Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

नगरकोटमा सूर्याेदय र सूर्यास्त

Posted on February 28, 2022March 22, 2022 By बसन्त महर्जन No Comments on नगरकोटमा सूर्याेदय र सूर्यास्त
नगरकोट क्षेत्र सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । यहाँ सूर्याेदय हिमालको कापीबाट विस्तारै निस्कने गर्दछ ।
बसन्त महर्जन

नगरकोट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा अत्यन्तै लाेकप्रिय नेपालका पर्यटकीय गन्तव्यहरूमा एक हाे । अन्तर्राष्ट्रीय पर्यटकहरू जसरी नगरकाेट साेझिन्छन् त्यसरी नै नेपाली युवायुवतीहरू पनि साेझिरहेकाे पाइन्छ । तत्कालीन राजा वीरेन्द्रकाे राज्याभिषेक समाराेहका सहभागी शाही पाहुनाहरूलाइ यहाँ भ्रमण गराइएकाे थियाे र तबैदेखि याे पर्यटकीय क्षेत्रकाे रूपमा विकास र चर्चित भएकाे पाइन्छ ।

नगरकाेट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने यहाँकाे भाैगाेलिक अवस्थिति र शान्तिपूर्ण प्राकृतिक छटाहरू यस गन्तव्यकाे विशेषता नै हाे । मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरू छर्लङ्गै दे्ख्न पाइन्छ । साथै, विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्यलाइ पनि अात्मसात गर्न पाइन्छ । सगरमाथाका अलावा यहाँबाट देखिने अन्य हिमाली चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् ।

नगरकाेटबाट देखिने सूर्याेदाय । तस्वीरः बसन्त महर्जन
नगरकाेटबाट देखिएकाे सूर्यास्त । तस्वीरः अमिका राजथला

नगरकोट क्षेत्र सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । यहाँ सूर्याेदय हिमालको कापीबाट विस्तारै निस्कने गर्दछ । सूर्याेदयसँगै अाकासमा छाउने लालीमालाइ पृथ्वभूमि बनाएर उड्रने पंक्षीहरूकाे दृष्य अत्यन्तै मनमाेहक हुन्छ । कतिपय त सूर्याेदयकाे अवलाेकन गर्नकै लागि नै नगरकाेटमा रात विताउन जानेहरू हुन्छ्न् । यहाँ सूर्याेदय मात्रै कहाँ हाे र ? सूर्यास्तकाे मनमाेहक दृष्य पनि देख्न पाइन्छ ।

नगरकोट जुनसुकै वर्गकाे पर्यटकलाइ पनि उपलब्ध छ । खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।

सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार यो चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो । नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाँधमा रहेको छ ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
वागमती प्रदेश

Post navigation

Previous Post: सगरमाथा आधार शिविर
Next Post: घट्दैछन् घाटु नाच्नेहरू

Related Posts

थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पटिहानी वागमती प्रदेश
लाङटाङ वागमती प्रदेश
सौराहा वागमती प्रदेश
काठमाडौं उपत्यका वागमती प्रदेश
खास्ति महाचैत्य (झ्यारुङ्खास्योर वा बौद्ध) वागमती प्रदेश
दाेलखाली संस्कृति वागमती प्रदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme