Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

प्राचीन कपिलवस्तुमा बाैद्ध पर्यटन

Posted on March 13, 2022March 13, 2022 By बसन्त महर्जन No Comments on प्राचीन कपिलवस्तुमा बाैद्ध पर्यटन
बसन्त महर्जन

हामी गाैतम बुद्धकाे नाम खुबै लिन्छाैं, काम विशेषले वा श्रद्धाले । उनकाे जन्म लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीकाे काेखबाट भएकाे पनि भन्छाैं । तर लुम्बिनी कपिलवस्तुअन्तर्गतकाे एउटा सीमान्त भूमि मात्र थियाे । लुम्बिनी भनेर एउटा बगैंचालाइ मात्र भन्ने गरिन्थ्याे तर सुन्दरताकाे दृष्टिले याे निकै प्रख्यात थियाे । यही लुम्बिनीमा पुगेकाे बेला मायादेवी सुत्केरी भएकी थिइन् । प्राचीन कपिलवस्तु करीब ३० किलाेमिटर पश्चिम दिशामा पर्दछ । शाक्य गणराज्यकाे राजधानी हाे, कपिलवस्तु ।

प्राचीन कपिलवस्तु गणतान्त्रिक राज्य व्यवस्था थियाे र त्यसअनुसार शासन व्यवस्था कुनै निश्चित व्यक्तिकाे वंशजमा सर्ने नभएर गणपरिषदमा निर्वाचन पद्दतिबाट शासक छानिन्थ्याे । निश्चित अवधिपछि अर्काे नयाँ शासक छान्ने गरिन्थ्याे । यसरी निर्वाचन पद्दतिबाट अाएका गणप्रमुखलाइ सम्बाेधन गर्दा महाराज भन्ने र अन्य गणसदस्यहरूलाइ राजा भन्ने चलन कपिलवस्तुमा मात्रै नभएर बज्जिलगायत अन्य गणराज्यहरूमा पनि थियाे । यस अर्थमा गाैतम बुद्धका बुबा सुद्दाेधन वंश परम्पराअनुसार अाएका राजा नभएर निर्वाचित गणप्रमुख मात्र थिए र उनी जीवनभरका गणप्रमुख पनि थिएनन् ।

गाैतम बुद्धले बाेधिसत्वका रूपमा २९ वर्षसम्म कपिलवस्तुमा गृहस्थ जीवन व्यतीत गरेर गृहत्याग गरेका थिए । बाेधिसत्वहरूले बाेधिलाभका लागि गरिने गृहत्यागलाइ महाभिनिष्क्रमण भन्ने बाैद्ध परम्परा छ । ३५ वर्षकाे उमेरमा बुद्धत्व लाभ गरी बुद्ध भइसकेकाे दुइ वर्षपछि बाबुकाे निमन्त्रणामा गाैतम बुद्ध अाफ्नाे गृहनगर कपिलवस्तुमा फर्केका थिए । अन्यत्र धर्म उपदेशहरू दिने क्रममा बुद्धले धेरैलाइ धर्म मार्गमा ल्याइसकेका थिए भने कपिलवस्तुमा पहिलाे पल्ट यही बेला धर्म उपदेश दिएका थिए । त्यस बेला घरपरिवारले मात्र उपदेश श्रवण गर्नुका साथै धर्म लाभ गरेकाे नभएर सर्वसाधारणले पनि धर्म लाभ गरेका थिए । चाँडै नै कपिलवस्तुमा गाैतम बुद्धलाइ शास्ता (मार्गनिर्देशक) मानेर जीवन जिउनेहरूकाे संख्या बढ्याे । यही बाैद्ध समाजले पछिसम्म पनि गरेका अनेक निर्माण संरचनाहरू अहिले पुरातात्विक भग्नावषेशका रूपमा देख्न पाउँछाैं । यी पुरातात्विक भग्नावशेष भएका ठाउँहरूकाे संरक्षण गर्नुका साथै अहिले पर्यटकीय स्थलका रूपमा विकास गरिएका छन् ।

प्राचीन कपिलवस्तुकाे प्रमुख पुरातात्विक भग्नावेशमा तिलाैराकाेटलाइ लिइन्छ । चलनचल्तीमा राजदरवार भनिएपनि प्रशासनिक भवन तथा त्यस वरिपरि सम्भ्रान्त वर्ग तथा सर्वसाधारणकाे बसाेवास रहेकाे क्षेत्र नै तिलाैराकाेट हाे । यहाँ विस्तृत भूक्षेत्रमा पुरातात्विक अवशेषहरू जमिनमुनि पुरिएर रहेकाे अवस्थामा छन् र अत्याधुनिक प्रविधिबाट हाल अध्ययन कार्य भइरहेकाे छ ।

कपिलवस्तु क्षेत्रमा इ.पू. तेस्राे शताब्दीमा माैर्य सम्राट अशाेक अाएर पूर्व बुद्धहरू क्रकुच्छन्द र कनकमुनि काे जन्मस्थल भनी पहिचान गरिएका ठाउँहरू गाेटिहवा र निगलीहवा पनि दर्शनीय स्थल हुन् । यहाँ यी बुद्धहरूकाे स्मरणमा सम्राट अशाेकले गाडेका ढुंगाका गम्बाहरू अझै देख्न पाइन्छ । गाैतम बुद्ध बुद्धत्व प्राप्त गरी कपिलवस्तु अाउँदा निग्राेध शाक्यले दान गरेकाे विहार निग्राेधारामकाे नामबाट प्रख्यात छ । याे निग्राेधारामकाे भग्नावशेष रहेकाे ठाउँ अहिले कुदान नामबाट चिनिन्छ । यसरी नै काेशल देशका राजा विडूडभबाट कपिलवस्तुमाथि अाक्रमण गरी व्यापक रूपमा नरसंहार गरिएकाे ठाउँलाइ अहिले सगरहवा भनिन्छ । यहाँ ठुलाे तलाउ रहेकाे छ भने यही तलाउकाे वरिपरि उत्खनन् गर्दा चैत्यहरूकाे भग्नावशेषा पाइएकाे छ । यहाँ एउटा राम्राे इनार अझै पनि देख्न पाइन्छ । यसरी नै उत्खननबाट नरकंकालहरू पनि पाइएकाे थियाे ।

कपिलवस्तुमा बाैद्ध सभ्यतासँग सम्बन्ध राख्ने विविध कुराहरूकाे विस्तृत रूपमा अध्ययन हुनु बाँकी नै छ । प्राचीन कपिलवस्तु एक समय कहाँ पर्दथ्याे भन्ने कुरा नै बिर्सिसकेकाे थियाे । लुम्बिनीकाे पनि अत्ताेपत्ताे थिएन । तर इ.सं. १८९५ मा जर्मन पुरातत्वविदलाइ निग्लिहवामा प्राप्त अभिलेखले प्राचीन कपिलवस्तु यही हाे भनेर निर्क्याैल गर्न संभव भयाे । यसैकाे अाधारमा पछि लुम्बिनीकाे खाेजी कार्य भएकाे थियाे । यस क्षेत्रमा धेरै कुराकाे अध्ययन भइसक्दा पनि अझै कतिपय अज्ञात अवस्थामा नै रहेका छन् । जे जति पहिचान भएका छन् ती अध्येता एवं सर्वसाधारणका लागि राेचक र ज्ञानवर्द्धक कुरा भएका छन् । यही भएर यहाँ देशविदेशबाट जिज्ञासुहरू पर्यटन गर्न अाउने गरेका छन् ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
लुम्बिनी प्रदेश

Post navigation

Previous Post: आधुनिक हुँदै नाम्चेबजार
Next Post: पर्यटन ब्युँताउने सांस्कृतिक आकर्षण

Related Posts

रानीमहल लुम्बिनी प्रदेश
लुम्बिनी, गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme