Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

खप्तड राष्ट्रिय निकुन्ज

Posted on March 2, 2022March 5, 2022 By नियात्रा. कम No Comments on खप्तड राष्ट्रिय निकुन्ज

स्थापनाः २०४२ साल (सन् १९८४) 

म. क्षे. स्थापनाः २०६३ साल (सन् २००६)

क्षेत्रफलः २२५ वर्ग कि.मि.

म. क्षे. क्षेत्रफलः २१६ वर्ग कि.मि.

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ ।

यो राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा यहाँ गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ । पर्या–पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको छ । निकुञ्जको आम्दानी न्यून भएको कारण मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा कठिनाइ भइरहेको छ । (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग)

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
सुदूरपश्चिम प्रदेश

Post navigation

Previous Post: अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम
Next Post: रामाराेशन- बाह्र बन्ड, अठार खण्ड

Related Posts

रामाराेशन- बाह्र बन्ड, अठार खण्ड सुदूरपश्चिम प्रदेश
शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme