद्ध गर्न सकिएका छैनन् । निर्माताका सम्बन्धमा पनि किटान गरेर भन्न सकिएको छैन तर ऐतिहासिक श्रोतले यसका निर्माता सातौं शताब्दीका राजा शिवदेव प्रथमको संभावना बढी देखाउँछ । यसरी नै यस स्तूपलाई आचार्य पद्मसंभवसँग पनि जोडिएको पाइन्छ ।
काठमाडौंको केन्द्रबाट ११ किलोमिटर पूर्वमा अवस्थित यो महाचैत्य विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

(साभारः उत्तरी नेपालमा बाैद्ध धर्म)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
वागमती प्रदेश

Post navigation

Previous Post: स्वयम्भू महाचैत्य – अादि बुद्धकाे नाममा
Next Post: माझखण्ड विहारमा जाँदा

Related Posts

दाेलखाली संस्कृति वागमती प्रदेश
थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पटिहानी वागमती प्रदेश
नगरकोटमा सूर्याेदय र सूर्यास्त वागमती प्रदेश
हेलम्बु वागमती प्रदेश
ल्हासापाको महामञ्जुश्री गुफा वागमती प्रदेश
सौराहा वागमती प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme